~अभागी मिनम घायल असफल~
श्राप दिउकी आशीर्वाद दिउ तिमीलाई
तिमीनै भनी देऊ मायालु
बधाई दिउकी गाली दिउ तिमीलाई
तिमीनै भनी देऊ मायालु ………2
पराइको डोली सजाउडै छौ रे तिमी
मलाई एक्लै पारेर
अरूकै खुसीमा रमाउदै छौ रे तिमी
मलाई धुरु धुरु रुवाएर…….2
श्राप दिउकी आशिष् दिउकी तिमीलाई……….
हासी हासी मुटु रेट्यौ
श्वास लीन गाह्रो भो,बिख किन दिएनौ
जाजी जानी साथ तोड्यौ
एक्लै बाँच्न गाह्रो भो,मारी किन दिएनौ …………2
श्राप दिउकी आशीर्वाद दिउ तिमीलाई
तिमीनै भनी देऊ मायालु
बधाई दिउकी गाली दिउ तिमीलाई
तिमीनै भनी देऊ मायालु…..
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )