~कमल प्रकाश पौडेल ~
साहसी जीवन जिउन, अब मैले सुरु गरें
पीर चिन्ता हटाएर, क्रान्ति बोकी अघि सरें ।।
साँच्चै कति सुखी हुन्छ, चिन्ताविना बस्न सके
उन्नति र उत्साहको, बीज जीउभरि छरें ।।
हेर † आज मेरा सबै, अङ्ग र प्रत्यङ्ग बीच
मनोशान्ति गराउन, तनावको पुल तरें ।।
स्फूर्त मन उव्जिएर, डाँडा–काँडा वरिपरि
घेर्न भनी यातनाको, संसारबाट तल झरें ।।
–रचनाकालः–२०६३÷०४÷०७
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
