गीत : एक युग भयो

~भिमदर्शन रोका~Bhim Darshan Rokka

एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु साथी ! म हिँडिरहेछु
आरम्भ छाडि अन्तदेखि वेखबर !
एक युग भयो . . .

सधैँ विहान हिँड्न थाल्दछु म
सधैँ सांझ ताराहरु बाल्दछु म
सधैँ दिनको एकै अन्त देख्दा
किन हो किन लाग्दछ डर ?
एक युग भयो . . .

जहाँ-जहाँ वास बस्दै जान्छु
ती सबलाई आफ्नै घर ठान्दछु म
फर्कु यदि भोलि यही बाटो
गाह्रो पर्ला मलाई चिन्न मेरै घर !
एक युग भयो . . .

****

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.