गजल : भेट्न छिट्टै आउनु

~पदम भण्डारी~Padam Bhandari

पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनु
मैले ठूलो भुल गरेछु, मेट्न छिट्टै आउनु

अप्ठेरोमा सहयोग गर्नु, लाई स्वार्थ ठान्यौ
यहि हो मौका सोझोपन ल-पेट्न छिट्टै आउनु

सोझो रुखलाई सबैभन्दा, पहिले काट्छ मान्छे
अचानोमा राख्छु घाँटी, रेट्न छिट्टै आउनु

साँचो कुरा भन्दा आरोप, ला’को हुन्छ भने
सिस्नो पानी लाएर ल-खेट्न छिट्टै आउनु

काँध थाप्न नसके नी, मुखले राम राम भन्दै
भिर खोज्ने गोरु हुँ घ-चेट्न छिट्टै आउनु

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.