~अभागी मिनम घायल असफल~
लक्ष्य पहिल्याँदै हिंडेको एउटा यात्री धेरै पर पुगिसकेको हुन्छ । तर गन्तब्यमा कहिल्यै पुग्न सकेको हुँदैन ! सुनसान गोरेटो उराठ लाग्दो हावाको आवाजहरु मात्र सुन्छ । चारै तिर सुन्यता नै सुन्यता ! अन्तत: उ अलमल्लमा पर्छ ।
धेरै थकाईको महसुस गर्छ र समुन्द्रको किनारामा थुचुक्क बस्छ अनी लामो स्वास् फेर्दै आँखाले भ्याउन्जेल समुन्द्रको लम्बाइ नाप्न थाल्छ । लम्बाइ नाप्दै जादा धेरै पर यस्तो दृष्य देखिन्छ कि आकाश र धर्ती जोडीएको जस्तो क्षितिज पारीको निलगगनमा पंक्षि आफ्नै सुरतालमा सुस्तरी सुस्तरी उडिरहेको हुन्छ र जीवन जिउनुको परीभाषा सिकाइ रहेको हुन्छ । ति यात्री मुसुक्क मुस्कुराउँछ अनी पछाडी फर्केर हेर्छ बितेका ति अतितका पलहरु उ धेरै टाढा पुगिसकेको हुन्छ चाहेर पनि उ फर्कन सक्दैन !
उनी पनि पंक्षि जस्तै स्वतन्त्र जिन्दगी जिउन चाहन्छ र हाँसी हाँसी जिन्दगीलाई समुन्द्रमा मिलाई दिन्छ ।
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )