~रेम राना~
गणतन्त्र, राष्ट्रियता र शान्तिको पक्षमा तथा संघीयताको विरूद्धमा राजमोले देशव्यापी जनअभियानको घोषणा गरेको थियो। रक्तिम अभियानले पनि बुटवलमा मंसिर १५ देखि पौष १ सम्म राष्ट्रिय प्रशिक्षण र भेला सम्पन्न गरी ०६७ पौष देखि ०६८ असोजसम्म वार्षिक कार्यतालिका तय गरेको थियो। जसमा पौष १० देखि माघ १० सम्म राष्ट्रिय सांस्कृतिक जागरण अभियान घोषणा गरी राजमोको कार्यक्रम प्रति ऐक्यबद्धता जनाउँदै २ टोली निर्माण गरेको थियो। २ टोलीमध्ये दोस्रो टोली ०६७/९/१० गते कपिलवस्तु ४ नं. पुग्यो। स्थानीय साथीहरू तैयारीमा जुटिरहनु भएको थियो। दिनको २ बजेबाट मुक्तिराम न्यौपानेको अध्यक्षतामाशुरू भएको कार्यक्रमको उद्घाटन सभासद् तथा राजमो उपाध्यक्ष रश्मिराज नेपालीले गर्नुभएको थियो। चौराहामा एक साइटको गाडी रोकेर कार्यक्रम शुरू भयो, नजिकै ठूलो गेट बनाएर कपिलवस्तु महोत्सवमा चर्कास्वरमा माइक बजिरहेका थिए।
महोत्सवका कलाकारहरू माया प्रेमका चर्का गीतहरू गाइरहेका थिए “झम परेली नझम्क्याऊ मायालु मुसुक्क हाँसेर,” नजिक आउनुस हामीलाई माया गर्नुस ताली बजाउनुस बजाउनुस तालीमा भ्याट लाग्दैन भनेर चिच्चाईरहेका थिए। हामी भने “देश जान थाल्यो टुक्रा टुक्रा परेर,” “रातो लालटिन” “के हेछौ युवा” राष्ट्रियता खतरामा पर्दैछ, धमिलो पानीमा माछ मार्न दुनियाँ दाउ खेल्दैछ जस्ता गीतहरूमा खुल्ला सडकमा नाँचिरहेका थियौं। बैचारिक भिन्नता बोकेका दुई कलाकारबीचको उक्त माइकको दोहोरीपछि, कपिलवस्तुका साथीहरूलाई विदाईका हातहरू हल्लाउँदै बुटवल तिर फक्यर्ौं। बुटवल राजमो कार्यालय हाम्रो घर थियो। त्यहाँ बसोबास गर्ने कार्यालय इन्चार्ज लिलानाथ कुशुम हामी सबैको अभिभावक। आफ्नै घर समान खाना खायौं आराम गर्यौं। ११ गते बुटवलमा कार्यक्रम थियो। कार्यकर्ताहरूको विहानैदेखि चहलपहल बढेर गएको थियो। १२ बजेदेखि बुटवलबजारमा विशाल जुलुश प्रदर्शन भयो। पौष ११ को दिन माओ–त्सेतुङको जन्म दिवस पनि थियो। ट्राफिकचोकमा कार्यक्रम गर्ने योजना थियो तर माओवादीको त्यही स्थानमा कार्यक्रम भएको हुँदा पुष्पलाल चोकमा कार्यक्रम शुरू भयो। बद्रे आलमजीको अध्यक्षतामा शुरू भएको कार्यक्रममा रश्मिराज नेपाली र हरि आचार्य लगायत दर्र्जनौं विभिन्न मोर्चाका प्रतिनिधिहरूले विचार राखेका थिए। रक्तिम परिवारले माओ–त्सेतुङको जन्म दिवस भएकोले “रातो लालटिन”को अपेरा नृत्यबाट कार्यक्रमको शुरूआत गरेका थियौं। उक्त कार्यक्रममा जीवन शर्माको पनि उपस्थिति रहेको थियो। वहाँले प्रस्तुत गरेको गीत आकासमा बादल छैन र सिमली छायाँको गीतले छुट्टै रौनक प्रदान गरेको थियो। पौष १२ गते बुटवल कार्यालयबाट विहान ६ बजेको सिरेटोमा पाल्पा जिल्लाको गेंजातिर प्रस्थान गर्यौं। पाल्पाको बर्तुड्डमा धनरूपा, सोम कार्की, विद्या दर्लामी आएर बस्नु भएको थियो, नास्तास्वरूप धनरूपाजीले त्यहाँको प्रचलित परिकार, बारा (बटुक) किन्नुभयो।
गाडीमा खाँदै गंेजा १० बजे पुग्यौं, केही छिन सुस्ताएर साथीहरूले पिकनिक खाए जस्तै चौपारीको नजिक भान्सा तयारी गर्नुभएको थियो। खानाखाएपछि कार्यक्रम स्थल गंेजा भानुमाविको प्रांगणमा पुग्यौं। कार्यक्रम शुरू हुनुभन्दा अगाडि त्यहाँका शिक्षक शिक्षिकाहरूलाई भेट्यौं। एकजना हाम्रा पुराना शुभचिन्तक सर लिला गाहा हुनुहुन्थ्यो। वहाँसँग धेरैबेर कुरा गरेर वहाँले विविधकारणले न्यूटल बसेको कुरा गर्नुभयो, मैले भने तपाई शिक्षत मान्छे यसरी बस्नु उपयुक्त हुँदैन। व्यक्ति विशेषको कुरा भन्दा पनि सिद्धान्त र राजनीतिको आधारमा नै पार्टीको मूल्यांकन गर्नुपर्छ भनेपछि तपाईहरू यस्तै कार्यक्रम लिएर आउनुस् तपाईहरूको साथ मै छु भन्ने आसयका भाव व्यक्त गर्नुभयो। त्यहाँ पनि गाउँले शिक्षक, विद्यार्थीको ठूलो जमघट थियो, कार्यक्रम समापन गर्दा झमक्क साँझ परिसकेको थियो, नास्ता खाइवरी पाल्पाली साथीहरूलाई विदाईका हात हल्लाउँदै स्याङ्जा वालिङतिर प्रस्थान गर्यौं। जब गाडी अगाडि बढ्यो। त्यहाँको कार्यक्रमको दृश्य आँखाको वरिपरि नाँच्न थाल्यो, एउटा सम्झना लायक दृश्य थियो। जब हामी कलाकारहरू कार्यक्रम प्रस्तुत गथ्यौं। एक जना बुढा बाबा जोस्सीएर चहुरमा भल्याङ मार्नु हुन्थ्यो। शरीरभरी धुलैधुलो लिएर अनि गम्भीर भएर कुर्सीमा बस्नु हुन्थ्यो। मध्यपान गरे जस्तो पनि लाग्थेन। वहाँको जोश सम्भि्कंदा मनमा झनै जोश पैदा हुन्थ्यो। म त्यही सम्भि्कएर भावनामा हराउन पुग्थें। अधेरी रात गाडी अगाडि गुडीरहेको थियो। कच्चीबाटो घद्रयाकघुद्रुक गर्दै, काली गन्डकीको सुस्साहटसँग गाडीको आवाज मिस्सिइरहेको थियो। जब गाडी पिच बाटोमा आई पुग्यो कलाकार बहिनी विद्या दर्लामी र पाल्पा राजमो अध्यक्ष सोम कार्कीलाई त्यही छोडी हामी वालिङ भकुन्डेतिर अगाडि बढ्यौं। गाडी आफ्नो रफ्तारले अगाडि बढिरहेको थियो। गाडीको प्रकाशले अगाडिको पिचबाटो मात्र देखिन्थ्यो। प्राकृतिक सौन्दर्यताको अनुभूति गर्न सक्ने अवस्था थिएन। सबै साथीहरू चुपचाप थिए, म पनि झमिक्क निदाउन पुगेछु। त्यही बेलामा गोजीमा राखिएको मोबाइलको घण्टी बज्यो, निदैमा उठाए, वालिङबाट राजमो सचिव कृष्ण पौडेलले फोन गर्नु भएको रहेछ। कहाँ आई पुग्नु भयो? त्यही बेला एउटा मोडमा एउटा ठूलो बोर्डमा लेखिएको रहेछ हुलास कर्कट पाटा कहाँ आउनु भो भन्ने उत्तरमा झट्ट उत्तर दिए हुलास आई पुग्यौं। ड्राइभर ओम श्रेष्ठले भन्नुभयो–हैन यो त करादी खोला हो। एक फेर हाँसोको फोहोरा उठ्यो, पछि जानकारी गराए।
केही छिन पछि वालिङ भकुन्डे पुग्यौं साकार गेष्ट हाउसमा बस्यौं। भोलिपल्ट १३ पौष विहानै पर्वत जिल्लाको हुलासतिर प्रस्थान गर्यौं। कच्ची बाटो भीर पहरा छिचोल्दै गाडी अगाडि बढ्यो। कलाकार बहिनीहरू डराएर घोप्टो परिरहेका थिए। त्यही बेला डुम्रे भञ्ज्याङ आउन भन्दा अगाडि गाडीको २/३ वटा पट्टा भाँचियो। गाडीलाई त्यही छोडी पैदल यात्रा शुरू गर्यौं। प्रकृतिको सुन्दरतम दृश्य, कृषकहरूको खेतैभरी हरिया तरकारी खेती, हरिया गहुँका बोट साना तिना खोला छाँगाहरू अत्यन्तै मनोरम दृश्यहरू थिए। त्यही रमणीय दृश्यमाथि सेतासेता चुन ढुंगा निकालिरहेका मजदुरहरूलाई भेट्यौं। हाम्रो एकजना कलाकार भाई केशव शर्मा माग्ने बुढोको नक्कल गर्न सिपालु थिए। उनले सेतो ढुंगाको थुप्रोलाई देखाउँदै यो ढुंगोको थुप्रो अस्ती मात्रै मैले निकालेको हो भनेर मजाक गरिहेका थिए। ती मजदुर साथी पनि हाँसी रहेका थिए। मोटर बाटो छोडेर सटकट बाटो झर्दा कही ओरालो पनि थियो। जब ओरालो बाटो हिंड्नु पर्थ्यो हाम्रो कलाकार अनिता महतरालाई अलि अप्ठ्यारो हुन्थ्यो। किनभने उनी इन्डिया हैदराबादतिर जन्मिएकी हुर्किएकी थिइन। नेपाल आएपछि पनि उनी दाङ देउखुरीको तराई फाँटमा थिइन। त्यसैले ओरालो उनको लागि खतराको गोरेटो पनि थियो। उनी एकचोटी लोटिन पनि। उनलाई हात समाएर साथ दिने कालीकोटको डाँडामा हुर्किएकी सर्मिला शाही उनको साहारको पात्रा थिइन। करिब एक डेढ घण्टाको पैदल यात्रापछि हामीले छोडेको हाम्रो गाडी पनि आई पुग्यो। गाडी चढ्यौं। ९ बजेभित्र पुग्ने ल73य थियो ११ बजे मात्र पुग्यौं। त्यो स्थान पर्वतको हुवास थियो, होटलमा खाना खाइसकेपछि कार्यक्रमको तयारीमा जुट्यौं। पौष १३ को दिन थियो। हुवास बजारको हातेमालो मेन चोकमा बजेबाटै कार्यक्रको शुरू शुरूआत गर्यौं। टेकबहादुर आलेको अध्यक्षतामा शुरू भएको सभामा प्रमुख वक्ता शंकर बरालले सम्बोधन गर्नुभएको थियो। एक जना पैयूँ क्याम्पसका प्राध्यापक एकनारायण भूसालले भन्नुभयो, “कम्युनिस्टहरू यति विशाल हृदयका हुने रहेछन् भन्ने कुरा बल्ल बुझे। राजमोले ल्याएको संघीयता विरोधी आन्दोलनलाई मेरो हृदयदेखि समर्थन छ। उनको यो भनाई अन्तर्हृदयबाट प्रस्फुटन भएको थियो। जनताहरू रक्तिमको कार्यक्रमबाट उत्साहित थिए। सहगोगका रासीहरू मञ्चमा उद्घोषकलाई ट्क्राउँदै भैलोमा दान दिए जस्तो ढोगेर फर्कन्थे। यस प्रकारको हार्दिकता हामीलाई प्राप्त भैरहेको थियो। कार्यक्रम आम जनसमुदाय र सुरक्षाकर्मीहरूले पनि निकै गम्भीरतापूर्वक सुनिरहेका थिए। कार्यक्रममा एउटा घटना घट्यो त्यहाँ जेनेरेटर बिग्रियो। जनताहरू आत्तिए, जेनेरेटर भएको ठाउँमा आएर एकजना दर्शकले भन्नुभयो– केही लाग्यो होला उठाउनुपर्छ। वहाँले धामी झाँक्रीको कुरा गर्नुभयो। बसेकाहरू मुसुमुसु हाँसे। समाधानको उपाय त्यो त थिएन, तुरून्तै अर्को जेनेरेटर खोजेर ल्याउनु भो कार्यक्रम भव्य र शानदार रूपमा सम्पन्न भयो। टेकबहादुर आलेजीको भाई खलकहरूको एउटा बस्ती नै रहेछ। त्यो लाहुरेहरूको बस्ती रहेछ। साँझ त्यही बस्तीमा खाना खायांै, सबै घरघरै बाँडिएर सुत्यौं। म र पाल्पा राजमो अध्यक्ष सोम कार्की, टेकबहादुरका भाई, छक्कबहादुर आलेको घरमा सुत्यौं।
विहान उठेर चिया नास्ता गरी सबै साथीहरू टेकबहादुर आले जीको घरमा जम्माभई स्याङ्जा तिर प्रस्थान गर्यौं। त्यो दिन स्याङ्जाको भकुन्डे सत्कार होटलमा खानाखाई ११।३० मा स्याङ्जा बजार पुग्यौं। पौष १४ गते जुलुशले बजार परिक्रमा गरी पुतली बजारनगरपालिका स्याङ्जा चोकमा राजेन्द्र गैरेको अध्यक्षतामा सभा शुरू भयो, कार्यक्रमा रक्तिम अभियानको सांस्कृतिक प्रस्तुतिको बीचमा शंकर बराल र सभासद् रश्मिराज नेपाली र अन्य जनवर्गीय मोर्चाका केन्द्रीय अतिथिले सम्बोधन गरेका थिए। यसरी ३/४ घण्टाको कार्यक्रमपछि स्याङ्जाली साथीहरूलाई विदाईका हात हल्लाउँदै, कास्कीको पोखरातिर प्रस्तान गर्यौं। झमक्क रात परिसकेको थियो। निस्पट्ट अधेरी रातमा भालु पहाडको खोंच हुँदै हाम्रो गाडी जुनकिरी झै ज्योतिबाली अन्धकारमा लम्की रहेको थियो। करिब ३ घण्टाको यात्रा पछि पोखराको गन्डकी हस्पिटल नजिक जनप्रिय होटलमा पुग्यौं। खाना खाई आराम गर्यौं। १५ पौष को दिन ल्होसार पर्व। रामघाट बौद्ध गुफा नजिक गुरूङ, गुरूसेनीहरू आफ्नो भेषमा सजिएर बाटैभरी छापिएका थिए। गुराँसको डालीमा फुल सजिए जस्तै जनजातिहरूको भेषले बाटो सजिएको थियो। बजार सजिएको थियो हामी पनि घुम्न जाऔं भनेर आफ्नो गाडी लिएर बौद्धस्तुप डाँडातिर लाग्यौं। बाटोमा गुल्मीका बैनीहरूलाई गुल्मीबाट फोन आएको थियो। हामीले बुझ्ने कुरा भएन जब बौद्ध स्तुपको फेंदीमा गाडी बिसाउने ठाउँमा पुग्यौं–गुल्मीकी बहिनी ओमकली रोइरहेकी थिइन। घर फोन गर्यौं। उताबाट पनि रोएर समाचार भनिरहेका थिए। राम्ररी बुझएन पछि थाहा भयो–ओमकली श्रीस बहिनीको मावली बजैको देहावसनको खबर रहेछ। उनलाई सम्झाउने प्रयत्न गर्यौं। धेरैबेरपछि उनी गाडीबाट उत्रिन र बौद्ध स्तुप डाँडामा गइयो। सम्पूर्ण पोखराको दृश्य , धौलागिरी, माछापुच्छे्र र अन्नपूर्णको हिम श्रृंखलाहरू तल फेवातालका मनामोहक दृश्य अत्यन्तै रमणीय थिए। त्यो दृश्यले दुखेको मनलाई बहलाउन मलाम पट्टीको काम गर्यो। त्यो रमाइलो दृश्य हेरेपछि पातले छाँगा हेर्यौं। अनि हामी बसेको होटेलमा फक्यर्ौं। खाना खाइवरी कार्यक्रमस्थल चिप्ले ढुंगातिर प्रस्तान गर्यौं। चिप्लेढुंगा चौराहमा एक साइट गाडी रोकेर कार्यक्रम शुरू गर्यौं। मदन मुरारीको अध्यक्षतामा शुरू भएको सभामा प्रमुख अतिथि सन्तबहादुर नेपाली हुनुहुन्थ्यो। त्यो सभामा संघीयता विरोधी अभियान मञ्चका सचिवालय सदस्य हिमलाल पराजुलीले भन्नुभयो संसारका पर्यटकहरू नेपालको हिम श्रृंखला, फेवाताल हेर्न पोखरा आउँछन्, तर यहाँका जनताले कसरी यो प्राकृतिक सौन्दर्यताको अनुभूति गर्न सक्छन्? संविधान निर्माताहरू एक आपसमा कुर्चीको हानथाप गर्दा संविधानको चौपारी भत्किएको संज्ञा दिनुभयो। यस्ता स्वार्थी मानसिकता भत्काउनु सम्पूर्ण देशभक्त उठ्नु पर्ने बेला आएको कुरा प्रस्टाउनु भयो। यसरी ३/४ घण्टासम्म चलेको कार्यक्रम अत्यन्तै रोचक भएको थियो। कार्यक्रम समापन पछि पोखरेली साथीहरू, जनताहरूलाई वाइवाईका हात हल्लाउँदै, तनहुँतिर लाग्यौं। वास स्थान व्यासनगरपालिका तनहुँको चिन्तुटार पुग्यौं। साँझ ९ बजिसकेको थियो।
सबै गाउँलेहरू मिलेर कुनै विवाहको भोजभतेर जस्तो खाना बनाएर बस्नुभएको थियो। हामी पनि केही छिन सुस्ताएर जन्ती जस्तै पिंढीमा लस्करै बस्यौं। रश्मीराज नेपाली, सन्तबहादुर नेपाली, शंकर बराल, दुलाहा खन्डका सम्धीहरू जस्ता अनुभूति गर्न पुगें। पहिले पनि हामी त्यो बस्तीमा गएको हुनाले हाम्रो लागि अत्यन्तै प्यारो बस्ती थियो। सबैको पारिवारिक न्यानो माया प्राप्त गरेका थियौं। खानाखाइसकेपछि आराम गर्यौं। भोलिपल्ट पौष १६ गते स्थानीय गाउँको स्कूलमा कार्यक्रम गर्यौं। खाना खाई दमौलीबजार आइपुग्यौं र ट्राफिकचोकमा दिनको १बजे बाट कार्यक्रम शुरू गर्यौं, सुरक्षाकर्मीसँग सल्लाहगरी सुरक्षाकर्मीका वीटलाई कलाकारको ड्रेसिङ रूम बनायौं, पुष्पलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम शुरू भयो। मौसम साह्रै चिसो थियो, फिसफिसे पानी पनि परिरहेको थियो। तर दर्शकहरू अटल भईबसी राख्नु भएकोले कुनै समस्या आएन। कार्यक्रम अत्यन्तै रोचक भयो। प्रमुख अतिथि सन्तबहादुर नेपाली र विशिष्ट अतिथि रश्मिराज नेपाली हुनुहुन्थ्यो। रक्तिमको सांस्कृतिक प्रस्तुति पानीको प्रवाह नगरी कार्यक्रम सम्पन्न गरिएको थियो। त्यहाँ एक जना सुरक्षाकर्मीले तपाईहरूको कार्यक्रम सफल रहोस् भनेर हामीलाई शुभकामना पत्र पनि दिएका थिए।
कार्यक्रम सम्पन्न गरेर बासस्थानको लागि नवलपरासीको कावासोतीतिर प्रस्थान गर्यौं। राती करिब ९ बजेतिर उक्त स्थानमा पुग्यौं। त्यहाँ चन्द्र सापकोटा, दिपेन्द्र चौधरी खाना बनाएर राख्नुभएको रहेछ। मौसम साह्रै चिसो थियो, सामान्य पानी पनि परिरहेको थियो–खाना खायौं र आराम गर्यौं। पौष १ गते कौसदी थानाको नजिक जुलुश सहित बजार परिक्रमा गर्यौं। थाना नजिक ग्राउन्डमा जनसभाको सुरूआत भयो। स्टेज सहित सजिएको ठूलो टेण्टभित्र सजिएको एउटा मञ्च थियो, सायद हाम्रो अभियानको सबैभन्दा व्यवस्थित मञ्च थियो। त्यो मञ्चमा सजिएको फ्लेसवोड व्यानर “गणतन्त्र, राष्ट्रियता र शान्तिको पक्षमा तथा संघीयताको विरूद्ध जनअभियान भन्ने” राजमोको व्यानर सजिएको थियो। टाढाटाढाबाट ५/६ वटा बस पनि झन्डा सहित सोभायमान भएको थिए। उत्तम खरेलको अध्यक्षतामा शुरू भएको सभामा प्रमुख अतिथि सन्तबहादुर नेपाली, राजमो महासचिव तथा सभासद् हुनुहुन्थ्यो। सांस्कृतिक कार्यक्रम सहित अतिथिहरूको वक्तव्यको साथमा सभा भव्य र शानदार रूपमा सुसम्पन्न भयो।
कार्यक्रम समापन हुनसाथ सामान्य चियानास्ता गरी हामी चितवन जिल्लाको बकुलर भन्ने स्थानमा पुग्यौं। उक्त स्थानमा नयाँ रिसोर्ट सेन्टर स्थापना भएको रहेछ। त्यहाँको निर्माण व्यवस्थापक संघीयताको विरोध गर्ने आवाजमा सामेल भएका अभिभावक हुनुहुँदोरहेछ। खाना साह्रै व्यवस्थित, ठूलो भोज र पार्टी सेमीरनारको जस्तो बफ सिस्टम थियो। खाना खाइसकेपछि सम्बन्धित साथीहरूसँग विदाईका हात मिलाउँदै, बकुलरटोलीका हाम्रो शुभचिन्तकहरूको घरमा बाँडिएर सुत्यौं। भोलिपल्ट पौष १८ गते चितवन टाँडीबजारमा व्यस्त सडकको किनारमा, डम्बरपुरीको अध्यक्षतामा सभा शुरू भयो। सभामा अन्य स्थानहरूमा भन्दा बढी बयोबृद्ध नेता, कार्यकर्ताहरूको जमघट थियो। करिब ४ घण्टाको सांगीतिक सभापछि बाँसको लागि हाम्रो रक्तिम अभियानका पुराना अभिभावक भैरव रेग्मीको घर ल73मीनगर पुग्यौं। हामी सबै कलाकारहरूले आफ्नै घर ठान्यौं। त्यही प्रकारको माया र सहानुभूति पनि पायौं। रेग्मीजीको कोठामा बसेर कार्यक्रमको समीक्षा, आफ्ना जीवनका अनुभव साटासाट र परिचयका साथमा रेग्मीजीले क्लास पनि चलाउनुभयो। १९ गतेका दिन कार्यक्रमको सेडुल थिएन, कार्यक्रम गर्ने कि आराम गर्ने? ठूलो छलफल भयो, अपरझट् कार्यक्रमको व्यवस्थापन गर्न नसकेपछि गैडाकोट विमल शर्माजीको घरमा आराम गर्ने, सरसफाई गर्ने र चितवनको सौराह निकुञ्ज घुम्ने योजना बनायौं। सरसफाई र खाना खाएपछि आफ्नो गाडी लिएर सौराहतिर लाग्यौं। बजार पुगिसकेपछि पर्चा वितरण गर्यौं। बाद्यबादन लगेको भए कार्यक्रम पनि गर्न हुन्थ्यो भनेर चर्चा पनि गर्यौं। त्यो स्थान मेरो लागि अनभिज्ञको स्थान थियो। के के होला भन्दै कल्पना गर्दै गएको थिएँ। इन्डीयाको मैसर गार्डन, बेंलोरको लालपार्क, चन्डीगढको रक, एरोजे गार्डन, दिल्ली गेटका पार्कका कल्पना गरें। तर वास्तविकतामा पुग्दा फरक रहेछ , गाडी रिजर्भ गरेर जंगलको यात्रा गर्न पर्दोरहेछ। गाडी पनि उपलब्ध हुन सकेन। यदी प्राप्त गरेको भए पनि हामी १३/१४ जनाको लागि अत्यन्तै महंगो यात्रा रहेछ। केवल म्यूजियम र हात्तीखोर अवलोकन गर्यौं। जब म नदीको किनारमा पुगें त्यहाँ अमेरिकन दम्पतीहरू किताब पढेर बसिरहेका थिए। उनीहरू कुर्ची र टेवुलमा थिए। एकजना लामो घोप्टे जुंगा भएको करिब ५० वर्ष नाघेको गाइने दाजु आफ्नो कापेको स्वरमा सारंगी रेटेर गीत गाइरहेका थिए– “रेशम फिरिरि, उडेर जाउँकी डाँडामा भञ्ज्याङ रेशम फिरिरि , एकनाले बन्दुक दुईनाले बन्दुक चरीलाई तोकेको, चरीलाई मैले तोकेको होइन मायालाई डाकेको…।”
उनको कापेको स्वरभित्र म पनि भावुक भएर डुब्न खोजेछु। सम्पन्न वर्गका छोराहरू राजा महाराजहरू सौखिनको लागि बन्दुक पड्काउँदै मायालाई इसारा गरेका होलान्। तर हाम्रा वीर गोर्खाली बहादुरका छोरा र सन्तती नेपालको सौन्दर्य अनुभूति गर्न आएका विदेशीहरूको चरणमा भोको पेट लिएर आफ्नै देशका शरणार्थी जस्तै भएर भीक माग्दा मैले नेपाली स्वाभिमान गुमेको महशुस गर्न पुगें। सायद ती गाइने दाइको “उडिमा जाऊ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरि”को भावले सुख सयलको लागि डाँडा भञ्ज्याङ जान खोजेका होइनन्, गास, बास, कपासको लागि तडपिएर मर्नु र बाँच्नुको दोसाँधमा उभिएर उनी विरक्तीएर डाँडा भञ्ज्याङ पुग्न खोजेको आभास हुन्थ्यो भोको पेटको खातिर बाध्यताको कला प्रस्तुत गरिरहेका थिए। हामी २/३ घण्टाको यात्रा पछि फर्केर गैंडाकोटमा आयौं, साँझ कलकार बीच क्लासको आयोजना गर्यौं। सन्तबहादुर नेपालीजीले, नौलो जनवादबारे क्लास चलाउनु भयो। राती १० बजिसकेको थियो त्यसपछि हामीले आराम गर्यौं। भोलिपल्टै २० गते पर्सा जिल्लाको बर्निहारतिर प्रस्तान गर्यौं। जब हामी सिमरा बजार नाघेर बर्निहारको कच्चीबाटो लाग्यौं भेषभुषा, घरको बनावट, टाँगा देख्दा छुट्टै बस्तीको अनुभूति हुन्थ्यो। एउटा खोला काटेपछि बर्निहार बजार पुग्यौं। त्यहाँ थुप्रै बाग्लुड्डेको बसोबास रहेछ। सबै पाका पुराना दाजुभाईसँग भेटघाट भयो। केहीबेर सुस्ताएर खाना खायौं। केहीबेर पछि करिब २ बजिसकेको थियो कार्यक्रमको शुरूआत गर्यौं। पर्चा वितरण गर्यौं, एकजना महिलाले पर्चा पढ्दै भन्नुभयो यो त हाम्रै पार्टी रहेछ, बाग्लुङमा हामी यही पार्टीमा काम गथ्यर्ौं। यस्ता धेरै महिला पुरूषहरू थिए। नपत्याउने गरी केही छिनमै २/३ हजारको जनमानस जुट्यो, भर्खर बहुदल आउँदा गाउँगाउँमा गएर कार्यक्रम गरे जस्तै अनुभूति गर्न पुग्यौं त्यहाँ हामीले। त्यो बसाईको अनौपचारिक कार्यक्रम थियो। बीचमा सन्तबहादुर नेपालीले बोल्नु भएको थियो। कार्यक्रमको समापनपछि नेत्र पौडेलजीको घरमा अन्य साथीहरूको घरमा बाँडिएर बस्यौं।
भोलिपल्ट पौष २१ गते पर्सा जिल्लाको सदरमुकाम विरगन्जबजारमा पुग्यौं। घण्टाघरको फेदीमा टेण्टवालाले टेण्ट लगाउँदै थियो। आसपासका बजारहरू कानपुरको गल्लीजस्ता थिए। मञ्चको तयारी पछि अक्षयलाल शाहाको अध्यक्षतामा सभा शुरू भयो। २/३ जना बोलिसकेपछि तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम बोल्दै गर्दा फोरमका १०/१५ जना जत्था आईपुगे। एक जनाले बोलीरहेको माइक माग्दै भन्यो “बस करो बहुत होचुका है संघीयताका विरोध, संघीयता हमे चाहिये, संघीयता विरोधी मुर्दावाद” भन्दै नारा लगाउँदै सबै व्यानर निकालेर लगे छम्की तोडी दिए त्यो जत्था न्यू अलिल लजमा प्रवेश गर्यो। कही बेरमा सुरक्षाकर्मीहरू आइपुगे। सुरक्षाकर्मीहरूले लजमा छापामारे। हाम्रो नजर लज तिर थियो। आक्रमण गर्ने केही युवा लजको बाहिरको ट्वाइलेटमा पसे। भित्रबाट चुक्कल लाए। सुरक्षाकर्मीले टवाइलेटको केही खुल्ला भागबाट बन्दुकको नालले छिस्कीनी खोल्यो र ती फोरमका युवालाई निकाल्यो। गोरूलाई झैं पिट्दै भ्यानमा हालेर लग्यो। वातावरण केही शान्त भयो। हामीले माइक जोडी कार्यक्रमलाई पुनः निरन्तरता दिने काम गर्यौं। कार्यक्रममा सन्तबहादुर नेपाली, रश्मिराज नेपालीले निकै जोडका साथ आक्रोशपूर्ण शब्दबाट त्यस घृणित कार्यको भर्त्सना गर्नुभयो। हामो कलाकार केशव भाई विरामी थिए नाँच्न सक्दिन भन्दै थिए तर घटनाले उनी जोशले उफ्रीउफ्री नाँचेको दृश्य, दर्शकको घुइँचो बढेको दृश्य, व्यापकरूपमा स्थानीय कार्यकर्ताद्वारा पर्चा वितरण, भिडियो उतार्न अत्यन्तै जोशिला दृश्यहरू हेर्ने लायकका थिए। कार्यक्रम समापनपछि सुरक्षाकर्मीहरूले अगाडि पछाडि गाडीले सुरक्षा दिंदै पर्सा जिल्लाको वोर्डर सम्म गाडीले छोड्न ल्यायो। हामी बारा जिल्लाको सिमरा बजारको एउटा नयाँ निर्माणाधिन लजमा गएर बस्यौं। एउटा नजिकैको होटेलमा खानाखाई आराम गर्यौं।
भोलिपल्ट पौष २२ का दिन स्थानीय पत्रिकाहरूले पर्साको घटनाबारे छ्याप्पछ्याप्ती समाचार प्रकाशित गर्यो। त्यहाँको स्थानीय पत्रिका वाइपास दैनिकीले “जनमोर्चा निकट रक्तिम सांस्कृतिक मञ्चद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न,फोरम नेपालद्वारा कार्यक्रममा तोडफोड शीर्षकमा समाचार प्रकाशित गर्यो। उक्त समाचारमा तोडफोडमा संलग्न फोरम कार्यकर्ताहरू प्रहरीले आफ्नो नियन्त्रणमा लिएकाहरूमा नासीर खान, आमोद यादव, कृष्णनन्द पटेल, लडाई यादव रहेको कुरा लेखिएको थियो। उक्त दिन विहान घटनास्थलको नजिक सभासद् तथा राजमो उपाध्यक्ष रश्मिराज नेपाली, स्थानीय पर्सा जिल्ला समितिले पत्रकार सम्मेलनको आयोजना गरी घटनाको प्रतिवेदन सार्वजनिक गरि उक्त कार्यको घोर निन्दा र भर्त्सना गरेको थियो। उक्त घोषणा कुनै जातीय अधिनायकवाद, क्षेत्रीय साम्प्रदायिकताको विरूद्ध घोषणाको चुनौती नै थियो। उक्त दिन १ बजेबाट बारा जिल्लाको सिमरा बजारमा कार्यक्रम थालनी भयो। दिपकप्रसाद चौधरीको अध्यक्षतामा शुरू भएको कार्यक्रममा सन्तबहादुर नेपाली, रश्मिराज नेपाली , बद्रे आलम लगायत दर्जनौं मोर्चाका केन्द्रीय प्रतिनिधिहरू थिए। सिमरा हाट बजारको प्रतिक्षालय नजिक सभास्थल थियो। फोरमले झन्डा व्यानर लुटेपछि नयाँ निर्माण गरिएका झन्डा व्यानर, प्रतिक्षालय बजारका झाप्राहरूमा, रूखहरूमा लालीगुराँस फुले जस्तै राता झन्डाहरू फहराईएका थिए। टाढाटाढा टेक्टरबाट आएका दर्शकहरूको उपस्थिति थियो। सुरक्षाकर्मीहरू पनि त्यत्तिकै तैनाथ थिए। असुरक्षाको कुनै आभाष थिएन। कार्यक्रमका वक्ताहरू रक्तिमका सांस्कृतिक कार्यक्रमहरू धाराप्रवाहले अगाडि बढिरहेका थिए। तर कार्यक्रमको अन्त्यतिर आएर माइक बिग्रियो। हेन्ड माइकले कार्यक्रम गरेर टुंग्याउनु पर्यो। यसले विज्ञ प्राविधिहरूको सँगसँगै अभियानमा संलग्नताको आवश्यकताको महशुस गरायो। कार्यक्रम समापनपछि नास्ता खाइसकेपछि रौतहटको चन्द्रनिगाहापुर तिर प्रस्तान गर्यौं। रातीको ९ बजिसकेको थियो त्यहाँ पुग्दा। पूर्व ४ नं. टोली प्रमुख राजमोका उपाध्यक्ष वीरबहादुर गोलेजी आईपुग्नु भएको रहेछ। वहाँहरूले व्यवस्थापन गर्नु भएको एउटा लजमा बस्यौं। खानाखाई आराम गर्यौं।
भोलिपल्ट पौष २३ गते विस्तारामै पूर्वाञ्चल क्षेत्रको कार्यक्रमको घटनाबारे सोध्यौं। वहाँले वृत्तान्त बताउनु भयो। माइक बिग्रेको हुनाले नयाँ माइकको व्यवस्था गर्नुपर्ने भयो। साउन्ड सिस्टमवाला कहाँ पुग्यौं। उनले भने “मेरो सम्पूर्ण क्वालीटियुक्त साउन्ड सिस्टम लगेर चन्द्रनिगाहापुर थर्काउने गरेर सेट गरिदिन्छु। यहाँ भाडा ३ हजार लिने गरेको छु। तपाईहरू मेरो आफ्नै सहानुभूतिको मान्छे भएको हुँदा तपाई हरू जति दिएपनि म खुशी हुनेछु” भनेर हार्दिकता जाहेर गरे तर हाम्रो कार्यक्रम शुरू गर्ने बेलामा लाइन नहुने भएकोले बेट्रीबाट सानो माइक चलाउन पर्ने भयो सोही अनुरूप कुराकानी मिलाएर लजतिरै फक्यौं। खानाखाइवरी चन्द्रनिगाहापुरको चौतारामा एक साइटको गाडी रोकेर लखिन्द्रर शाहको अध्यक्षतामा सभा शुरू गर्यौं। त्यो हाम्रो अन्तिम कार्यक्रम भएकोले सबैमा जोश र उमंग प्रचुर मात्रामा थियो। दर्शकको उपस्थिति पनि व्यापक थियो। कार्यक्रमको अन्त्यतिर आइसकेका थियौं एकजना दर्शक औला ठड्याउँदै म बोल्छु भन्दै, रश्मिसर बोली राखेकोबेलामा सिधै मञ्चमा आउन कस्सिएर पाइला बढाउँदै थियो। म त्यो अन्तिम कार्यक्रमको उद्घोषक थिएँ। पर्साको घटना सम्झेर उसलाई मञ्चमा आउन नदिई तुरून्तै हातमा समातेर मञ्च भन्दा बाहिर लगे। दर्शकहरू झुम्मिरहेका थिए। तर उ अर्धपागल रहेछे“ त्यत्रो राजपरिवार मर्दा कसैले कुरा नउठाउने, मरेको कुरा उठाउनुपर्छ।” लल उठाउँला भन्दै थम्थमाएर म स्टेजतिर आएँ । फेरि अर्को मान्छे आएर म कविता भन्छु मलाई माइक दिनुस भनेर जिद्दी गर्यो। पख्नुस भनेर मैले रोकें। मैले भने कविता दिनुस त मैले हेर्छेु। उसले लेखेको छैन मुखाखर नै छ भन्यो। हुन्न लेख्नुस् भनेर मैले मेरो कापी र कलम टकारे। उसले छिटोछिटो लेख्न शुरू गर्यो।
“नेपाल प्यारो छ”
नेपाली आमा तिमीलाई सम्झन्छु बसेर
दुई छाक खान पसिना झार्छु कम्मरै कसेर
नेपाली माटो प्यारो छ मेरो यहि माटो प्यारो छ
नेपाली आमा काखमा तिम्रो राष्ट्रिय गाथा छ
देवकोटा, जनक, बुद्धमा जस्तै यही माटो जन्मेर
देशको लागि उन्नती गरौं कम्मरै कसेर…..
उसले आफ्नो नाम सुमन काफ्ले टाइटल “विश्वास” काफ्ले लेख्यो। कार्यक्रम सक्दा साँझ भईसकेको थियो। हामी कार्यक्रम सकेर पुनः बुटवल पुग्ने योजनामा थियौं। कार्यक्रम समापन भयो। कार्यक्रम सकेपछि पनि कविता भन्न आग्रह गरिरहेको थियो। पछि मलाई भन्यो साथी मलाई १० रूपैया दिनुस् त म जान्छु भन्यो। त्यो पनि अर्ध मानसिकतामा रहेछ। मैले भने हिंड्नुस सँगै चिया खाउ भनें। एक छिन पछि हेर्दा उ बाटो लागि सकेको थियो। यसरी हामी रौतहट चन्द्रनिगाहापुरको कार्यक्रम सकेर रौतहटका साथीहरूसँग विदा भई बुटवलतिर फक्यौं। २४ गते सबै साथीहरूलाई विदाई गर्यौं। पुन माघ १० गते दोस्रो टोलीको स्थानहरूमध्ये पाल्पा जिल्लाले अभियानको समापन समारोहको आयोजना गर्यो। कलाकारहरू पुनः उपस्थित हुनुपर्ने भएकोले केही कलाकार साथीहरू जुटेर माघ ९ गते पाल्पा पुग्यौं। केही तयारी गरेर स्थानीय कलाकारहरू राजु गुरूङ , ज्ञानु दर्लामी, विशाल दर्लामी, सिर्जना राना, सुमन बोहरा, नेत्र राना र म मिलेर कार्यक्रम सम्पन्न गर्यौं। बतासे डाँडा माघका जाडो हिउँ जस्तो चिसो सिरेटो चलिरहेको थियो। कालिका माविको प्रांगणमा एउटा सभाको शुरूआत भयो। राजमो अध्यक्ष पाल्पाका सोमकुमार कार्कीको अध्यक्षतामा सभा शुरू भयो।
प्रमुख अतिथि भरत भन्डारी, राजमो के.स. तथा किसानका अध्यक्ष हुनुहुन्थ्यो, स्कूल भएकोले शिक्षकशिक्षिका र विद्यार्थीको हुल थियो। टाढाटाढाबाट गाडीबाट दर्शकहरूको उपस्थिति थियो। कार्यक्रम निकै जोडदाररूपले अगाडि बढेको थियो। तर बीचैमा लाइन काटियो। विजुली गयो भन्ने भयो। एकजना दर्शकले लाइन गएको छैन काटिएको छ, त्यसबारे लाइन जोडिएको ठाउँमा हेरिएन, जेनेरेटर चलाउने काम भयो। तर पावरको घटबढीले एम उड्यो, बजारमा अर्को एम खोज्न साथीहरू जानुभयो। तर पाइएन कार्यक्रम हेन्ड माइकले समापन गरियो। कार्यक्रमबाट फर्किएपछि कार्यक्रमको समीक्षा गरियो, जुन स्कूलमा हेडसर सँगै सहमति गरेर कार्यक्रम गरिएको थियो। पछि उनलाई अतिथिको रूपमा बोल्न दिंदा प्रांगणमा कार्यक्रम गरेकोमा आपत्ति जनाए, उनी एमाले थिए। अन्य माओवादीका एक जना कार्यकर्ताले विद्यार्थीलाई कानेखुशी गरेर विद्यार्थीहरूलाई हल्ला गर्न पनि लगाए। जहाँबाट लाइन ल्याएका थियौं त्यो उनीहरूकै मोटरहरू भएको स्थान थियो। त्यसले योजनाबद्ध किसिमबाट लाइन काटिएको सम्भावना देखियो। अर्को वक्ताहरूले ठूला दलहरूको राजनैतिक भन्डाफोर गरेकोले ती विशेष गरेर एमाले र माओवादीको मिलीमतोमा त्यसप्रकारको घृणित कार्य गरेको उनका सम्पूर्ण गतिविधिले प्रस्टायो। तैपनि कार्यक्रम भव्य र शानदार रूपमा सम्पन्न भयो।
यसरी त्यहाँ हामीले ठूला दलहरूको गैर राजनैतिक व्यवहार, कायर मानसिकता ज्वलन्त उदाहरण पनि भेट्टायौं। यसले राजमोको देशव्यापी रूपमा सम्पन्न भएको जनअभियान कालो मानिसक बोकेकाहरूको लागि आँखाको कसिंगर र देशभक्तहरूको लागि आँखाको नानी भएको कुरामा सप्रमाण पुष्टि गरेको छ। रक्तिम अभियानको चोटिलो वैचारिक सांगीतिक प्रस्तुतिले पनि प्रतिक्रियावादी मानिसकतामा ढ्यांग्रो ठोकेको प्रष्ट देखिएको छ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १२ – २०६७ माघ १८ गते, बुधबार)