~रारा नेपाल~
तिमी पच्यौ कतै, म पचें कतै
जहाँ पचे पनि हाम्रो दुर्गन्ध मिल्दोरहेछ
जनवाद ल्याउने ल73यथ्यो हाम्रो
तर त्यो भन्दा लाग्यो संसद हो राम्रो
जनयुद्ध सम्झी रोइराछु मैले
आँखा रोएनी भित्र मन खुशी छ अहिले
तिमी फस्यौ कतै, म फसे कतै
जहाँ फसे पनि हाम्रो फसाई मिल्दोरहेछ…
तिमी पच्यौं….
अमेरिका, भारत दुश्मनथे पहिले
पर्यौं लम्पसार देउतै हुन अहिले
मार्क्सदेखि माओ थोत्रा भए सब
पार्टीकै नाम बदल्छौं अब
तिमी झुक्यौं कतै, म झुके कतै
जता झुके पनि हाम्रो झुकाई मिल्दोरहेछ
तिमी पच्यौ कतै….
(प्रचन्डले झलनाथ खनालसँग एकान्त कुनामा गाउन मिल्ने गीत)
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २९ – २०६७ जेष्ठ २६ गते, बुधबार )