~सार्थक सिम्खडा~
नाङगै आयौ नाङगै गयौ
रुँदै आयौ रुवाएर गयौ
छाडेर आकृति नजरमा
आँखामा आसुँ दिलाएर गयौ
न रुँदै गयौ न हाँस्दै गयौ
देखिन मैले खै कसरी गयौ
छाडेर स्मृति केबल सम्झनामा
मुटुमा काँडा बस बिझाएर गयौ
आज तिम्रो जन्म दिन
म भित्र सदैब जन्मिरहोस्
जूनी जूनी यि आत्मा भित्र
आत्मिक बनेर नै बाँचीरहोस्
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)