~अभागी मिनम घायल असफल~
पँक्षी बनी आकाश चुम्ने रहर थियो
तर मेरो रहर खोटो रहेछ
रहर-रहरैमा सिमित भईदियो !
सुन्दर फुल बनी सुबाश छर्ने ईच्छा थियो
तर मेरो इच्छा अपुरो रहेछ
फुलको अस्तिथ्यो भुइमा झरी गयो !!
मिठा मिठा सपनाहरु बुनेका थिए
तर सपना अधुरो रहेछ
सपना सपनामै बिलाई गयो !!!
भाबनाले बनेको बिश्वासको मन्दिर थियो
तर आज विश्वाशघात भईदियो
त्यसैले त आज म देखी जिन्दगी टाढा भईदियो !!!!
जिन्दगीको गन्तब्यमा पुग्ने धोको थियो
भौतारिन्दा-भौतारिन्दै बाटो भुलेछु
त्यसैले त आज जिन्दगीको यात्रा लामो भईदियो !!!!!
अनगिन्ती चाहनाहरु थियो
तर मेरो चाहना मात्र रहेछ
जिन्दगी एउटा थोत्रो बस्त्र बनी दियो !!!!!!
जिन्दगी एउटा थोत्रो बस्त्र बनी दियो……
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )