~भाउपन्थी~
उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको स्वास्थ्य, एकता, सद्भावना, समृद्धि-समुन्नति र शान्तिका लागि चियर्स पनि गरेका हुन् । खाने बेलामा उनीहरू नफुट्ने गरी एक हुने गर्छन् ।
उनीहरू आ-आफ्नो घरतिर लाग्ने चौबाटो आयो । उनीहरूले छुट्टनिुअघि केही हा“सोठट्टा गरे, एकअर्कासित हात मिलाए र फेर िभेटौ“ला पनि भने । तर, त्यतिबेलै कतैबाट एउटा निर्धो आवाज आयो, “ए हजुर हो, कृपया मलाई यहा“बाट निकाल्नूस् ।” त्यो निर्धो आवाज उनीहरूले सुने । एकआपसलाई हेरे- कतै उनीहरूमध्ये नै कसैको आत्माले नै त्यस्तो भनेको त होइन – वास्तवमा उनीहरूभित्र आत्माको धुकधुकी मात्र पनि थियो कि थिएन, शङ्कै छ भन्थे देशका जनता ।
हैन यो आवाज कसको हो, कहा“बाट आयो – उनीहरूले एकले अर्कालाई सशङ्कित भएर हेरे ।
चौबाटोमा सहरको अन्तिम जीवित सडकबत्ती मै हु“ भनेझै“ एउटा निर्धो चिम माथि खा“बोको घा“टीमा झुन्डिएको छ । त्यसको उज्यालोमा उनीहरूले वरपिर िहेरे । अलि पर एउटा खाडल खनिएको रहेछ । आवाज त्यसैको पी“धबाट आइरहेको छ । उनीहरू पनि खाडल खन्नमा पोख्त छन् । उनीहरू आपसमा मिलेजस्तो गरे पनि एकले अर्कालाई खाडलमा जाक्न प्रयत्नरत रहन्छन् । बाहिरबाहिर त हा“सेरै भ्याउ“छन् ।
“ए, को हौ तिमी – कसरी खस्यौ यहा“ -“
खाडलको डिलमा उभिएर आठमध्ये एकले टाठो स्वरमा सोध्यो ।
“कसले कहिले खनेको खाडल हो यो -“
“खै यो खाडल त मैले बाजेबराजुका पालादेखि देख्दै आएको छु ।” तीमध्ये … सहरमा जन्मेहर्ुर्केको एउटाले भन्यो, यो अझै कायमै छ ।
“हजुर म हु“ ।..” खाडलबाट माथि उनीहरू भएतिर त्यही निर्धो आवाज आयो ।
“म – को म – यहा“ किन -“
“म हजुर, घा“स काट्न निस्केको थिए“ । घा“सले ढाकेको खाल्डो रहेछ, देखिन“, खसे“ । नगरपालिकाले यो खाडल नपुरेर नागरकिहरूलाई धरापमा पाररिहन्छ, के भनू“ – जनताको पीरमर्का हर्ेर्ने कोही छैन ।” खाडलभित्रको खाडलबाटै पनि पक्का जनताले झै“ गुनासो गर्न छोडेन । तर, अलि टाठै स्वरमा जवाफ थप्यो, “अघि सा“झदेखि सहायताका लागि चिच्याइरहेको छु, कसैले सुनेको होइन । अचेल मान्छेहरूलाई के भएको छ कुन्नि, कसैको दुःख पुकार कसैले सुन्दैन । कानमा ठेटी ठोकेका छन् कि – हजुर मलाई बाहिर निकाल्नुपर्यो ।”
उसलाई माथि डिलकाहरूले सुनेका छन् र अब निकालिहाल्छन् भन्ने आश लागेको छ । तर, डिलकाहरूमध्ये एउटा खाडलभन्दा अलि उता गएर हा“स्दै भन्यो, अब यो मान्छे खाडलभित्र परेको छ । कसले भन्यो पर्नलाई – र, कस्तो खाडल हो यो – अनि, खाडलभित्र परसिक्यो अब यसलाई कसले निकाल्ने – समस्या छ । उसले चुरोट सल्कायो, के भने, यो कुनै षड्यन्त्र पनि हुनसक्छ, हामीलाई खाडलभित्र तान्ने ।
उसका कुराले बा“कीहरू अलिअलि हा“सेका छन् तर उनीहरूको मनमा पनि चिसो पसेको छ र र्सतर्कताका साथ एउटा सोच उदाएको छ, यसलाई खाडलबाहिर ल्याउ“दा के फाइदा छ –
“ए भाइ, तिमी के हौ, को हौ -” आठमध्ये एउटाले खाडलतिर मुख झोसेर सोध्यो ।
“म को हु“, के हु“ – यो कस्तो सोधाइ हो हजुर – म मै हु“ नि, दुःखी, असहाय खाडलमा खसेको …मलाई बाहिर निकाल्नूस् †”
“होइन, त्यसो भनेर हु“दैन ।” आठमध्ये एउटाले अलि चिच्याएर भनेको छ ।
“तिमी के हौ – त्यो भन्नुपर्यो । त्यसपछि केही गर्न सकिएला ।”
‘अर्थात् …-“
“तिमी बाहुन-क्ष्ँेत्री हौ कि – अहिले साला मान्छे, बाहुन-क्ष्ँेत्री भनेपछि मान्छेहरू भड्किन्छन् ।”
“भन भन, खस, दलित, जनजाति, नेवार, मगर, तमु, थकाली, र्राई, लिम्बू, शर्ेपा, थारू के हौ -“
“यतिबेला त मलाई खाडलबाट निकाल्नूस् ।”
तिमी राप्रपा, काङ्ग्रेस, एमाले, माओवादी, सद्भावना…” एउटाले नतर्ुर्दै अर्कोले थप्यो, “मोर्चा, फोरम, मञ्च, मसाल, माले, एकता के हौ -“
“मधिसे, पहाडी, चुरेभावर के हौ ए भाइ -“
“लिम्बूवान, खम्बूवान, थारूवान …। सुनिरहेका छौ कि छैनौ – स्पष्ट हुनु जरुरी छ ।” अर्कोले दुइटा हत्केला मुखमा जोरेर खाडलको मुखबाट भित्र स्वर पठायो । भित्रबाट जवाफ आइरहेको छैन । ठोस मौन बाहिर आइरहेको छ । कतै खाडलभित्रै गुम्सिएर मर्न त मरेन – खाडल पनि कस्तो अ“ध्यारो छ, भा“डोले अ“ध्यारो उघाउन सकिने ।
“ए भाइ तिमी हो कौ -“
“गणतान्त्रिक कि राजतान्त्रिक -“
“कि .. के रे -” अर्को प्रश्न बनाउन नसकेर अलमलियो ।
“हिन्दू, मुस्लिम, बुद्धिस्ट के हौ तिमी -“
माथि खा“बोको चिम एउटा मूक र असहाय दर्शकझै“ यी सबै हेररिहेको छ । भित्रबाट निर्धो आवाज आएको छ- हरे, यो अ“ध्यारो खाडलभित्र अझ कति बस्नुपर्ने हो -“
आठै जनाले कान थापेर सुनेका छन् । बाहिर पनि खास उज्यालो त छैन ।
“भित्र को जाने -” एउटाले सोध्यो । जवाफ कसैले दिएन । खाल्डोमा ओर्लने जोखिम कसले किन लिने – फाइदा के छ – यसरी त कति मररिहेका छन् । बमले, गोलीले, खु“डा तरबारले, भाटाले, भालाले, बाढीले, पहिरोले, दङ्गाले । कति बेपत्ता पारएिका छन् । सबैको पछि लागेर सती जान त सकि“दैन । जाने हो भने सहमति चाहियो । आपसी सहमति हुन सकिरहेको छैन । त्यसमाथि खाडलभित्र जो छ, त्यसको परचिय खुलिरहेको छैन । यो पनि अर्को पक्ष हो, समस्याको जड- यसलाई बाहिर निकाल्नाले यसको उपयोगिता के –
“भित्र चिसो छ -“
“मलाई यो अ“ध्यारोबाट बाहिर निकाल्नूस् †”
“भित्र के पानी पनि छ – दर्ुइ-अढाइ सय वर्षपुरानो खाडल हो जस्तो लाग्यो मलाई त -“
“मलाई यस अ“ध्यारोबाट बाहिर निकाल्नूस् †”
“लल पहिले सहमति त होस् । हामी बैठक गर्दैछौ“, पख †”
“हैन ए भाइ, तर त्रि्रँे परचिय खुलेन नि † भन त तिमी हौ को -“
खाडलभित्र परेको पनि छ, परचिय लुकाइरहेको पनि छ । यसको मतलब बाहिर निस्कने मन छैन ।
नाटक गररिहेको होला । अ“ध्यारोजीवी हो कि – गरबि जनताको ताल यस्तै त हो ।
खाडलभित्रको अ“ध्यारोमा आवाज अझै बा“की छ- प्राण त्याग्न लागेको मान्छेको धुकधुकीझै“ ।
“अहिले के भन्न लागिरहेछ, बुझिएन ।”
“भाषा कुन हो यसको -“
“खै – कुनै एउटा भाषा त बोलिरहेछ मान्छेझै“ ।”
‘मैथिली, भोजपुरी, अवधि कि लिम्बू अथवा…”
“अघि त ठेट नेपालीमा बोलिरहेको थियो ।”
“को हुनुहुन्छ माथि – खाडलभित्रबाट अन्तिम प्रयासमा सोधेजस्तो आवाज आयो, मलाई यो अ“ध्यारोबाट बाहिर निकाल्नूस् †”
“हामी सबै छौ“ ।”
“भएर के गर्ने -” खाडलभित्रकाले मनमनै भनेको छ । बाहिरको आवाजभित्र पुगिरहेको छ । उसले ती आवाजमा एउटा अनुगुन्ज पाइरहेको छ- हामी के गर्ने भनेर सोचिरहेका छौ“ । छलफल जारी छ । न आत्तिनूस् †”
पालैपालो सबैले खाडलभित्रकालाई प्रश्न गरसिकेका छन् । कसैले सन्तोषजनक उत्तर पाएन । सबैको एउटै मन छ, यसलाई केही गर्न सकिन्न । खाडल कायमै रहनेछ । भित्र जो परेको हो, त्यो बिनापरचियको छ । ‘को हुन्, म हु“, म भनेको मै हु“’ भन्छ । कस्तो डेब्रो रहेछ । केही गरू“ भनेको नहुने भो † तर, त्यसै छाड्नु पनि भएन । एक्कासि ती सबैले सल्लाह गरेझै“ एकैचोटि खाडलको मुखतिर झुकेर आ-आफ्ना दुवै हत्केला आ-आफ्ना मुखमा जोरेर चिच्याउ“दै सोधे, “ए भन त को हौ तिमी -“
खाडलभित्र ती सबैको आवाज ह्वात्तै पानी घोप्ट्याएझ“ै पस्यो । खाडलभित्र फसेको पनि लखतरान परसिकेको छ । प्रश्नहरू यति ओइरएि कि उसले खाल्डो झन् गहिरएिको अनुभव गरेको छ ।
“को हु“ भनेर भनू“ – भएन, सोधेका सोध्यै छन् । अब यो खाल्डोमा नेपालबाहेक बाहिरबाट अरू आएर कोही त परेन होला । यत्ति पनि चेत छैन यिनीहरूलाई ।” खाडलभित्र चिसो पनि छ र अलिअलि हिलो पनि छ । भोकले उसका आन्द्रा बटारएिका छन्, लखतरान पनि परसिकेको छ । यो अ“ध्यारो खाडलबाट बाहिर निकाल भनेर गुहार लगाउ“दालगाउ“दा घा“टी सुकेर पट्ट फुटेजस्तो अनुभव हुन्छ । आवाज पनि बसिसक्यो । कसैले सुनेको होइन ।
गरबि मान्छे, घा“स काट्न आएको, पर्यो खाडलमा । खुट्टामा चप्पल पनि छैन । जीउमा एकसरो लुगा छ । समय कति भयो उसलाई त्यसको सम्झना पनि छैन । उसले अन्तिम रूपमा शक्ति सञ्चय गर्यो र भन्यो, “म के म, म नेपाल, अरू को नि †”
“ए-ए, तिमी नेपाल, अ“ शङ्का लागेको त थियो । यस्तो खाडलमा यति बेलासम्म…” बा“की के सोच्न भन्न खोजेको हो, उसैलाई स्पष्ट थिएन ।
त्यसपछि केही भएन । जेजे भएको छ, उनीहरूले ती सबैलाई अपारदर्शी नै राखेका छन् । अथवा केही गर्नै सकेनन् र पो हो कि – पारदर्शी हुनुपर्नेजस्तो केही नै थिएन कि – श्रेय त्यसैमा थियो कि केही गर्दा पनि भएन, हुन सकेन, त्यसकारण त्यसलाई रहस्यमय पर्दामा राख्दा राम्रँे र रोचक हुन्छ । कुरो त्यही थियो, त्यो नेपाल भन्नेलाई खाडलबाहिर निकाल्न सकिएन । केही सानातिना बाधा-व्यवधान थिए, प्राविधिकजस्ता । प्राविधिकभन्दा ठीक हुन्छ, त्यो शब्द प्रयोगले स्थिति स्पष्ट हु“दैन । प्राविधिक शब्द प्रयोग गर्नाले गाडीको कुनै अज्ञात नटबोल्ट खुस्केर ‘एक्सिडेन्ट’ भएजस्तो ध्वनि आउ“छ । त नेपाल प्राविधिक कारणले खाडलमै रात बिताउन बाध्य भयो ।
अर्को दिन पनि त्यही बाध्यता भयो । मात्र के भयो भने, त्यो क्षेत्रलाई अति संवेदनशील घोषित गरयिो । एउटा आयोग पनि गठन गरयिो । देशका शर्ीष्ाक नेताहरू चिन्तामग्न भए । दलहरूका विज्ञप्ति आए । नेपाललाई खाडलबाट निकाल्न गरएिको जनआन्दोलनको उपलब्धि आदिआदि निकै भव्य वक्तव्यहरू । सरकारले त्यहा“ त्यो खाडललाई र्घर्ेन सुरक्षाबल तैनाथ गर्यो । आर्मीलाई पनि उच्च र्सतर्कतामा राखियो । पत्रकार र अन्य सञ्चार माध्यमकाहरूलाई सुरक्षा घेराभन्दा भित्र जान दिइएन । पछि त्यो पनि विरोधको विषय बन्यो ।
विदेशबाट अनुदानहरू ओइरएि । प्रधानमन्त्री सहायता कोषमा रकम जम्मा गर्ने अभियान थालियो र रकम थियो कि ओइररिहेको छ । दलहरूले भन्न थाले- नेपाललाई जिउ“दो सहिद घोषित गरयिोस् ।
सुरक्षाबल बडो मुस्तैद थियो र सुरक्षाबलको घेरा अत्यन्त कडा थियो । सायद उसलाई बाहिर निकाल्ने उपक्रम चलिरहेको छ होला । आभास यस्तो आइरहेको थियो- केही भइरहेको छ, अत्यन्त महत्त्वपर्ूण्ा । नेताहरूको, मन्त्रिपरष्िाद्को, बैठक बसिरहेको छ । नागरकि समाजको धर्ना, पर््रदर्शन, जुलुस, हडताल, बन्द चलिरहेको छ । विभिन्न किसिमका नारा लेखिएका पोस्टर, पर्चा र पम्पलेट र प्लेकार्ड, तूल बोकेको, भालाबर्छर्ााभा“टा, लौरा र तरबारले सजिएका उत्तेजित भीड सडकमा छ । टायर बालिएका छन् । लुटपाट चलिरहेको छ । भागाभाग छ । कोलाहल मच्चिएको छ । दनदनी आगो बलिरहेछ । बलात्कार छ । प्रशासन मूक छ ।
“नेपाल मधेसे हो ।”
“नेपाल तर्राई हो ।”
“नेपाल लिम्बूवान हो ।”
“नेपाल खम्बुवान हो ।”
“नेपाल थारूवान हो ।”
“नेपाल तमुवान हो ।”
“नेपाल नेवाः गणतन्त्र हो ।”
“नेपाल चुरेभावर हो ।”
“नेपाल अरू केके हो ।”
“नेपाल नेपाल हो -“
रुवाबासी र मारामार चल्दै नै छ । हाहाकार छ । खाडलबारे अझै पनि निक्र्योल भएको छैन । खाडल कायमै छ ।
खाडलबाट बेलाबेलामा चिच्याएको, च्याट्टएिको वा सास नपुगेको आवाज आइरहेको छ, “ए को छ बाहिर त्यहा“ – मलाई यो अ“ध्यारो खाडलबाट बाहिर निकाल ।” बाहिर दिन होस् वा रात खाडलभित्र त अ“ध्यारो नै रहने रहेछ । पहिले अलि टाठो गरी आउने स्वर अहिले निर्धो भएको छ तर अन्तिमपटक बाहिर सुनिने गरी आइरहेको छ, “मलाई यो अ“ध्यारो खाडलबाट बाहिर निकाल ।”
पछि त्यो पनि सुस्त हु“दै गयो तर लामोलामो अन्तरालमा एउटा शिथिल र कमजोर आवाज आइरह्यो, “मलाई यो खाडलबाट निकाल …।”
(स्रोत : नेपाल साप्ताहिक अंक २८१)