गजल : देश रुवाउनेको

~अनिल बराल ‘गरीब चिराग अछुत’~

देशको माया कसलाई छ र ? देश रुवाउनेको
भोक भोकै राखी गरीब जनता सुकाउनेको ।

पेटमा छैन गास अशान्तिले देश बलेको छ
उन्नतीको पथ टुक्रा पारी लुकाउनेको ।

चिरा चिरा भयो बुद्द जन्मेको देश नेपाल
छैन बिश्वाश बिश्वमा देश झुकाउनेको ।

उन्नतीको पथ टुक्रा पारी लुकाउनेको
छैन नाम निसाना सहिदले जन्माएको वस्ती ।

अझै तछाड मछाड कुर्सि ताक ताक भयो
देशको के माया हुन्थ्यो , देश रुवाउनेको ।

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.