~भाउपन्थी~
“नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । कस्तो हुँदो रहेछ नयाँ नेपाल भनेर हेर्न उसले बोलायो ।
“कति दिऊँ, नयाँ नेपाल ?”
सोधाइले उसलाई शंका पनि लाग्यो कि कतै यो नयाँ नेपाल भन्नु उसको थेगो त थिएन ।
“ए दाइ, यो थेगो हो भने बिक्री गर्ने मालझैँ किन चिच्याएर हिँडिरहेको ? देशलाई पनि बदामझैँ बेच्न पाइन्छ ?”
बदाम बेच्ने मान्छे अलि हतारमा थियो जस्तो लाग्यो । बिहान बोहोनी भएको थिएन सायद । “हेर्नूस् महोदय, म कुनै नेता होइन, देश बेच्दै हिँड्ने ! तपाइर्ंबाट यस्तो आरोप आउनु ठीक होइन । म त अझ त्यस्तो नेता पनि होइन, यता नयाँ नेपाल बनाउँछु भन्ने उता पुरानै नेपाल पनि गायब पारििदने । …अच्छा भन्नूस्, कति लिने हो ?”
उसलाई लाग्यो कि बदाम बेच्ने बिहानैदेखि रसिाएको छ । किन र कससँग भन्ने स्पष्ट भएन । उसलाई फकाउनु पनि थिएन । “हैन, बिहानबिहानै सरकारी रेडियोले नयाँ नेपाल नयाँ नेपाल भनेर फुकेझैँ …!”
उसको कुरा काटेर बदाम बेच्नेले भन्यो, “त्यो माल बिकाउने बाटो नि ! यसमा हानि पनि के छ र ? बिहानै ओछ्यानमा नयाँ नेपाल भनेर सुनिन पाइने पनि भो । अझ धन्यवाद दिनूस् । यसरी बिहानबिहानै … । अबेरसम्म सुतेर नयाँ नेपाल आउने पनि त होइन ?”
“अबेरसम्म नसुतेर के गर्ने ?” यसपल्ट उसले अलि टाँठिएर भन्यो, “लोडसेडिङ् छ त । राजमार्गहरू जाम छन् । कतै जान पाउनु छैन । मुलुकै ठप्प छ । उठेर पनि गर्ने के ? साह्रै नयाँ नेपाल बनाएर पनि अटाइनअटाई होला, म त केही बुझ्दिनँ । म त यो पनि बुझ्न सकिनँ, तपाईं नयाँ नेपाल भने पनि पुरानो नेपाल भने पनि डालोमा हालेर किन बेच्न लाग्नु भएको छ ?”
उसले गम्भीर भएर भन्यो, “अबको नेपाल नयाँ नेपाल भने पनि पुरानो नेपाल भने पनि डालोमा अटाउनेजति बाँकी हुने भो । मान्छे सब विदेश, सीमा अतिक्रमणले खुम्चिएको खम्चियै छ, आ-आफ्ना भाग भाँतीभाँतीका जातीय क्लेमले चुँडिने हो कि, जानु कतै छैन, बन्द र राजमार्ग जामले मान्छे निसासिएका छन् । मुलुकको ढुकुटीजति सबै नेता र पार्टीका केके पाल्दैमा झ्वाम ! …” पूरै प्रतिपक्षमा बसेर असफल भएपछि बदाम बेच्न निस्केजस्तो पो देखियो ।
उसले बीचैमा रोक्यो । यो कुरा त सधैँ देखिएकै छ, नयाँ नेपालको कुरो उठेदेखि । उसले यो पनि भन्न सक्थ्यो, जनताले सहर र जंगलका नेताहरूलाई यसरी लुछाचुँडीमा डुबाउन आन्दोलन गरेका होइनन् । तर, अहिले कसको कसले सुन्छ ? डालोबाट एउटा बदामको दाना झिकेर फोरी हेर्यो, “बदाम ओसिएको रहेछ । कतै नयाँ नेपाल भनेर आकर्षक नारा दिने तर कामचाहिँ यस्तैयस्तै बेस्वादिलो ओसिएको बदामजस्तो त भइरहेको छैन ।”
“यो त देश चलाउन बिहान ५ बजेदेखि राती ८ बजेसम्म खट्ने र पाकेको आँप कहिले खस्ला र खाउँला भन्ने नेताहरूलाई सोध्नुपर्छ । यो बदाम बेच्नेले त के जानोस् । तैपनि, जिभ्रोमा झुन्ड्याइदिएका छन् नयाँ नेपाल । नुन नभएको खल्लो तरकारीजस्तो भई न रहेछ । जताततै काटमार छ । आज के हुने हो भोलि के हुने हो भन्ने त्रासैत्रास छ । पुँजीको नाममा यी अब यति थोरै बदाम छ । जहान केटाकेटी पाल्नैपर्यो । भनेपछि निराश मान्छेको बदाम ओसियो भने के गजब भो र त ?”
उसले वरपिर िहेरेर फेर िचिच्यायो, “नयाँ नेपाल ! नयाँ नेपाल !!” मानौँ हराएको नयाँ नेपाल ऊ खोजिरहेको छ र त्यसरी डाक्दै हिँडिरहेको छ । डाँको सुनेर कतै मोडबाट फुत्त नयाँ नेपाल निस्कने पो हो कि ? नयाँ नेपाल हराएको सूचना पनि सुनिएको होइन, कतै ट्याक्सीमा छुटेकाले फर्काइदिएमा पुरस्कारसहित धन्यवाद टक्र्याउने थिएँ भनेर फुकेको पनि होइन ।
होइन, उसले सोच्यो, बिहानबिहानै यो म के सोचिरहेको छु ?
“भाइ यो नयाँ नेपाल सस्तो भो, यसरी नकराउन म भन्छु । कसो होला ?”
“अच्छा, म बदाम बेच्नेले यस्तो भनेको असह्य भयो होइन ? ती नेताहरूलाई भन्न सक्नुहुन्छ यस्तो ? तिनले दिनदिनै नयाँ नेपालको भाँडो देखाएर भुँडी भरेको, मोटाएको र खाने दाँत र देखाउने दाँत गरेको विषयमा केही भन्न सक्नुहुन्छ ?” उसले मुखले यी कुरा नभने पनि आँखाले व्यक्त गर्यो ।
जवाफ थिएन । नेतामन्त्रीहरूका बीच को पुग्न सक्थ्यो । सरकारी सुरक्षा गार्डले नभएर गुरल्िलाहरू अंगरक्ष्ाक राखेका थिए । केको युद्ध हो कोनि लडेर आएका थिए । डर थियो । कुरा उनीहरूलाई सुनाए पनि हेर्नु शून्यतिर पथ्र्यो । सोझै आँखा मिलाएर बोल्ने कम थिए । जो प्रजातान्त्रिक हुँ भन्ने उनीहरू काम गर्दैनथे । समस्या सिर्जेर कुनामा लुकाउँथे । उसलाई आफ्नो घरको चलनको सम्झना भयो, फोहोर घुर्यान नमिल्काएर ढोकाको पछाडि लुकाउने ।
उसले डालो उचालेर टाउकोमा राख्न खोज्दै थियो । “नलिने ?” निराश भयो ऊ र सोध्यो ।
“एक माना नयाँ नेपाल राखी त हेर्नूस् । बिहानैदेखि चिच्याइरहेछु, लिने कोही भेटिएन । मानिसहरूलाई के भयो ? मुलुकैलाई के भयो ? सब बन्दमा परेका राजमार्गका यात्रुजस्ता भए । सबै बेखर्ची । गन्तव्यमा पुग्न नपाएर बिचल्लीमा परेका ।”
“लिन त लिन हुन्थ्यो तर नयाँ नेपाल भनेर के गर्ने, ओसियो । अब यसमा त्यो मज्जा छैन, बासी भयो ।”
“बिहानको टाइम हो, सस्तै लगाइदिउँला ।”
होइन, के भन्न खोज्छ यो ? नयाँ नेपाल सस्तियो भनेर ?
बिहान भए पनि मानिसहरूको ओहोरदोहोर सुरु भइसकेको थियो ।
‘भयो, नयाँ नेपाल नलिऊँ होला’ भन्न खोजेको त थियो तर कताकता नयाँ नेपालमा आकर्षणको अनुगुञ्ज बाँकी थियो । गरबिीले चुसेर लखतरान परेको तर खानलाउन र पोषण पाए योग्य बन्ने युवामा जस्तो भित्री सार देखिएको लाग्यो । रूप र सारमा भिन्नता आयो ।
“यो त्यस्तो होइन के, बाहिरी रूप एउटा भित्री सार अर्को,” उसले माल बिकाउन अन्तिम तर्क गर्यो ।
“लिने मन त थियो तर तपाईंको यो नयाँ नेपाल …।”
उसले डालो टाउकोमा राख्यो, “यथास्थितिवादी हुनहुँदोरहेछ ।” यति भनेर हिँड्यो ।
“नयाँ नेपाल, नयाँ नेपाल !” आवाज घन्कियो । तर, डाँको ठूलो भएर के गर्नु उसको माल चित्त बुझ्दो थिएन अझ धम्काएर पनि गयो, यथास्थितिवादी भनेर । भन्न त ऊ यस्तो पनि भन्न सक्थ्यो, यो सब साम्राज्यवादीहरूको प्रभाव हो । कसो बदाममुनिबाट पेस्तोल झिकेर भनेन, “लिने भए लेऊ यो नयाँ नेपाल ओसिएको छ वा बासी छ, त्यसको छिनोफानो गर्ने म हुँ ।”
हट् ! नयाँ नेपालमा त्यस्तो पनि कसरी हुन सक्ला भनेर ऊ अरू कामतिर लाग्यो ।