~लेनिन बञ्जाडे~
‘यिनै हुन्, हाल् यिन्लाई…..’
अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के भो…..’ होटलवाला साहुजी अक्कनबक्क सोध्दैथिए । त्यतिबेलासम्म यामानका भिनाजु र यत्रैको फिष्टे (म) नीलो भ्यानको टिकट लिइसकेथ्यौं । सानामा सुन्थें र डराउँथे( ‘पुलिसले लैजाला, चूप लाग् …..।’
ऐले त लगिसक्यो कम्ब्याटवालाले ।
‘घर काँ हो तेरो ?’
त्यति ठाडो स्वरको सामना गरेको थिइन मैले । बुवाआमाले गाली गर्दा( अर्कै अर्कै हुन्थ्यो, पीर लाग्दैनथ्यो (लागे रुन्थें) । यतिबेला त बाआमाभन्दा पनि भयङ्कर हजुरबाहरुले प्रश्न सोधिरहेछन् ।
‘दाङ्’
‘अर्घाखाँची’
पहिलो स्वर मेरो थियो, दोस्रो भिनाजुको । यामानका भए पनि भिनाजु मभन्दा बढी काँपिरहेथे ।
‘दा……ऽ….ङ’
एकतारे कम्ब्याटवाला यसरी बोल्यो, मानौ दाङसँग उसको पुख्र्यौली दुश्मनी छ – कताकता हेपेजस्तो, कताकता घिनाएजस्तो । सम्झें- रोल्पा वा रुकुम भनेको भए ?! (आबुईऽ…….)
‘के गर्न आइस् ?’
-बढाइचढाइ छैन (यस्तै बोल्थ्यो कम्ब्याटवाला हामीसँग)
कताकता हीनताबोध हुन्थ्यो- दङाली हुनुमा ।
(तैपनि मेरो दाङ नै मलाई प्यारो छ काठमाडौंमा)
‘पढ्न’
सुस्तरी बोलें । (बोलें कि बोलिन( त्यो पनि थाहा पाइन)
‘दाङमा पढ्ने ठाउँ छैन ?’
(हेपिरह्यो दङालीलाई)
मुन्टो हल्लाएँ (छ)
‘किन आइस् त ह्याँ ?’
‘पढ्न…..’
त्यसपछि चुप ।
(धन्न नाम सोधेन । सोधेको भए त्यहीं किलोशेरा टु हुन्थ्यो)
‘तँ किन आइस् ?’
भिनाजुलाई तँ भनेर बोलाएपछि अनौठो कम्पन छुट्यो मनमा ।
(भिनाजु अलि जंगी छन्( जंगिएरै बोले)
‘घुम्न नि, अरु के…..’
एकतारे कम्ब्याटवालाले हात चलाएको देखिन- हातको असर भिनाजुको ओठबाट चोयो- रातो रातो ।
-एकमन सोंचे (त्यसको हातबाट दुईनाले तानेर बजाइदिउँ ड्याम्म । सोंचेको मात्रै)
‘बढ्ता बोल्छस् ? अब हेर्दै जा के हुन्छ ….’
धम्की दियो एकतारेले । धम्कीसँगै मेरो मन पनि मंसिर ८ जस्तै पड्किन थाल्यो भित्रभित्रै- ड्याम…..ड्याम…….ड्याम ।
(राम्रो बोल्न सक्दैनन् यिनीहरु ? राम्रो बोल्दा इगो त जान्न नि !)
सोच्नुभन्दा अरु केही गर्न सक्दिन ।
‘सवारी कस्तो हुन्छ, बुझ्याछैनस् ? हिरो बन्न खोज्ने तँलाई ?’
(हिरो बन्न खोज्यो को ? म ? ए भिनाजुलाई भन्यो शायद)
भिनाजुको ओठबाट रगत चुहिरहेकै थियो । भिनाजुले मलाई, मैले भिनाजुलाई, कसैले कसैलाई हेरेनौं, लाजले
एकतारले अघिदेखि मलाई घुरिरहेथ्यो । अर्घाखाँची भनेकोले हुनसक्छ भिनाजुलाई उति केयर गरेन उसले । म हुँ- दाङको । दाङको नाम सुन्दा अर्कै गर्छन् एकतारे, दुईतारे, डबल क्रसवालाहरु ।
गाडी थापाथली, त्रिपुरेश्वर, टेकु ओहोरदोहोर गरिरह्यो । वाकिटकीमा के के कुराकानी हुन्छ, हामी पत्तो पाउँदैनौ । एकतारेले भनेको बुझ्छौं- दुईजनालाई पक्रेका छौं, उतै (कालिमाटी पोष्ट) मा गएर थाहा हुन्छ ….।
(त्यसपछि मेरो अनुहार हेर्नलायकको हुँदैन)
‘सवारीको बेला गोली ठोक्ने आदेश हुन्छ थाहा छ तिमेरुलाई ?’
‘अहँ’
(दायाँवायाँ मुन्टो हल्लाउँछौं हामीहरु)
जीवनमा पहिलोपल्ट त्यसरी लज्जाबोध गरिरहेथ्यौं हामीहरु । सवारी सुनेका थियौं( देखेका थिएनौं । आज देख्यौं( राजाको सवारी यस्तो हुन्छ । नीलो गाडी, त्रिपुरेश्वर, टेकु, कालीमाटी, फेरि टेकु, थापाथली…. । राजाको सवारी नीलो गाडीबाट मज्जाले देख्यौं( कालै न कालो, पसिनै पसिना, खडेरी लागेको ओठ ……..। यस्तै……यस्तै……..।
-राजाको सवारीमा परेवा पनि उड्न पाउँदैन( बुझेको यही हो)
एकतारे बोलिरह्यो-‘आज तिमेरुको बिहे देखाउँछौं, कालीमाटी त पुग्न देओ’
(कालीमाटीमा प्रहरी चौकी छ( एकतारेहरुको प्याउटे कालीमाटी)
(उनीहरुले जे सोध्छन्( त्यही उत्तर दिनुपर्छ, अरु बोल्नलाई त मन्त्रालयबाट सिफारिस लिएर आउनुपर्छ)
भिनाजु घोप्टे मुन्टो लगाएर तल हेरिरहेछन्, म यताउति हेर्छु( थापाथलीमै घुमाइरहेछ नीलो गाडीले ।
(सवारीमा जनताले यत्तिको सास्ती भोग्नुपर्छ( आजै बुझ्यौं)
(हामीले चिया खाइरहेको होटलबाट हामीलाई गाडीमा हालेको देख्नेहरुको अनुहारमा कुनै किसिमको ग्लानी छैन, ङिच्च हाँसिरहेथे उनीहरु । सायद उनीहरुले पनि सवारी बुझिसकेका हुनुपर्छ । हामी त दङाली र अर्घाखाँचेली….. कहाँबाट सवारी बुझ्नु हामीले ?)
एकघण्टाको ‘पेटूोलिङ’ पछि सुनिरहेको कालीमाटी पु¥यायो नीलो गाडीले । भिनाजु र मेरो कठालो समातेर ओराल्यो हवल्दारले । त्यसरी बलजफ्ती हुत्याइनु मेरो लागि पहिलो थियो, सायद भिनाजुका लागि पनि ।
खुकुरी क्रसवालाले भित्र सोधपुछ शुरु ग¥यो ।
‘नाम के हो ?’
‘लेनिन बञ्जाडे’
नाम सुनेर एकमन मलाई पढ्यो क्रसवालाले ।
‘घर कहाँ हो ?’
‘दाङ’
उनै क्वेस्चनहरु यहाँपनि ।
‘लक्ष्मण के.सी.’
‘अर्घाखाँची’
‘घुम्न’
‘सवारी थाहा छ कस्तो हुन्छ ?’
क्रसवाला अलि नम्र भएको महसुस भयो हामीलाई ।
‘आज देख्यौं’
‘हाम्रो जागिरको सवाल हुन्छ यस्तोबेलामा, थाहा नभएको भए किन हिंडेको ?’
‘हामी हिंडेका थिएनौं, होटलमा चिया खाइरहेका थियौं । हिड्नेहरु त अरु हुन्, उहाँहरुले हामीलाई त्यत्तिकै उठाउनुभएको हो ।’
क्रसवाला नम्र भएको फाइदा उठाएँ मैले र औंला देखाएँ एकतारेतिर ।
(सोचें( रोल्पा, रुकुमतिर पनि यस्तै हुन्थ्यो होला, किलोशेरा टु, रोमियो…..)
‘परिचयपत्र छ ?’
‘नेपाल पत्रकार महासंघ, जिल्ला शाखा दाङ’
(फेरि हे¥यो क्रसवालाले नपत्याएरै)
‘अबदेखि सवारीमा ख्याल गर्नुहोला..’
(तपाइँमा उक्लियो क्रसवाला, मनैमन खुशी लाग्यो)
‘अब त जीवनभर ख्याल गर्छु सवारीको’ भनेको सुन्यो, सुनेन- हामी निस्क्यौं बाहिर । भिनाजु लाजले भुतुक्क थिए अझैसम्म ।
डिसेम्बर १९, २००५
bagar_mylife@yahoo.com
(स्रोत : Nepalipost)