~दान ब. थापा ~
शोषणको घेराभित्र काम गरेको
गाउँघरको सम्झनाले रोइराखेको
देखे मैले अरब खाडीमा
यो बिरानो मरुभूमिको तातो घाममा
शोषणको ………………………………..
कोही रहेछन् समुन्द्रमा डुंगा चलाउने
कोही रहेछन् मरुभूमिमा भेंडा चराउने
कोही रहेछन् बाटो खन्दै घर बनाउने
हात खुट्टा भाँचिएर जीवन गुमाउने
शोषणको …………………………….
कोही रहेछन् जेलभित्र खान नपाउने
घर खेत साहुलाई सुम्पी आँशु बगाउने
कोही रहेछन् नेपालीको समाज बनाउने
एकता र संघर्षको अर्थ बुझाउने
शोषणको …………………………..
शोषणको घेराभित्र काम गरेको
गाउँघरको सम्झनाले रोइराखेको
देखे मैले अरब खाडीमा
यो बिरानो मरुभूमिको तातो घाममा
रचना/संगीत दान ब. थापा
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ८ – २०६६ पुष १५ गते बुधबार )