गजल : खास् माटो रहेछ !

~सुसन राई~Susan Rai

लाग्छ जन्मभुमिको माटो खास् माटो रहेछ !
मैले हिड्न सिकेको बाटो खास् बाटो रहेछ !!

यो मुटुले आज एउटा निष्कर्ष निकाल्यो !
चोट अस्थाई पिडा, बल्झिने खाटो रहेछ !!

मरिलानु के नै छ र आखिर जिन्दगी भन्नु !
केबल जन्म र मृत्यु बिचको पाटो रहेछ !!

छाती कुल्चेर मुसुमुसु मुस्कुराउँछ छिमेकी !
टुलुटुलु हेरिरहेछ देश, सरकार लाटो रहेछ !!

– उदयपुर ताम्लिछा-७,आम्बोटे
हाल – दक्षिण कोरिया

(स्रोत : Pahichanaphnai.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.