~बिन्दु प्याकुरेल ‘लुना’~
ब्रम्हान्डको परिधी
मैले नाप्न कहाँ सक्छु र !
सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी ।
°
अथाह माया बर्षाउने तिम्रो हत्केला
मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र !
°
पिर रापले पोल्दा हिर्दयमा शितलता दिने तिम्रो हत्केला
मेरो निम्ती सगरमाथाकै छाया भन्दा के कम्ती छ र !
°
तिम्रो हत्केलाको परिधी भरी
स्निग्ध स्पर्श ओढेर
निदाएको रात जब म ब्युझ्नछु
ब्रम्हान्ड नै अध्यारिएको अन्धकार औशिको रात
मैले मलाई तिम्रै हत्केलाको परिधिमा भेट्दा
तिम्रा दुई हत्केला
एउटा धर्ती अर्को आकाश बनेर
मेरो सुरक्षा कबज बनेको देख्दा
मेरो खुशी उज्यालिएर ज्योति पुन्ज बन्छ
अन्धकार अध्यारो भयानक काला रातमा
उज्यालिएको मेरो खुशीले
कलात्मक आकार लिन्छ
अध्यारो कालो मन र उज्यालो सेतो मन बिचको द्बन्दमा
म श्बेत पुष्प बनेर फूलिरहेकी देखिन्छु
तिम्रो हत्केलाको परिधिमा —
(स्रोत : Mysansar.com)