~दानबहादुर थापा~
आगोको झल्को हो युद्धको निशानी
त्यही आगो सल्केर ए दुष्ट तिमीलाई
पार्ने छ खरानी
सत्यको मार्ग देखाई हिंड्ने
ज्वारभाटासँग लडाई खेल्ने
बिउझाउँदै गाउँ बस्ती विद्रोहको छाल
आउनेछ नाच्दै क्राीन्तको फाल
आगोको झल्को……..
त्यही आगो……..
मृत्युको बाटो सगर्ब रोज्ने
मुक्तिको लागि नथाकी लड्ने
क्रान्तिलाई जीवन उत्सर्ग गर्ने
संकल्प हाम्रो संसार जित्ने
आगोको झल्को……..
त्यही आगो……..
रचना/संगीत : दानबहादुर थापा
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २० – २०६६ चैत्र १८ गते )