कथा : हिमालपारिका दाजु

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

‘नमस्ते ! दाजु’ उहाँबाटै सिकेका यी दुई मीठा शब्दसंगै नाकको सामुन्ने जोडिएका मेरा दुबै हत्केला बिस्तारै छुट्टएर अनायासै खस्न थालेका आँसुका थोपाहरु पुछ्न पुगे । दाजुले नदेख्ने गरी आँसु त लुकाएँ, तर अनुहारमा देखापरेका भावनाहरु मेरो बुर्खाले पनि छोप्न सकेनन् । दाजुुको अनुहारमा पनि बिभिन्न मिश्रति भावनाहरु झल्किएको मैले स्पष्ट देख्न सकेँ । एकातिर लामो समयपछि आपmना मुटुका टुक्राहरु र हृदयकी आपmनी ‘उनी’ लाई भेट्ने समय नजिकिएको ‘खुसी’ थियो भने अर्कातर्फ बिरानो देशको यो दुर्गम ठाउँमा छोटो समयमै अनायासै जोडिन पुगेको एउटा नयाँ साइनोसहितको आपmनोपनको सम्पर्कसँग छुट्टनि परेको एउटा भिन्दै खालको ‘पीडा’ थियो । तर सायद उहाँ हामीबाट जति टाढा पुग्नुहुन्छ, पहिलो भावना बढी गाडा हुँदै जान्छ र दोस्रो क्रमशः फिका हुँदै अन्तमा बिलाउन पनि सक्छ । म मेरो अल्लाहसँग प्रार्थना गर्छु कि भावना बिलाए पनि हाम्रो सम्झना दाजुसँग रहिरहोस्-अन्तसम्म, अनन्तसम्म- त्यो नै हाम्रो अहोभाग्य हुनेछ ।

मेरा वृद्ध अब्बुले रसिलो आँखासहित दाजुलाई बिदाइको अँगालो मार्नुभयो, भाइले दाजुसँगै सिकेका शब्दहरु ‘बाई-बाई’ भन्दै हात हल्लायो । दाजुले अन्तिमपटक ‘नमस्ते’ गरेर हात हल्लाउँदै गाडीमा चढेर ढोका बन्द गर्नुभयो । गाडी हाम्रो बस्ती छेउको मोडमा पुगुन्जेल हामी सबै उभिएर हात हल्लाउँदै हेरिरह्यौँ । बिस्तारै गाडी ओझेल पर्‍यो, हामीहरु नरमाइलो मान्दै घरको ढोकाबाट भित्र छिर्‍यौँ । अब्बु खुइय्य गर्दै पसलमा पस्नुभयो, भाइ आँसु पुछ्दै दाजुले दिनुभएको कापी-कलम थन्क्याउन थाल्यो, म कताकता आपmनै तन्द्रामा हराएँ ।

दुई-तीन महिना अगाडिदेखि हाम्रो यो दुर्गम, सानो गाउँमा नयाँ गाडी र नौला अनुहारहरुको आवत-जावत बढेको थियो । तिनीहरु प्रायःजसो यता आउने गोरा, हट्टा-कट्टा, छिर्के-मिर्के लुगा लगाएका अनि बन्दुक भिरेका र अरु पनि केके हो बोकेका डरलाग्दा विदेशीजस्ता थिएनन् । उनीहरुभन्दा अलि फरक खालका र केही पनि हतियार नभिरेका थिए । तर उनीहरुको साथमा हतियारसहितका हाम्रा यतैका पुलिस भने सधैँ रहन्थे । ती डरलाग्दा हतियारधारीहरु आएको बेलामा भने म, सरिना र भाइ निकै डराउँथ्यौँ । तर अब्बुले ‘डराउनुपर्दैन, यिनीहरुले हामीलाई केही गर्दैनन्’ भनेपछि ढुक्क हुथ्यौँ । तैपनि हतियार देख्नासाथ मलाई एकदमै डर लाग्छ, किनभने यस्तै हतियार बोकेका, छिर्के-मिर्के रुमालले आँखाबाहेक अनुहार सबै छोपेका मान्छेले हाम्रो दाजु फैसललाई घरबाट जबरजस्ती लगेका थिए । उनीहरुसँग फैसलको भनाभन पनि भएको थियो । उनीहरु ‘अल्लाहको नाममा कुर्बानी’, ‘जेहाद’, त्यस्तै केके भन्दै थिए- मैले नबुभmने कुराहरु । फैसल भन्दै थियो, ‘तिमीहरु अमानवीय काम गर्दैछौ, मान्छे मारेर कसैको भलो हुँदैन । बरु आऊ, सँगै मिलेर शिक्षा र विकासको क्रान्ति गरौँ ।’ तर उनीहरुले उसलाई जबरजस्ती लिएर गए, हामीलाई केही बोल्नै दिएनन् । फैसलले ‘म अवश्य फर्केर आउँछु, तिमीहरु राम्ररी बस्नु’सम्म भन्न भ्यायो । त्यसपछि उनीहरुले उसको मुख थुनेर तान्दै, घिसार्दै लिएर गए । अब्बुले एकदम निरास भएर भाउजुलाई ‘सरिना, अब मेरो जेठो छोरा तँ नै भइस् !’ भन्नुभएको थियो ।

बिचरी दोजीया सरिना मूर्छा परेर भुइँमा ढलेकी थिइन् । उनले तीन-चार दिनसम्म त केही खाइनन् र कसैसँग बोलिनन् पनि । पछि अब्बु र मैले बलबल्ल उनलाई सम्हालेका थियौँ । ‘कम्तिमा फैसलको चिनो, तिम्रो भावी सन्तानको लागि त सोच’ भनी सम्झाएपछि त्यही सन्तानको निम्ति उनी जिएकी थिइन् । उनी मभन्दा २-४ वर्ष जेठी र नाताले भाउजू भए पनि घरमा अब्बुले आत्मीय वातावरण बनाइदिनुभएकाले हामी साथीजस्तै थियौँ र मनका धेरै कुराहरु साटासाट गथ्र्यौँ । फैसलले सरिनासँग ‘निकाह’ गरेको भर्खर डेढ वर्ष भएको थियो- चार महिनाअगाडि उसलाई ती हतियारधारीहरुले जबरजजस्ती लग्दा । त्यसैले नयाँ-नौला मानिस र त्यसमा पनि हतियार बोकेकाहरु देख्नासाथ हामी डराउथ्यौँ, त्यही कालरात्री सम्झेर ।

दुई-तीन महिनाअघि देखिएका यी बिनाहतियारका विदेशीहरुको चहलपहलले हामीलाई शङ्का लाग्नु स्वभाविकै थियो । सुरुमा यिनीहरु कहिलेकाहीँ देखापर्थे, अनि दुई-चार दिन हराउँथे । तर करिब डेढ महिनाअघिबाट भने कोही गाउँको छेउमा अस्थायी टहराहरु बनाएर बसे, कोही हाम्रै घरछेउको अर्को घरमा अफिस र डेरा पनि लिएर बस्न थाले । अनि ती टहराको सँगै पक्की घरहरु पनि बनाउन सुरु गरे । बुभmदै जाँदा थाहा भयो- यहाँभन्दा उत्तरतिर पर्ने सहर ‘अन्धखोई’ र दक्षिण पर्ने ‘काइसार’ जोड्ने पुरानो कच्ची मोटर बाटो, जुन हाम्रो गाउँ भएर जान्थ्यो, त्यसलाई ठूलो र राम्रो बनाउन यी विदेशीहरु आएका हुन् अरे । सायद हाम्रो आपmनो देशमा यस्तो ठूलो बाटो बनाउने धेरै पढेका मान्छे नभएर होला- यिनीहरु आएका । हाम्रोमा हुन् पनि कसरी, मैले थाहा पाएका यी चार-पाँच वर्षमा हाम्रो गाउँको त्यो जीर्ण स्कुलको ढोका कहिल्यै खुलेको छैन । पढ्न मन हुनेले पनि पढ्न पाएका छैनन् । धनीहरुले त ठूलो सहर अथवा विदेशमा आपmना बच्चा पढाएका होलान्, तर गरिबहरु भने सधैँ पछाडि नै । फैसललाई पनि अब्बुले बढो दुःखका साथ ‘मैमना’ र ‘अन्धखोई’सम्म पठाएर पढाउनुभएको थियो । सबैको चाहना भएर पनि धेरै पढाउन घरायसी स्थितिले साथ दिएन र ऊ गाउँ फर्किएर सरिनासँग ‘निकाह’ गर्‍यो । गाउँकै उसका अलिअलि पढेका साथीहरु जम्मा गरेर सरकारी सहयोगमा उसले स्कुल चलाउन कोसिस गर्‍यो । तर सफल नभएपछि त्यत्तिकै गाउँका केही बच्चाहरु जम्मा गरेर घरकै आँगनमा दिनको दुई-तीन घन्टा जति पढाउने गर्‍यो, साथीहरुले पनि साथ दिए । आपmनो गाउँका लागि केही गरौँ भनेर उनीहरुले घरघरमा गएर छोरीलाई पनि पढ्न, लेख्न सिकाउनु पर्छ भनेर सम्झाउँथे । साथै अरु थुप्रै सामाजिक कामहरु पनि गरेका थिए । गाउँलेहरु सबै उनीहरुसँग खुसी थिए, बिस्तारै गाउँ राम्रो बन्दै थियो । तर फैसललाई ती हतियारधारीहरुले लगेपछि उसका साथी पनि डरले अन्तै भागे, गाउँको ‘ज्योति’ निभेर गयो, सबैतिर अन्धकार छायो ।

बाटो बनाउन आएका ती विदेशीहरु हाम्रो घरछेउमै बस्न थालेपछि हामीलाई राम्रै भएको थियो । एकातिर भाइले उनीहरुकोमा खाना पकाइदिने र भाँडा माभmने काम पाएको थियो भने अर्कातिर हाम्रो सानो पसलबाट बढी सामानहरु बिक्री हुन थालेको थियो । फैसलले भाइलाई अलिअलि अङ्ग्रेजी पनि पढ्न, लेख्न र बोल्न सिकाएकोले भाइलाई त्यहाँ काम पाउन सजिलो भएको थियो । त्यसैले हाम्रो डर र शङ्का अब बिस्तारै खुसीमा परिणत भएको थियो ।

हरेक बेलुका घर फर्केपछि भाइले हामीलाई त्यहाँका गोरा र अरु साहेबहरुको बारेमा कुरा सुनाउँथ्यो । उनीहरुको बोली-चाली, लवाई-खवाई र अन्य कुराहरु सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो । अब्बु भन्नुहुन्थ्यो ‘यदि विगतका यी २०-२५ वर्ष लडाइँ-झगडामा मात्र नबिती, शिक्षा र विकासका काम हुन पाएको भए फैसलजस्तै हाम्रा धेरै युवा तिनै ठूला साहेबहरुभै“m बनेर देशका लागि काम गर्ने थिए र हाम्रो समाज र देश धेरै अगाडि बढ्ने थियो । तर दुर्भाग्य ! हाम्रो जीवन नै लडाइँमा बित्यो, आफू-आफूमा मारकाट चल्यो । मैले त आपmनो जीवनको अमूल्य र र्ऊवर वर्षहरु शरणार्थी भएर पाकिस्तानमै बिताउनुपर्‍यो । इच्छा, आँट र ताकत भएर पनि केही गर्न सकिएन । धन्य ! तिमीहरु त अहिले आपmनै माटोमा छौ ।’ आपmनो घाउ कोट्याउँदै मलीन भएर उहाँ आँसु पुछ्नुहुन्थ्यो, हामी सबै भएर उहाँलाई सम्झाउथ्यौँ ।

एक दिन भाइ निकै उत्साहित हुँदै आएर अब्बुसँग उसले काम गर्ने ठाउँमा उर्दू बोल्न जान्ने एकजना साहेब आएको कुरा गर्‍यो । शरणार्थीको रुपमा पाकिस्तान बस्दा हामीले केही उर्दू सिकेका थियौँ र दुई-चार शब्दहरु म्ाातृभाषामै भित्र्याएका थियौँ । काम गर्ने ठाउँमा विदेशी साहेबसँग उर्दूका दुई-चार शब्दहरू बोल्न पाउँदा भाइलाई रमाइलो लागेछ । दुई-चार दिनपछि भाइले फेरि ती साहेबबारे कुरा उठायो । उनी अरुभन्दा अलि भिन्दै, नरम स्वभावका, सबैसँग राम्रो व्यवहार गर्ने, हँसिलो मिजासका भनेर भाइले निकै गुणगान गर्‍यो । अब्बुलाई पनि कुन ठाउँका होलान् भनेर चासो लागेछ र यदि उनी मान्छन् भने एकपटक आफूलाई भेट्न मन लागेकोले पसलमा लिएर आउन भन्नुभयो ।

ती विदेशीहरु गाउँमा र पसलतिर डुल्न निस्केको मैले कहिल्यै देखेकी थिइनँ, खै किन हो । अब्बुसँग सोध्दा थाहा भयो कि उनीहरुलाई पनि त्यस्ता अनुहार छोपेका हतियारधारीहरुले भेट्टाए भने फैसललाई जस्तै जबरजस्ती लग्ने र कुनै बेला त ज्यान नै पनि लिने गर्छन् रे । मार्न पनि सक्ने कुरा सुनेपछि म झसँग भएँ र त्यो साहेबलाई नबोलाउनुस् भनेँ । हाम्रो कारणले कसैलाई केही भयो भने ? तर अब्बुले यहीँ वल्लो-पल्लो घर हो, डराउनुपर्दैन, म आफू पनि सतर्क रहिहाल्छु भनी सम्झाउनुभयो ।

भाइसँग अब्बुले कुरा राख्नुभएको दुई-तीन दिनपछि उसले एकजना मझौला कदका, हेर्दा हाम्रै यतैका जस्ता लाग्ने, गोरा-गोरा, सफा-हँसिलो मुहार भएका, चिटिक्क परेको लुगा लगाएका साहेबलाई लिएर आयो । अनि आपmनो टुटे-फुटेको उर्दूमा पसलमा बसेका अब्बुसँग परिचय गरायो । म भित्री कोठाको भmयालबाट हेर्दै थिएँ, किनकि कुनै नौलो मान्छेको अगाडि पर्नु हाम्रो संस्कार र समाजले दिँदैनथ्यो । हुन त अब्बु त्यति कट्टर हुनुहुन्थेन, तैपनि समाजको लाज-गालबाट हामी बच्नुपथ्र्यो । सानो मात्रै तल-माथि भएमा ‘निकाह’ हुन गारो पथ्र्यो । त्यसमा म पूरा सतर्क थिएँ ।

ती साहेबसँग अब्बुले केही बेर कुरा गर्नुभयो र भाइसँग चिया लिएर आउन भन्नुभयो । मैले दुई कप मीठो चिया बनाएर पठाएँ । चिया पिउँदै अब्बुसँग केहीबेर गफ गरेर उनी फर्किए । बेलुका अब्बुले उनको बारेमा हामीलाई बताउनुभयो । उनी यहाँ करिब एक महिनाका लागि आएका रे- बाटोको काम राम्ररी भए-नभएको जाँच गर्न । उनी पनि हाम्रो ठाउँजस्तै पहाडहरु धेरै भएको देशबाट आएका रे ! हामी काबुलबाट यहाँ आउँदा पार गरेका हिउँका अग्ला पहाडभन्दा पनि अझ धेरै अग्ला पहाडहरु भएको हिमालयको पारिपट्टी, हिन्दुस्तानको उत्तरतिर उनको सानो, राम्रो देश छ अरे । शरणार्थीको रुपमा सानोमा पाकिस्तानमा बसेको बाहेक हामीले कहिल्यै कुनै अरु देश वा विदेशीको बारेमा केही थाहा पाएका थिएनौँ । अब्बुसँग यी कुराहरु सुन्दा मलाई यस्ता पहाड र हिउँ अन्त पनि हुने रहेछन् भनेर अचम्म लाग्यो । यहाँजस्तै उनको देशमा पनि अग्ला पहाडतिर भेडा पाल्ने र चौरमा चराउन लैजाने चलन छ रे भन्ने सुन्दा त झनै आश्चर्य लाग्यो र उनी तथा उनको देशबारे अझ बढी जान्ने चासो बढ्यो । यो करिब एक महिनाअगाडिको कुरा थियो ।

आँसुको तातो थोपाले गाला छोएपछि म झसङ्ग भएँ र आँसु पुछ्दै वर्तमानमा ओर्लिएँ । भाइ कता गइसकेको थियो, अब्बु पसलमै टोलाएर बसिरहनुभएको थियो, सरिना घर सफा गर्दै थिइन् । ओहो ! कसरी पत्तै नपाई एक महिना बितेर गएछ, आज दाजुलाई बिदाइ गर्दा पो बल्ल थाहा भयो ।

पहिलो पटक आएर गफ गरी र्फकने बेलामा अब्बुले उनलाई बेलाबेलामा आउनू है भन्नुभएको थियो । उनको बोलीचाली र व्यवहारले अब्बुलाई निकै प्रभाव पारेछ क्यारे, दुई दिनपछि भाइसँग खबर पठाउनुभयो । त्यसपछि प्रायः एक-दुई दिन बिराएर उनी पसलमा आउने र चिया पिउँदै अब्बुसँग धेरै कुराहरु गरेर बस्ने गर्न थाले । अब्बु भन्नुहुन्थ्यो, ‘यी साहेबलाई देख्दा कताकता फैसलको झल्को आउँछ, त्यसैले यिनलाई बारम्बार भेट्न मन लाग्छ ।’ म पनि अलिअलि उर्दू बोल्न सक्ने भएकीले चिया दिने निहुँमा पसलमा निस्कने र दुई-चार शब्द उनीसँग बोल्ने गर्न थालेँ । बिस्तारै यो क्रम बढ्दै गयो, किनकि उनीसँग बोल्दा मलाई पनि कताकता फैसलको झल्को लाग्थ्यो । उनको आँखाको निष्कपटता, बोलीको मिठास, हाँसोको मधुरता, मनको आपmनोपन र हृदयको आत्मीयताले हामी सबैको मन जितेको थियो । हामी सबैलाई यिनी हामै्र परिवारका सदस्य हुन् जस्तो भान परेको थियो । त्यसैले उनीसँग सोधेर उनको भाषाको पहिलो शब्द मैले सिकेकी थिएँ- ‘दाजु’ । उनी हरेक पटक आउँदा मेरोअगाडि बढेर हात जोड्दै अभिवादन गर्दथेँ- ‘नमस्ते ! दाजु’ । उनी पनि हामीलाई आत्मीयता दर्साउन सधैँ ‘सलाम वालेखुम्म’ भन्ने गर्थे ।

मेरा वृद्ध अब्बु यी दाजुसँग खुलेर मनका कुरा गर्न पाउँदा निकै खुसी हुनुभएको थियो । हुन पनि उहाँले यसरी कोहीसँग खुलेर धेरै कुरा गरेको मैले आजसम्म थाहा पाएकी थिइन् । हाम्रो आपmनै अतीतबारे पनि अब्बुले हामीलाई त्यति धेरै कुरा भन्नुभएको थिएन, खाटो बसेको घाउ किन कोट्याउने भनेर टार्नुहुन्थ्यो । यी दाजुसँग अब्बुले कुरा गर्दा म चाख दिएर सुन्ने गर्थेँ । अब्बु भन्नुहुन्थ्यो, ‘हामीलाई जस्तो आपत र दुःख त शत्रुलाई पनि नपरोस् । झन्डै दुई दशकभन्दा लामो लडाइँ-झगडाले हामीलाई जातीयता र क्षेत्रीय भौगोलिकताको रेखाले यति नराम्ररी विभाजित गराइदिएको छ कि हामी छिमेकी नै भए पनि एकअर्कालाई मार्नसम्म तम्सिन्छौँ । मैले मेरै आँखा अगाडि नङ-मासु भएर बसेका छिमेकीबीचको काटमार देखेको छु । युवा केटाहरुले आफूलाई दूध चुसाएर हुर्काएकी धाई-आमाहरूलाई निसानी बनाएको देखेको छु । योभन्दा बढी नीचता र पशुत्वको उदाहरण अन्त कहाँ फेला पर्ला र ? देश चलाउने नेताहरुको सानो गल्ती र स्वार्थीपनले देश र समाजलाई कहाँ धकेल्दो रहेछ । तैपनि तिनीहरुमा अझै पूर्ण चेत आएको छैन ।’

अब्बुका यी कुराहरु हामी भावुक भएर सुन्थ्यौँ । त्यति नपढेका भए पनि व्यवहार र भोगाइले अब्बुलाई धेरै सिकाएको थियो । उहाँ धेरै कुरामा चासो दिनुहुन्थ्यो, अरु जान्ने-बुभmनेसँग छलफल पनि गर्नुहुन्थ्यो । यदि समयमा पढ्न पाएको भए हाम्रो अब्बु ठूलो मान्छे बन्नुहुन्थ्यो होला ।

अब्बुका कुराले दाजु पनि भावुक बन्नुहुन्थ्यो र आपmनो देशको बारेमा पनि भन्नुहुन्थ्यो । उहाँको देशमा पनि हाम्रोमा जस्तो चर्को र लामो नभए पनि यस्तै नै आपसमा लड्ने र मार्ने समस्या थियो अरे । तर, समयमै देशका नेताहरुले बुद्धि पुर्‍याएर आफूहरु नै मिलेर त्यो समाधान गरे अरे । तैपनि अझै पूरा ढुक्क हुने स्थिति छैन रे, नेताहरु चनाखो भएर देशको निम्ति सोचेर काम नगरेमा स्थिति बिग्रन सक्छ अरे । उहाँ भन्नुहुन्थ्यो, ‘जब मानिससँग हतियार हुन्छ र त्यस हतियारले उसको दिल र दिमागलाई जित्छ, अनि उसले हतियार हैन कि हतियारले उसलाई चलाउन थाल्छ, त्यसपछि त्यो समाज भाँडिन्छ र देश ओरालो लाग्छ ।’

मलाई अचम्म लाग्थ्यो- यस्ता शीष्ट, भद्र र सहृदयी मान्छे बस्ने देशमा पनि कसरी लडाइँ झगडा भयो होला । किन त्यस्तो राम्रो ठाउँमा पनि समाज बिगार्न खोज्ने मान्छे जन्मिए होलान् । तर अब लडाइँ छैन रे भन्ने सुन्दा हाम्रोमा पनि त्यस्तै भएर फैसल छिट्टै घरमा फर्किए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्थ्यो । अब्बु पनि भन्नुहुन्थ्यो कि हाम्रा नेताहरुले पनि समयमै विचार पुर्‍याएको भए, हतियारकै भरमा शासन गर्छु भन्ने कुविचार त्यागेको भए हामीले यति दुःख झेल्नुपर्ने थिएन र विदेशी सेनाले हाम्रो माटो कुल्चने थिएनन् । जे भए पनि अबचाहिँ अलिअलि आशा पलाएको छ । मान्छे मार्नू नै धर्म हो भन्ने सम्झनेहरुको दिमागमा अलिकति पनि सुबुद्धि पलाएमा देशले धेरै प्रगति गर्ने थियो । दाजुसँग यसरी मनका कुराहरु साट्न पाउँदा अब्बु हल्का महसुस गर्नुहुन्थ्यो र भारी बिसाएभै“m अनुभव गर्नुहुन्थ्यो । कुरै कुरामा समय बितेको पत्तै हुँदैनथ्यो र हामी फेरि भोलिपल्ट उहाँको बाटो हेरेर बस्थ्यौँ ।

दाजुसँगको सम्पर्क र कुराकानीले गर्दा मैले केही बढी उर्दू सिकेकी थिएँ, भाइले आपmनो अङ्ग्रेजीको पनि प्रगति गरेको थियो भने अब्बु त एकदम स्वस्थ, फूर्तिलो र चङ्गा बन्नुभएको थियो- सायद मनको भारी बिसाउने चौतारी पाएर होला ।

यिनै रमाइला क्षणले गर्दा दाजुको यहाँको बसाईँ एक महिनाको मात्रै हो भन्ने हामीले भुलिसकेका रहेछौँ । आज बिहान भाइले एक्कासि कुरा गर्दा पो हामी झसङ्ग भई न्याउरो मुख लगाउन पुग्यौँ । झन् बिदा हुनको निम्ति दाजु नै हाम्रो पसलमा आउँदा त हामीले समयलाई धिक्कार्नुबाहेक अरु केही गर्न सकेनौँ, अमिलो मनले दाजुलाई बिदा गर्नुबाहेक अरु विकल्प नै थिएन ।

उहाँलाई बिदाइ गर्न सबैजना पसलअगाडि आयौँ । दाजुले पनि अब्बुलाई ढाढस दिन अवरुद्ध कण्ठले ‘अब्बु, म फेरि यहाँ आउँला नआउँला, तर तपाईँहरुको माया र सम्झना सधैँ रहनेछ । म मेरो भगवान्सँग प्रार्थना गर्छु कि फैसल छिट्टै सकुशल घर फर्केर आऊन्, उनको सपना पूरा गर्न सकून् र तपाईँहरुको परिवार सधैँ खुसी रहोस्’ भन्नुभयो । यसभन्दा बढी उहाँ बोल्न सक्नुभएन र अङ्कमाल गरेर अब्बुलाई ‘खुदा हाफिज’ भन्नुभयो, भाइ र मलाई ‘बाई, बाई’ भन्नुभयो र सरिनालाई नमस्ते गरेर गाडीमा चढेर ओझेल पर्नुभयो ।

‘दाजु ! तपाईले हामीलाई सम्भिmराखे पनि वा बिर्सिए पनि हामीसँग भने तपाईंको सम्झना र माया सदा रहिरहनेछ । म मेरो अल्लाहसँग हरेक दिन प्रार्थना गर्नेछु कि हामीले जस्तो दुःखकष्ट तपाईंका देशका मान्छेले कहिल्यै व्यहोर्न नपरोस् । तपाईंको परिवार सधैँ खुसी र प्रगतिमा रमाओस्, तपाईंको सधैँ उन्नति होस् । तपाईं सधैँ यस्तै हँसिलो र सहृदयी भई अरु पनि धेरैलाई माया बाँड्दै हिँड्नुहोस्, सबैले तपाईंलाई आसिक दिऊन् । मेरो अल्लाहसँग मैले मेरो खुसी माग्नुभन्दा पनि तपाईंको दुःख जति सबै मेरो पोल्टामा राखिदे भनेर माग्नेछु, मेरो यही कामना छ- मेरा प्यारा हिमालपारिका दाजु’ ।

२०६३ माघ २९ गते ।
(मैमना, अफगानिस्तान)

बाहुनडाँडा, लमजुङ

(स्रोत : शब्द-संयोजन Issue 90)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.