~आर. आर. चौलागाईं~
म गणेश हुन सकिनँ कुमार भएर सुमेरू घुमिरहेछु
म कृष्ण हुन सकिनँ उद्धव भएर नैतिकता जोगाइरहेछु
मलाई कुनै पश्चाताप छैन कुनै आत्मग्लानि छैन
म कौरव हुन सकिनँ पाण्डव भएर बनवास भोगिरहेछु ।
१५ माघ २०६६
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क २, फेब्रुअरी २०१०)