कविता : बाबु कहाँ छस् ??

~आषिश श्रेष्ठ~Ashish Shrestha

बाबु कहाँ छस् ??
आन्दोलनमा छु बाबा,
ध्वस्त शहरको ब्यस्त आन्दोलनमा…
भाला रोपेर रगत झार्दैछु,
मुख छोपेर मान्छे मार्दैछु,
लाशहरुमाथी पाइला सार्दैछु,
देश टुक्राउन खाएको कसम,
पाइला पछाडी मोडेको छैन,
पुलीस होस् या 2 बर्षे बालक,
कसैलाई पनि छोडेको छैन,
किनकी मेरो नेताको सपना साकार पार्दैछु,
बाबा म आन्दोलनमा मान्छे मार्दै छु ll

आराम त छस् नी बाबु ??
2/4 वटा हड्डी फुटेको छ,
दीमागको तार छुटेको छ,
तरपनि कुनै चिन्ता छैन,
मेरै समुहले मान्छे कुटेको छ,
मेरै समुहले इज्यत लुटेको छ !!
बस्तीमा आगो लगाएको छ,
मान्छेहरुलाई भगाएको छ!
मेरो चिन्ता नलीनु बाबा,
दुश्मन हतास भएको देखेर,
मेरो मनोबल जुटेको छ ll

कहीले आउछस् त बाबु ??
आउछु! अबस्य आउछु !!
मान्छेको मासु खाएर आउछु,
रगतको खोला बगाएर आउछु,
पार्टीको झण्डा लगाएर आउछु !!
तपाइको नेपाललाई ध्बस्त गरेर,
काठको बाकसमा गमक्क परेर,
चार जनाको काँधमा चढेर आउछु,
चाडै नै आउछु बाबा,
मिहेनत गरेर कमाएको धन
50 लाखले गोजी भरेर आउछु………

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.