निरस हरेक आँशुले सिंचित कथाहरु
कल्पिएँ उदासी पढेर लिखित कथाहरु
वियोग अघिका अनेक भरोसा आपसमा
वियोग घडीमा प्रत्येक बिनित कथाहरु
तोडेर आफ्नैले आफ्नैको अटल विश्वास नै
सिर्जिए दुनियाँको लागि पीडित कथाहरु
आफ्नैको तोडेर विश्वास कसैले अब फेरि
नथप्नु सडेका कथामा जिवित कथाहरु
चाहन्थेँ सबैको जीवन समेट्ने कुरा गरुँ
घाइते म कहेँ पिडाका सिमित कथाहरु
13- 03- 2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )