संस्मरण : फ्रयांकर्फटको ट्राम

~यज्ञश~Yagyash

फ्रयांकर्फटको सपिङ एरनिामा मलाई छाडेर कुमार पन्तजी हिँडे। ‘के-के किन्ने हो किन्नूस्, सकिएपछि मलाई फोन गर्नूस्, म लिन आउँछु’ भनेर उनी मिटिङका लागि गए। मेरा अगाडि अब प|mयांकर्फटको ठूलो सपिङ एरयिा थियो, जसमा अनेकथरी लुगाफाटा, गहना र सौन्दर्य प्रसाधनका सामग्री भरएिका थिए। यसकै एउटा छेउमा थियो, पुस्तक पसल।

पुस्तक पसलमा केही बेर घुमेपछि मलाई बाँकी सपिङ एरयिा पनि घुम्न मन लाग्यो। हातमा किताबको एउटा पोलिथिन झोला बोकेर सपिङ मलहरूका क्षेत्र दुई घन्टाजतिमा घुमेर सकेँ। मेरो मोबाइलमा युरोपभर िचल्ने लाइका मोबाइलको सिम थियो। स्वीट्जरल्यान्ड र जर्मनीतिर लाग्नुअघि पेरसिको एयरपोर्टमै यो सिम लिएको थिएँ। मैले कुमारजीलाई फोन गरेँ। जर्मनीमा होटल व्यवसायमा जमेका कुमार एनआरएनका महासचिव पनि हुन्। फरारी, अउडी र जगुवारजस्ता गाडीको सोरुम नजिकैको उनको होटल गोथेमा म दुई दिनदेखि बसिरहेको थिएँ, इटालीको रोम जाने पर्खाइमा।

फोन गर्दा थाहा भयो, उनको पूर्वनिर्धारति कार्यक्रम तलमाथि भएछ। उनी सहरको अर्को छेउमा पुगेछन्, त्यस कारण उनी मलाई लिन आउन नसक्ने भए। म आफैँ होटलसम्म जानुपर्ने भयो।

यो ठाउँको नजिकैबाट एउटा ट्राम होटलनजिकै पुग्ने रहेछ। कुमारले नै मलाई फोनमा बताए। म ट्राम चढ्ने स्टप खोज्न हिँडेँ। स्टेसनमा मैले चढ्नुपर्ने १४ नम्बरको ट्राम आयो। टिकट नकाटी यसमा चढ्न पाइँदैन। हुन त यसमा कुनै खलासी वा टिकट चेक गर्ने टिटी हुँदैन तर कुनै संयोगवश बिनाटिकट यात्रा गरेको भेटिएमा सोझै जेल पुगिन्छ भन्ने मलाई साथीहरूले बताइसकेका थिए।

मैले टिकट काट्नु नै पथ्र्यो। मेरो संकट यसैबाट सुरु भयो। टिकट काट्ने कसरी? टिकट काट्नका लागि स्टेसनमा राखिएको इलेक्टि्रक डब्बामा जर्मनीको भाषा मात्रै छ। म फिट्टी यो बुझ्दिनँ। एकपटक चढ्नका लागि कति पैसा चाहिन्छ, त्यो टिकट कसरी लिने मलाई थाहा छैन। प|mान्समा ददि सापकोटा र म्युनिखमा शरण केसीले मेरा लागि यो काम गरििदएका थिए। यहाँ कुमारजी छुटेकाले मलाई यो लफडा आइलागेको थियो।

यो ट्राम स्टप सुनसान थियो। सडकमा त बस, ट्राम र कारहरू कुदिरहेका थिए तर फुटपाथमा एउटा चरोमुसो थिएन। १५ मिनेटसम्म पर्खिंदा पनि कुनै पैदलयात्री यो बाटोमा आएन। न यहाँ आएर रोकिने ट्रामबाटै कोही ओर्लियो। अंग्रेजी नै बोलेर भए पनि इसारामा कुनै जर्मनलाई टिकट काट्ने आइडिया सोध्ने मेरो यो जना यसै खेर गयो। कुमारजीलाई नै सोध्ने विचार गरेर फोन गरेँ। तर, पाँच-पाँच युरो गरेर रचिार्ज गररिहेको यो लाइकामा पैसा सकिएछ। पेरसिमा लिएको सिम भएकाले जर्मनीमा यसमा थप रोमिङसमेत लाग्थ्यो। रचिार्ज गर्नका लागि वरपिर िकुनै पसल थिएन। पसल भएको भए म टिकट काट्ने तरकिा पनि यसैलाई सोध्ने थिएँ। मेरो बिजोग भयो।

१० मिनेटजति पर्खिएपछि परबाट हातमा केही सामान झुन्ड्याएको एउटा मानिस आउँदै गरेको देखियो। मान्छे त आयो तर के यसले अंग्रेजी बुभmला? वा, कतै हामीले सुन्ने गरएिजस्तै यो पनि कुनै ‘एरोगेन्ट’ गोरा होला, एउटा एसियनको मद्दत गर्नु जसको कुनै रुचिको कुरा नहोला? यो मानिस नजिकै आयो। म यसको अगाडि गएँ। ऊ रोकियो। मैले टिकट काट्ने बक्स देखाएर यसलाई अंग्रेजी भाषामा हातको इसाराले थप्दै आफूलाई टिकट काट्नु परेको बताएँ। यो मानिसले मलाई वाल्ल परेर एकछिन हेर्‍यो। यसको अनुहारमा कुनै प्रतिक्रिया थिएन। न केही बोल्छ, न केही बुझेझैँ गर्छ। यसले केही बुझेन भन्ने मलाई पक्का भइसकेको थियो। यत्तिकैमा यसले असजिलो गरी एउटा शब्द बोल्यो- इङ्सिल?

लौ गोराले कुरो बुझेछ ! मैले हो, हो इङ्लिस भनेँ। उसले टिकट बक्सको स्त्रिmनमा तलपट्टएिको एउटा बटन थिच्यो। अघिसम्म डच भाषामा भएको स्त्रिmनमा अब सबै सूचना र नक्सा अंग्रेजी भाषामा थिए। मैले उसलाई धन्यवाद भनेँ र उसले थिचेको बटनमा हेरेँ। त्यहाँ भाषाको अपसन रहेछ। यसमा जर्मन, अंग्रेजी, प्रे mन्च र स्पेनी भाषाको सुविधा रहेछ। जुन चाहियो, त्यो भाषाका लागि ती भाषा चल्ने देशको झन्डालाई संकेतका रूपमा राखिएको रहेछ। उसले त्यहाँ बेलायतको झन्डा थिचेको थियो।

स्त्रिmनमा अंग्रेजी देखेपछि मेरो साहस पनि फर्केर आयो। भयो के भने एकपटक ट्राम चढ्नका लागि २ युरो ६० सेन्ट चाहिन्थ्यो, ढ्याकमा। यो मेसिनले नोट लिँदैनथ्यो। मैले जति खोजबिन गरे पनि मेरो साथमा २ युरो १० सेन्टभन्दा बढी ढ्याक भेटिएन। ढ्याक साट्नका लागि वरपिर िपसल थिएनन्। कुनै उपाय थिएन। अब के गर्ने? भाषामा त सहयोग मागियो, पैसै माग्न त मिलेन ! मागौँ भने पनि कोही भए पो माग्नु !

एउटा जुक्ति फुर्‍यो। ट्रामको लिकको छेवैछेउ अर्को स्टपसम्म हिँडेर जाने र केही किन्नका लागि पसल खोज्ने। हातमा किताबको झोला झुन्ड्याउँदै म १० मिनेटजति हिँडेर अर्को स्टप पुगेँ। यो स्टपमा टन्नै मानिस थिए। स्टेसनको दाहिनेपट्ट िपसलहरू पनि थिए। त्यसमा एउटा पुस्तक पसल पनि थियो। तर, यो पसलमा खासै अंग्रेजी किताब थिएनन्, न पत्रिका नै। जर्मन भाषाको किताब किनेर के गर्नु ! अलि घोरएिर हेरेपछि भित्रपट्ट िएउटा सानो कुनामा ‘इङ्लिस’ लेखेको देखियो। यो सेक्सनमा केही पुराना अंग्रेजी भाषाका किताब थिए। मैले थोमस हार्डीको एउटा किताब किनेँ र पाँच युरोको नोट साटेँ। पसलेले मलाई चाहिनेजति ढ्याक दियो। म फेर िफर्किएर स्टपमा आएँ। अब टिकट काट्न कुनै समस्या थिएन। मसँग ढ्याक पनि थियो र स्त्रिmनमा अंग्रेजी भाषा पनि थियो।

टिकट काटेर छेउमा उभिएको मात्रै थिएँ, १४ नम्बरको ट्राम हुँइकिएर आयो। मेरै अगाडि यसको ढोका खुल्यो। केही मानिस उत्रिए, केही चढे। हातमा टिकट लिएर म पनि चढिहालेँ, ट्राम चलिहाल्यो। भित्र बस्ने सिट थिएन तर समाएर उभिने ठाउँ प्रशस्त थियो। एकछिन उभिएपछि मेरो मनमा चिसो पस्यो- ट्राम त चढियो तर के यो सही दिशामा गइरहेको छ? मलाई पश्चिम जानुपर्ने थियो, के यो पनि त्यतै गइरहेको छ? एउटै नम्बरको ट्राम आउने/जाने गररिहन्छन्। म आउनेमा चढेँ कि जानेमा? कसरी पत्ता लगाउने?

म बीचमा उभिएको थिएँ। ट्रामको माथिपट्ट िछानोमा नक्सा टाँसिएको थियो। त्यसमा यो रुटका स्टपहरूलाई गोलो लगाएर राखिएको थियो। यसको समस्या के थियो भने यसमा पनि नाम डचमै लेखिएको थियो। भाषा नबुझे पनि चित्रबाट दिशा पत्ता लगाउन सकिन्छ कि भनेर घोरइिरहेको थिएँ, मलाई एउटा आवाजले प्रश्न गर्‍यो- ‘कहाँ जाना है?’ लौ, प|mयांकर्फटमा हिन्दी? म एकछिन छक्क परेँ। यसो हेर्छु, म जहाँ उभिएर नक्सा हेररिहेको छु, त्यो सिटमुनि एक भारतीय बसिरहेको रहेछ। यसले मलाई भारतीय ठान्यो वा यतै कुनै क्षेत्रको ठान्यो, सोझै हिन्दीमा सोध्यो। म यसलाई के जवाफ दिउ“m? मलाई आफू जाने ठाउँको जर्मन नाम पनि भन्न आउँदैन। मलाई खालि यो थाहा छ, म झर्ने ठाउँनेर फरारी गाडीको ठूलो सोरुम छ।

मैले यो मानिसलाई जवाफ दिन आवश्यक ठानिनँ। किनभने, यदि म ठीक दिशामा चढेको हुँ भने केही बेरमा फरारी सोरुम आइहाल्छ, म देखिहाल्छु। यदि होइन भने यसलाई बताए पनि त्यो आउँदैन। उत्तर दिनुको सट्टा म अर्को साइडमा आएर उभिएँ। त्यहाँ अर्की एसियन महिला थिइन्। तिनले मसँग अंग्रेजीमा कुरा गरनि्। यिनले त्यो मानिसले मलाई हिन्दीमा सोधेको सुनेकी रहिछन्। यिनी कश्मीरकी थिइन्। उनीहरूको परविार नै जर्मनीमा थियो, धेरै वर्षदेखि। यिनले चाहिँ फरारी सोरुम आउनै लागेको बताएर मेरो हतासालाई शान्त बनाइदिइन्।

केही बेरमा अगाडिका दुई खुट्टा हावामा उछालेर हिनहिनाइरहेको घोडाजस्तो लाग्ने ठूलो मूर्ति देखियो। यो फरारी गाडीको लोगो थियो। म फरारी सोरुममा आइपुगेको थिएँ। र, यो ट्रामको ट्रउमाबाट मुक्त भएको थिएँ ।

प्रकाशित: फाल्गुन १०, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.