~प्रेम ओली~
र्र्मििमरेले खेदेर तिमीलाई
सन्ध्याले फर्काइ ल्याउछ
मरेर जाने जिन्दगी
कस्को गुरु ब्याउछ
आफु त साथी
हिँङ नभए पनि
हिङ बानेको टालोको दम छ
भन तिमी भन्दा म के कम छ ।
तिमीलाई फुर्सद छैन होला
कमाउन धनका पुला
आफु त बाह्रै मास
एउटा हातमा तास छ
अर्को हातमा रम छ
यसरी नै जम छ
यसरी नै रम छ
भन तिमी भन्दा म के कम छ ।
अमेरीका जाउ वा अफ्रीका
उद्योग चलाउ वा पत्रिका
तिमीलाई धन
जति कमाए पनि कम छ
न खान फुर्सद छ
न लाउन फुर्सद छ
तिमीलाई त
यो जुनी पनि कम छ
करोड कमाए पछि
अरबौ कमाउने मन छ
त्यसैले
तिमो चैनमा खाली अमन छ
अफु त सधै
यसरी नै जम छ
यसरी नै रम छ
भन तिमी भन्दा म के कम छ ।
हो तिमीसंग
कारहरु होलान
हारहरु होलान
तर मृत्युको अगाडी
यसको के दम छ
तिमीलाई जस्तो मलाई
न धन न बिर्ता छ
न शोक न सुर्ता छ
न चिन्ता न गम छ
अफु त बाह्रै महिना
यसरी नै रम छ
यसरी नै जम छ
बिश्वास छैन भने
यसमा तिमीलाई भ्रम छ
भन तिमी भन्दा म के कम छ ।
(स्रोत : श्री रुपरेखा)
