~चण्डी सुवेदी~
एकादेशमा एउटा जंगल थियो। जंगलमा एउटा पोखरी पनि थियो रे। त्यो पोखरीमा एउटा कछुवा थियो। त्यो कछुवा एकदम बोलक्कड थियो रे। जहिले पनि क्याउं क्याउं नगरी बस्नै सक्दैन थियो रे।
एकदिन कुरा हो टाढाबाट दुईवटा पानीहाँस पानी खान त्यो पोखरीमा आए रे।
अनि त्यो गफाडी कछुवा त त्यो पानी खाइराखेका हाँस भएको ठाउँमा गयो रे। र अनि भन्यो।
“ हेलो साथीहरू , आज कस्तो राम्रो दिन हगि ?” – कछुवाले भन्यो।
“ अ.… हामी तिमीलाई चिन्दैनौ नि ,यो पोखरीमा पनि कहिल्यै देखेका थिएनौ नि , किन बोल्न आएको “ – पानी हाँसहरुले भने।
“ म यो पोखरीमा बस्ने कछुवा हो के , साथी बनौ न “ – कछुवाले भन्यो।
अनि ति पानी हाँस र कछुवा साथी बने , र सँगै खेल्ने, खानेकुरा खोजेर खाने गर्न थाले।
*** *** ***
समय बित्दै गयो , अचानक त्यो वर्ष त्यो जंगलमा खडेरी पर्यो। पानीका पोखरी सुक्न थाले , रुख बुट्यान , अनि जीव जन्तुहरू पनि पनि र खानेकुराको अभावमा भकाभक मर्न थाले।
अनि ती पानीहाँसका जोडीले सल्लाह गर्न लागे।
“ अब यो जंगलमा बसेर बाँच्न सकिंदैन होला , अर्को कुनै जगलमा जाऊ “ – पानीहाँसहरुले निर्णय गरे।
“ तर हामी यो पोखरी छोड्नु भन्दा पहिले हाम्रो साथी कछुवालाई बाई भनेर आउँ न “ – पानीहाँसहरुले सल्लाह गरेर कछुवाको घर गए।
“साथी कछुवा , तिमीलाई थाहा नै छ यो पोखरी जंगल सबै सुक्यो , हामी त बस्न सक्ने भएनौ , त्यसैले भोलि हामी उडेर अर्को अर्को जंगल जाँदै छौ , तिमीलाई बाई भन्न आएको हामी त “ – पानीहाँसहरूले भने “
“ यस्तो दुःख पर्दा आफ्नो साथीलाई विर्सेर जाने तिमीहरू कस्तो साथी हौ हँ “ – कछुवाले रूदै भन्यो।
“ हो तिमीलाई पनि सँगै लैजाउन चाहन्छौ तर के गर्ने तिमी त उड्नै सक्दैनौ नि “ – पानीहाँसहरूले भने ।
“ तर मसँग एउटा आइडिया छ नि “ – कछुवाले भन्यो।
“ एउटा स्टिक खोजेर ल्याऊ , म मुखले च्यापेर तिमीहरूसँगै उडेर जान सक्छु नि “ – कछुवाले भन्यो।
पानीहाँसहरूलाई कछुवाको आइडिया ठीक लग्यो र एउटा बलियो सटिक खोजेर ल्याए।
“ ल कछुवा भाई , तिमी लट्ठीको बीचमा मुखले च्याप , हामी छेउछेउमा च्यापेर तिमीलाई ऊ पल्लो गाउँको पोखरीमा पुराइदिन्छौ नि “ – पानीहाँसहरूले कछुवालाई भने।
कछुवाले त्यसै गर्यो र चित्रमा झैँ पानीहाँसहरूले कछुवालाई दुवैतिरबाट च्यापेर आकाशमा उडाएर पल्लो गाउँसम्म लैजादै थिए।
उड्दा उड्दै वीचमा एउटा मान्छेको वस्ती आयो र एउटा पार्क पनि पनि आयो। त्यहाँ केही केटाकेटी खेलेर बसेका थिए।
उनिहरुले आकाशमा पानीहाँसहरूले कछुवा बोकेको देखेर हाँस्दै भने -” हेरे त त्यो कछुवा अरुको बुई चढेर उडेको “
आफ्नो बारेमा केटाकेटीहरूले केहि भनेको देखेर त्यो कछुवालाई आकाशबाट केही भन्न मन लाग्यो।
तर जब ऊ बोल्यो , लट्ठीबाट फुस्कियो र जमीनमा बज्रियो र कछुवाको कवच पनि फुट्यो र ऐया ऐया भन्दै त्यही
मर्यो नि।
धेरै बोलेर आफ्नो साथीलाई गुमाउन पर्दा पानीहाँसहरू निकै दु:खी भए र रोए।
शिक्षा : अनावश्यक रुपमा धेरै बोल्यो भने दु :ख पाइन्छ।
भन्नेलाई फूलको माला सुन्नेलाई सुनको माला यो कथा वैकुण्ठ जाला , भन्ने बेलामा तुरुन्तै आइजाला।