~अभागी मिनम घायल असफल~
आकाशको तारा गन्दा~गन्दै
बिहानिको मिरमिरे भईसकेछ
पिडाको भारी बोक्दा~बोक्दै
आधा जुनि बिती सकेछ
*****
जिन्दगीको यात्रामा एक्लै भौतारिदा~भौतारिदै
दोबाटोमै अलमल्लमा परेछु
सबै साथीहरु अगाडि छिरे
म एक्लै पछाडि परेछु
*****
हजारौ रङ्गी चङ्गी सपना बुन्नु भन्दा
दु:खलाई अंगाल्नुनै उपयोगी रहेछ
कल्पनाको सागरमा डुब्नु भन्दा
यथार्थमा जिउनुको अर्थ अलगै रहेछ
अभागी मिनम घायल असफल
बिष्णुपुर कट्टी-३ सिरहा नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )