~जीवन्त रुकु~
मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन
कति खोजें माया यहाँ तर कतै पाउदै पाईन
देउता मान्दै बार बार पुकारा मैले गरिरहें
जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें
जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन
मनै भित्र पीडा लुकाई कहीं कतै केहि खोलिन ।।
उसको रच्ने दुनिया यो मैले के नै गर्न सक्छु
सबै चिज उसकै हातमा म त के नै भन्न सक्छु
रोए पनि नदेख्ने एस्तो लीला पनि भयो
बार बार चिच्याई रहें नसुने झैं गरि रह्यो
थाकी सकें म त अब रुन पनि सक्दिन म
बोल्ने शब्द कतै छैन केहि पनि भन्दिन म ।।
जीवन्त रुकु 2010-6-20
(स्रोत : रचनाकारको ब्लगबाट सभार)