कविता : अब रुदैन यि आँखाहरु

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

सुख पाए अंगाल्दिन् अब,
सुख त केवल क्षणिक् पलको भ्रम रहेछ
दु:खनै जिवनको सहारा रहेछ I
खुसी पाए फाल हान्दिन
लोप मात्र देखाएको हुदो रहेछ
दु:खमा जिन्दगी ढाल्नको मजानै बग्लै रहेछII

जती चोट दिनुछ देउ मलाई
अब दुख्दैन पुराना घाउहरु
मलम पट्टी गर्न सिकी सकेकोछु I
जती दु:ख दिनुछ देउ मलाई
दु:ख आइपरे आतिन्न म
दु:खलाई साथी बनाउन जानी सकेको छु II

जती आसु दिनुछ देउ मलाई
अब रुनेछैन यि आँखाहरु
किनकी रुदा रुदै रित्ती सकेछ आसुहरु III

अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.