~पदम भण्डारी~
अंगालोमा बेर्छे खुसी, मेरै लागि साँचेको जस्तो
सेल्फि खिच्दा थुतुनो पार्छे, स्थानीय च्वाँचेको जस्तो
फूलजस्तो रुप भए नि, तिखो काँडा जस्तो बानी
चरा बसेर फूलको डाली, टुक्रा टुक्रा भाँचेको जस्तो
चालामाला ठीक छैन उसको, रंगिन यो दुनियामा
क्षणिक लाभ र स्वादमा रम्दै, हारेको कर्म जाँचेको जस्तो
सपनाबाट ब्युँझिई भने, जीबनबाटै हराउँछे
दुनियाँका सामु नाटक गर्छे, सुख र खुसीले नाँचेको जस्तो
लगानी गर्न ईच्छुक छौ कोहि, मेडिकल माफियाहरु
लौ न नेपालमै खोल मानसिक, अस्पताल राँचिको जस्तो
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )