~लु सुन~
गणतन्को दोस्रो वा तेस्रो वर्षतिर बेजिङका केही राष्ट्रिय बैंकहरूले निकालेका नोटहरूको विश्वसनीयता दिनदिनै बढ्दै गइरहेको भनुँ झन्–झ्न दरिलो हुँदै गइरहेको बेला मैले के कुरा सुनें भने सधैभरी चाँदीको मोहमा परेका गाउँलेहरूले समेत ती नोटहरू कति सजिला र पत्यारिला थिए भन्ने कुरो बुझे र ती नोटहरू लिन र तिनको प्रयोग गर्न खुशी भए। “विशेष बुद्धिजीवीहरू” को विषयमा कुरा नगरौं, बढी विवेकी मानिसहरूको हकमा, उनीहरूले उहिले नै नचाहिँदो दुःख दिने, बोझला, चाँदीका सिक्काहरू आफ्ना खल्तीभित्र बोक्ने कामलाई छाडिसकेका थिए। वास्तवमा चाँदीका लागि विशेष मोह वा भावना भएकाहरूलाई छाडेर, हरेकले बैंकका नोटकै, त्यसमा पनि बढ्ता मात्रमा चिनियाँ नोटहरूकै प्रयोग गरिरहेका थिए। तर अपशोच, एक्कासी एउटा गम्भीर अधोगति देखा पर्यो।
युवान सि–काई बादशाह हुन खोजेको वर्षमा युनानमा विद्रोह शुरू गर्न साइङगो बेजिङबाट भाग्यो। त्यसका परिणामहरूमध्ये एउटा के कुरा भयो भने चीनका बैंक र घुम्ती बैंकहरूले नोटहरूको नगद भुक्तानी दिने कुरा रोके। बैंकहरूले ती नोटहरूलाई कुनै सम्मान नराखे तापनि सरकारले महाजनहरूलाई ती नोटहरूको चलनचल्तीका लागि अझै बलजफ्ती गर्यो र महाजनहरूसित पनि त्यस स्थितिअनुसार चल्ने आफ्नै तरिका थियो–ती नोटहरू लिन्नँ भनी भन्नुको साटो आफूसित साट्ने कुनै बस्तु नै छैन भनी उनीहरूले भने। पचास या सय डलरका नोटहरू लिएर तपाई बजारमा जानुभयो भने के हुन्थ्यो होला मलाई थाहा छैन, तर तपाईलाई एउटा कलम वा एक बट्टा चुरोट मात्रै द्धचाहिन्छ भने तपाई त्यतिका लागि सिंगै डलर त खर्च गर्न सक्नुहुन्न, सक्नुहून्छ त? यो त एक जनाको विचार वा झुकावको विपरीत जाने मात्र कुरा भएन। वास्तवमा कसैसँग पनि त्यतिका नोटहरू हुँदैनन्। त्यसपछि तपाईले घटाइएको दरमा समेत, तामाका पैसामा नै साट्न खोज्नुहुन्छ भने पनि सबै पसलेहरूले के भन्छन् भने तिनीहरूसित तामाका पैसा पनि छैन। तपाई आफ्ना साथीहरू र नातेदारहरूसित पैंचो लिन जानुभयो भने उनीहरूसँग पनि नोटहरूबाहेक अरू हुँदैनन्। यसरी जनताले आफ्नोस्तरलाई ओारले, देशभक्तिका विषयमा कुरा गर्न छाडे र विदेशी बंैकहरूले निकालेका नोटहरू पाउन खोजे। अहिले ती नोटहरू (विदेशी बैंकले निकालेका) नगदसरह हुन्छन् र कसैलाई पनि तपाई ती नोटहरू दिनुभयो भने उनीहरूले तपाईलाई साँच्चैका चाँदीका डलरहरू दिनेछन्।
त्यसबेला मेरो खल्तीमा चीनको बैंक र घुम्ती बैंकका त्यस्तै ३०४० डलर (नोटहरू) भएको कुरा म सम्झन्छु तर म एक्कासी भोकले टोलाएका आँखा भएको मगन्ते भएँ र त्रासमा परें। मलाई के लाग्छ भने त्यस बेला मेरो मनमा उब्जेका भावनाहरू रूसी क्रान्तिपछि आफ्नो सबै सम्पत्ति रूसी नोटका रूपमा भएका धनी मानिसहरूका मनमा उब्जेका भावनाहरू जस्तै थिए होलान् वा अझ भनुँ ठयाम्मै उस्तै थिए होलान्। ती नोटहरू कम दरमा नै चाँदीका पैसाहरूमा साट्न सकिन्छ कि भनी सोध्दा त्यसको कुनै भाउ नै छैन भन्ने मैले सुनें। तर खुशीको कुरा के भने नोटमा छापिएको मूल्यको साठी प्रतिशतभन्दा अलि बर्ता दरमा तपाईले आखिरमा त्यो खुशीसाथ साट्न सक्नुहुन्थ्यो। म ज्यादै खुशी भएँ र झन्डै मेरो जीउ जतिकै भारी भइरहेको मेरो खल्तीका मेरा सबै नोटहरू चाँदीका पैसाहरूमा मैले साटें। हुन त स्थिति सामान्य भएको भए म सराफीहरूबाट एउटा तामाको पैसो पनि काम लिन्नथें।
तर ढुक्क भएर जसै मैले चाँदीको थैलो खल्तीमा राखे. र म खुब खुशी भएको थिएँ, त्यसैबेला मेरो मनमा एक्कासी एउटा विचार चढ्यो –हामीहरूलाई कमारो हुनु र कमारोपनामा खुशी मनाउनु कस्तो सजिलो रहेछ त |
“मानिसहरूलाई मानिसजस्तो सम्झेर व्यवहार नगर्ने” र मानिसलाई भन्दा कम मात्र होइन अझ गाईगोरूलाई भन्दा पनि तल राखेर धूलोसरी सम्झने यस्ता निरंकुश शासकहरू छन् जसले गर्दा मानिसहरू गाइगोरूसित पनि डाह गर्छन् र “दुःखको बेलाका मानिसहरूको मोल शान्तिको बेलाको कुकुरको जतिको पनि हुँदैन” भनी रून्छन्। यही आधारमा शासकहरूले जनतालाई गोरू वा घोडासरह अभः तल्लो कोटिमा राखेर व्यवहार गर्छन्, दृष्टान्तका लागि, युवान राजवंशमा (१२७११–१३६८) एउटा कानुन निस्क्यो र त्यस मुताविक एकजना कमारो मारियो भने उसको मालिकले मुआब्जाका रूपमा एउटा गोरू दिनुपर्थ्यो। यसले गर्दा सबै नागरिकहरू सुखी र सन्तुष्ट हुनेछन् र तिनीहरूले त्यस्तो जाति र शान्तिपूर्ण शासनको बखान गर्नेछन्। किन? किनभने मानिसलाई मानिससरह नमानिए तापनि उनीहरू कमसेकम गोरूसरह त मानिए।
हामीहरूलाई चौबीस इतिहासहरूको शाही संस्करणहरूको अध्ययन गर्नुपर्ने खाँचो छैन। न हाम्रो आध्यात्मिक सांस्कृतिक प्रतिष्ठाका लागि अनुसन्धानका संस्थाहरूमा जानु नै खाँचोपर्र्दो छ। हामीले राख्नुपर्ने त खाली केटाकेटीहरूको संक्षिप्त इतिहास हो, वा यो पन अति हुन्छ भने समय क्रमानुसारका सूचीहरू उल्लेख गर्नु हो र यो “तीन हजारभन्दा बर्ता पुरानो संस्कृति भएको प्राचीन भूमि” जसबारे इतिहासहरूमा त्यत्रो गन्थन गरिएको थियो, यसभन्दा बर्ता केही होइन भन्ने कुरा हामीले देख्नेछौं र अझै स्कूलका लागि भर्खरै सँगालिएका इतिहास भनाउँदा किताबहरूमा यो कुरा त्यति प्रष्ट गरी राखिएको छैन। तिनमा खाली के कुरा भनिएको जस्तो छ भने हामीहरूलाई जहिले पनि राम्ररी व्यवहार गरिएको छ।
जेहोस्, तथ्य कुरो के भने चिनियाँ जनता कहिल्यै आफूलाई मानिससरह गनिन लगाउनुमा सफल भएका छैनन्। खाली कमारासरह गनिनुमा मात्र ती सफल भएका छन् र यो कुरा आज पनि साँचो छ। साँच्चै भन्ने हो भने धेरै अवस्थाहरूमा हामीहरू कमाराहरूभन्दा पनि नजाति छौं। चिनियाँ जनता तटस्थ छन्। लडाइँमा उनीहरू कसको पक्षमा छन् उनीहरूलाई थाहा हुँदैन। जे भए पनि यसबारे थाहा हुनु र थाहा नहुनुमा कुनै भिन्नता रहँदैन। विद्रोहीहरू आउँदा जनतालाई सरकारका मातहतका भनी ठानिन्छन्, त्यसले तिनीहरू जनतालाई मार्छन् र उनीहरूको सम्पत्ति लुट्छन्। सरकारी फौज आएपछि तिनीहरूले त जनतालाई आफ्नै ठान्नुपर्थ्यो तर त्यसबेला पनि उनीहरूलाई विद्रोहीका पक्षमा लागेका भन्ठानेर मार्छन र उनीहरूका चीजबीज लुट्छन्। यस्तो बेलामा जनता आफूलाई आफ्नो प्रजा झैं, यो त अति हुन सक्छ, भनुँ कमसेकम आफ्ना गाईगोरू जति ठानेर व्यवहार गर्ने कुनै मालिक पाउनाका लागि चाहना गर्न थाल्छन्। कसैले उनीहरूसँग कुनै मालिक पाउनाका लागि चाहना गर्न थाल्छन्। कसैले उनीहरूसँग कुनै बाटो लाग्ने भन्ने कुरो सोधे भने उनीहरूले खुशी भएर गाईगोरू जस्तै भएर चल्न खोज्छन्।
उनीहरूका लागि निर्णयहरू गरिदिने अर्थात् कमाराहरूका लागि कानुनहरू बनाइदिने कोही भइदियो भने त्यो त असीम शाही निगाह नै हुनेछ। दुःखको कुरो के भने प्रायः यसो गर्नेहरू हुँदैनन्। जस्तैः पाँच जाति र स्रोह राज्य, हाङ चावको विद्रोह, पाँच वंशहरू, सुङको अन्त र रूवान राजवंशहरूको अन्तताका प्रचलित बेगारी र अन्न करका साथसाथै अरू पनि नचिताइएका दुःखहरू थिए। चाङ चिन चुङ अझ बर्ता लहडी थियो। उसले बेगारी काम नगर्ने र कर तिर्न नमान्ने जातिलाई र अझ बेगारी काम गर्ने र कर तिर्नेहरूलाई समेत मार्यो। उसले आफ्नो विरोध गर्ने र उसका अगाडि घुंडा टेक्ने सबैलाई मार्यो। त्यसैले उसले कमाराका लागि बनेका सबै नियमहरूलाई समेत च्यातचुत पारेर मिल्काइदियो। त्यसपछि जनताले पुराना होस् वा नयाँ उनीहरूका नियमहरूमा बर्ता ध्यान दिने खालका मालिकहरू पाउनाका लागि चिताउन थाले किनभने नियमहरू रहुन्जेल तिनले फेरि कमारासरह आफ्ना सुरूङभित्र घुम्न समर्थ तुल्याइदिन्छन्।
“एक सूर्य, तँसितै मैले मासिनु परे पनि तेरो चाँडै नाश होस् 164” यो त रिसले भरिएको कुरो मात्र हो। धेरैजसो मानिसहरू साँच्चै नै त्यति साह्रो भन्दैनन्। तथ्य कुरो के भने सधैझैं एउटा निकै भ्रमको अवधिपछि, लुटमार व्यापक हुँदा, कुनै त्यो भन्दा बलियो, चलाख र धूर्त नेता वा विदेशी त्यस भूमिलाई आफ्नो हातमा लिन र राम्ररी शान्ति व्यवस्था स्थापित गर्न देखा पर्छ। उसले बेगारी, अन्न करको तिरो, लम्पसार परेर ढोग्ने वा सरकारको बखान गर्ने नियमहरू बनाउँछ र ती नियमहरू आज हाम्रो जस्तो फेरिंदै जाने नभई सधैभरी उहीका उही रहिरहन्छन्। अनि त्यहाँ “व्यापक खुशीयाली हुन्छ” र चलेको भनाई प्रयोग गर्ने हो भने “सारा संसचार शान्तिमय” हुन्छ।
तर ती महानता प्रेमी विद्वानहरूका बाक्यांशहरू जतिसुकै राम्रा भए तापनि र तिनीहरूले आफ्ना इतिहासहरूमा “हानहरूको उत्थान”, “हान विस्तारको युग” वा “हान पुनरूत्थानको युग” जस्ता ठूलठूला भावनाहरू जतिसुकै व्यक्त गरे तापनि हामीहरूले उनीहरूका प्रवृत्तिहरूलाई निक्कै राम्रा भनी बखान गर्दा उनीहरूको शब्द अलंकार पनि निक्कै अस्पष्ट छन् भन्ने कुरा हामीहरूलाई लागि हाल्छ। अझ बर्ता सोझो किसिमले भन्ने बाटो यही होला –
१) कमारा हुन बिनसित्ति खोजकेा अवधिहरू
२) केही समयका लागि कमारा हुन सकेका अवधिहरू
उहिलेका विद्वानहरूले “असल शासनको बेला” र “भ्रमैभ्रमको बेला” भनी भनेका अवधिहरू एकपछि अर्को गर्दै फन्फन्ती दोहोरिरहन्छन्। पछिल्ला प्रजाहरूको दृष्टिकोणअनुसार, विद्रोहीहरूले खाली आफ्ना “मालिकहरू” का लागि बाटो बनाइरहेका मात्र थिए। त्यसैले त “तिनीहरूले बुद्धिमान शासकका लागि बाटो खोलिदिए” भनी भनेको ।
हाल हामीहरू कुनचाहिं युगमा छौं मलाई पक्का गरी थाहा छैन। तर हामीहरूले शास्त्रपन्थीहरूका राष्ट्रिय विशेषताहरूको पुजा, हाम्रा लेखकहरूको चिनियाँ सभ्यताको बखान र हाम्रा दार्शनिकहरूको उहिलेका रीतिथितिमा फर्कने उत्सुकतालाई हेर्यौं भने हामीहरू के देख्न सक्छौं भने तिनीहरू सबै हालका कुरासित असन्तुष्ट छन्। तर हामीहरू कुन बाटो लाग्दैछौं नि? जनताका अघिल्तिर युद्ध आइपर्दा उनीहरू के कुरा बुझ्दैनन् भने उनीहरूमध्ये धनीहरू विदेशी रियायतभित्र घुस्छन् र यता स्वास्नीमान्छेहरू र केटाकेटीहरू गिर्जाघरहरूमा शरण लिन्छन् किनभने यस्ता ठाउँहरू अरूको दाँजोमा सुरक्षित हुन्छन्। केही समयका लागि तिनीहरू बिनसिति कमारा हुन चाहनेहरूको स्थितिमा ओल्हँदैनन्। छोटकरीमा भन्ने होभने शास्त्रपन्थीहरू हुन् वा शरणार्थीहरू, बुद्धिमानहरू हुन वा मुर्खहरू, लायक मानिसहरू वा बदमासहरू, सबैले तीन शताब्दी अघिका ती शान्तिपूर्ण दिनहरूमा फर्कनका लागि इच्छा गरिरहेका देखिन्छन् जुन बखत चिनियाँहरू केही समयका लागि कमारा हुन सफल भइसकेका थिए।
तर हामीहरू सबै उहिलेका मानिसहरूसरह नै “प्राचीन कालका असल रीतिथितिहरू ” देखि जलिहे पनि सन्तुष्ट छौं त? हामीहरू हालको अवस्थासित असन्तुष्ट भएका र तीन शताब्दी अघिका शान्तिपूर्ण दिनहरूमा फर्कने इच्छा गर्ने ती शास्त्रपन्थीहरू सरह नै छौं त? वास्तवमा हामीहरू हालको अवस्थासित पनि सन्तुष्ट छैनौं तर यसको अर्थ हामीहरूले पछिल्तिर नै फर्कनुपर्छ भन्ने होइन किनभने अघिल्तिर पनि लम्कने बाटो छँदैछ। चीनको इतिहासमा थाहा नभएको र तेस्रो खालको अवधिको सिर्जना गर्नु आजका हाम्रा तन्नेरी जनताको कर्तव्य हो।
तर बढीभन्दा बढी मानिसहरूले अझ विदेशीहरूले समेत चीनको पुरानो सभ्यताको बखान गरिरहेछन्। म धेरैजसो बेाल के विचार गर्छु भने यता आउने कुनै विदेशीले घृणा गरेर आँखीभौं खुम्च्याउँछन् भनेर चीनप्रति घृणा व्यक्तत्याउँछन् भने मैले उसलाई मेरो भित्री मुटुदेखि धन्यवाद दिनुपर्छ।
यसुके त्यसुरूमीले आफ्नो निबन्ध “बेजिङको आकर्षण” मा एक वर्ष बस्ने गरेर बेजिङमा आएको तर पाँच वर्षसम्म बसिसकेको र बेजिङ छोड्न नचाहने एक जना पश्चिमेतर्फ औल्याएको छ। एक दिन उनीहरूले सँगै भोज खाए।
“हामीहरू महोगनी काठको बाटुलो टेबुल वरिपरि बस्यौं। हामीहरूका लागि एकपछि अर्को गर्दै समुद्र र जमिनमा पाइने मीठामीठा खानेकुराहरू कहिल्यै नटुंगिने गरी थपिंदै थिए र हामीहरूले क्यूरियो, चित्रकला र राजनीतिबारे छलफल गर्न थाल्यौं। बिजुली बत्तीको मास्तिर चिनियाँ ढाँचाको बत्ति ढकनीले राम्ररी मिलाएर राखिएका पुराना चीजबीजहरूले सजाइएको कोठाभरी मधुरो प्रकाश फैलिएको थियो। सर्वहारासम्बन्धी विषयहरू त हावा जस्तै बहेर जाने जाबो कुरा लाग्यो।
विदेशीहरूलाई त्यतिबिध्न लठ्याउने चिनियाँ वातावरणको त्यस आकर्षणबारे मैले गमें। मंगोलहरूले चीनमाथि विजय त पाए तर उता चिनियाँ जीवन पद्धतिको सौन्दर्यबाट तिनीहरू पराजित पनि भए। मन्चुहरूले पनि चीनलाई जिते तर तिनीहरू पनि चिनियाँ जीवन पद्धतिबाट जितिए। अहिले पच्छिमेहरूको उही गति छ। तिनीहरूले “प्रजातन्त्र” र यस बाहेक अरू सबै विषयबारे कुरा गरे तापनि तिनीहरू पनि ६ हजार वर्षदेखि बन्दै आएको जीवनप्रणालीद्वारा लट्ठिएका छन्। बेजिङमा रहेको कसैले पनि यसको विशिष्ट आकर्षणलाई बिर्सन सक्दैन, न ठूलो आँधीले हजारौं फिटमाथि उडाइने धुलाले नै चिनियाँ जीवनप्रणालीको आकर्षणलाई नष्ट पार्न सक्छ, न हरेक तीन महिनामा युद्धसदरिहरूले लड्ने गरेका लडाइँले यसलाई ध्वस्त पार्न सक्छ।”
तर अझै मसँग उसलाई खन्डन गर्ने उपायहरू छैनन्। हाम्रा उहिलेका ऋषिमुनिहरूले पुराना कुराहरू जोगाउनका लागि हामीहरूलाई सिद्धान्तहरू दिएका थिए तर तिनीहरूले हामीलाई जित्नेहरूका लागि ठूलठूला भोजभतेर पनि तयार पारिदिएका थिए। जुन भतेरमा हाम्रा केटाकेटीहरू मारिन्थे र हाम्रो ढुकुटी रित्याइन्थ्यो। हामी चिनियाँहरू खुबै जोतिनेहरू हौं र हाम्रा धेरै केटाकेटीहरू छन्। यसरी ती भतेरहरूका लागि यी कुराहरूले चाहिने सामल जुटाइदिन्थे।
अहिलेसम्म पनि हाम्रा देशभक्तहरूद्वारा यी गुणहरूको बखान गरिएको छ। पश्चिमाहरू पहिलोपल्ट चीनमा पस्दा तिनीहरूलाई असभ्य भनिन्थ्यो र स्वभावतः त्यो देखेर तिनीहरूले आफ्नो अनुहार न्यास्रो पार्थै। तर अहिले तिनीहरूका लागि हामीले तोवाहरू, नुचेनहरू, मंगोलहरू र मन्चुहरूको अघिल्तिर अघिसारेको सबभन्दा ठूलो भतेरको जोरजाम गर्ने बेला पनि आएको छ। तिनीहरू मोटरकारमा बसेर रक्षकहरूलाई लिएर डुल्न जान्छन्। अधिकारीहरूका लागि बाटो खुला गरिंदा तिनीहरू स्वेच्छापूर्वक जान पाउँछन्। तिनीहरूमाथि डाँका डालियो भने तिनीहरूले मुआब्जा पाउँछन् र डाँकु सुन माई यावले तिनीहरूलाई हेरेर लग्यो र उसले तिनीहरूलाई आफ्नो दलका अघिल्तिर उभ्यायो भने पनि सरकारी फौजले गोली चलाउने आँट गर्दैन।
त्यसकारण तिनीहरूले दरबारका विशाल भवनहरूमा मीठा भोजभतेर खान्छन् भने यो फेरि कस्तो होला त? तिनीहरूले भोज खान पाएकाले नै चीनको प्राचिन सभ्यताको गुण गाउने भइहाले, तैपनि हाम्रा केही आशावादी देशभक्तहरू ती पश्चिमहरू हामीहरूद्वारा हाम्रो जीवनपद्धतिमा ढालिनेछन् भन्ने पत्यारमा दंग परेका देखिन्छन्। उहिलेकाहरूले लडाइँमा क्षणिक शान्तिपाउनका लागि आइमाईलाई प्रयोग गर्थे र उनीहरू आफैले यसलाई “बिहेबाट हुने शान्ति” को सुन्दर नाउँ दिएर आफैलाई झुक्याउँथे। हामी आधुनिकहरू पनि अझै आफ्ना छोराछोरी र ढुकुटी चढाएर यसलाई “चिनियाँकरण” को सुन्दर नाउँ दिन्छौं। त्यसकारण भोजभतेरमा जानपाएका तर अचेलको चीनलाई सराप्ने ती विदेशीहरू मात्र साँच्चै नै असल र लायक मानिसहरू हुन्।
तर हामीहरू उहिले नै भलाट्टी र सर्वसाधारण , ठूला र साना, माथिका र तल्ला गरी सबै तम्तयार भइसकेका छौं। मानिसहरू अरूहरूबाट थिचिन र मिचिन सक्छन् तर तिनीहरूले पनि त अरूहरूलाई थिचोमिचो गर्न सक्छन्। तिनीहरू आफै खाइन सक्छन् तर तिनीहरूले पनि त अरूलाई खान सक्छन्। यस्तो खालको थिचोमिचोको व्यवस्थाले गर्दा, जनता हलचल गर्न सक्दैनन्। र वास्तवमा उनीहरू यसो गर्न पनि चाहँदैनन्। उनीहरूले हलचल गरेको खन्डमा त्यसबाट राम्रो कुरा निस्कन सक्छ तर दुःख पनि त आउन सक्छ। लौ, उहिलेकाहरूले प्रयोग गरेका बठ्याइँपूर्ण व्यवस्थालाई एक पल्ट हेरौं।
“स्वर्गमा दश वटा सूर्य छन् र मानिसहरूमा दश वटा तहहरू छन्, यसले तल्लाकाहरूले माथिकाहरूको सेवा गर्छन् र शासकहरूले द्यौताहरूको सेवा गर्छन्। यसरी राजकुमारहरू राजाको मातहतमा हुन्छन्, भलाद्मीहरू भारदारहरूको मातहतमा… र यसरी सबभन्दा तल्ला कमाराहरूसम्म” (त्यसो च्वान चौतरियाचावको सातौं वर्षको रेकर्डबाट )।
सबभन्दा तला कमाराहरूका रैतिहरू हुँदैनन् र यो कुरा उनीहरूका लागि अप्ठेरोजस्तो देखिन्छ। तर यसका लागि हामीले चिन्ता लिनु पर्दैन किनभने उनीहरूभन्दा मुनि बस्ने गरेका उनका स्वास्नीहरू र केटाकेटीहरू छन् र केटाकेटीहरूका लागि पनि ठाउँ छँदैछ किनभने उनीहरू हुर्केर कमारा बन्दा उनीहरूको सुसार गर्नाका लागि उनीहरूका स्वास्नी र केटाकेटीहरू हुनेछन्। यसरी यो क्रमभित्र प्रत्येक मानिस प्रशन्न छ र कसैले यसको विरोध गर्ने आँट गर्छ भने आफ्नो तह भन्दामाथि उठ्न खोजेको भनी दोष लगाइन्छ।
यो कुरा त्यतिका समय अघि,चौतरिया चावको सातौं वर्षको (ख्राइस्ट अघि ५३५ वर्ष) बेलामा भउको भए तापनि पुराना समयको गुणगान गर्नेहरूले निरास हुनुपर्ने खाँचो छैन। सबैको मुखमा अझै शान्ति छ किनभने बरोबर लडाई खडेरी र बाढी आए तापनि के कसैले त्यसको विरोधमा मुख खोलेको कसैले कहिल्यै सुनेको छ त? यता संघर्ष र विद्रोह भएका छन् तर तिनको विरोधमा कुनै भलाद्मीले चुक्कसम्म पनि गरेका छन् त? हाम्रा आफ्नै जनतामाथि भने यस्तो अत्याचार गर्नु तर विदेशीहरूको अगाडि भने घुंडा टेक्नु साँच्चै नै पुरानै व्यवस्था जस्तै हो। वास्तवमा चीन्को पुरानो आध्यात्मिक सभ्यता “गणतन्त्र” ले ध्वस्त गरेको छैन। खाली मन्चुहरूले भतेर छाडेका मात्र हुन्, उहिलेभन्दा केही भिन्न भएको छ भने यति मात्र त हो।
यसरी हामीहरू आज पनि सबै किसिमका भोजभतेरहरू देख्न सक्छौं –विभिन्न चीजबीज राखी पकाएको झोल र माछा, चिनियाँ खाना र पच्छिमे खाना। तर छाप्राहरूमा निस्तो भात मात्र खाइन्छन् र माग्नेहरू सडकमै किनारमा बसेर रोटीका टुक्राहरू टोक्छन् र मुलुकभरका मानिसहरू भोकभोकै मर्दैछन्। धनी र शक्तिशाली मानिसहरू बेपर्वाहसित खर्च गर्दै मिठोमिठो खाएर मज्जा गर्छन् र उता आधापेट भर्न नपाएका केटाकेटीहरू जाबो आठ वटा तामाका पैसामा बेचिन्छन् (नौलो सिंहावलोकनको २१ अंक हेर्नुस)। हाम्रो उच्च चिनियाँ सभ्यता धनी र शक्तिशालीहरूका लागि तयार पारिएको मान्छेको मासुको भोज मात्र हो र चीनचाहिं त्यो भोज जोरजाम गर्ने चुलो हो। यो कुरा नबुझेर चीनको बखान गनर्ेेहरू क्षम्य छन् तर अरूहरूचाहिं त सधैभरीका लागि निन्दा गरिनयोग्य छन्।
यो कुरा नबुझेर हाम्रो बखान गर्ने विदेशीहरूलाई क्षमा गर्न सकिन्छ र यसरी नै माथिल्ला ओहदामा पुगेर भुंडी लाग्ने गरी खान पाएका हुनाले गोब्बरे गिदी भएका र अन्धो भएकाहरूलाई पनि क्षमा नै गर्न सकिन्छ। तर यस बाहेक अरू दुई किसिमका मानिसहरू पनि छन्। एक थरीले के कुवरा भन्छन् भने चिनियाँहरू निम्तस्तरका जाति हुन् जुन हालको स्थितिबाट बढी राम्रो स्थितिमा पुर्याउन लायकका छैनन्, त्यसकारण जानाजानी उनीहरू चीनका पुराना कुराहरू कायम राख्नाका लागि सिफारिस गर्छन्। अर्को थरीचाहिं आफ्नो भ्रमणलाई बढ्ता चाखलाग्दो र रमाइलो पार्नका लागि संसारको प्रत्येक मुलुक एक अर्काबाट फरक देखियोस् भन्ने चाहन्छन्। तिनीहरू चीनमा टुपी भएका मानिसहरू देख्न चाहन्छन्, जापानमा काठे जुत्ताहरू र कोरियामा बाँसका टोपी लगाएका मानिसहरू हेर्न चाहन्छन्। हरेक कुरो उस्ताउस्तै देखियो भने तिनीहरूलाई वाक्कलाग्दो हुनेछ। त्यसकारण तिनीहरू एसियालाई पश्चिमा ढाँचा ढाल्ने कुराको विरोध गर्छन्। यी दुवै थरीका मानिसहरूको निन्दा गरिनुपर्छ। बर्टाड रसेलको हकमा पश्चिमा तालमा देबदारू काठको मेच ओसारिरहेकाहरूले उनलाई देखेर हाँस्दा उनले चिनियाँहरूको बखान गरेथे, उनी अर्कै कारणबाट प्रभावित भएको हुन सक्छ तर मेच ओसार्नेहरू आफूले पाएको ज्यालामा यसरी मुसुमुसु हाँस्ने काम रोक्न सकेका भए निक्कै अघि नै चीन हालको जस्तो नभई अर्कै चीन भइसक्थ्यो होला।
यस्ता सभ्यताबाट लनिेहरू खाली विदेशीहरू मात्र होइनन्, प्रत्येक चिनियाँ पनि लएिर मुसुमुसु हाँसिरहेछ। किनभने प्राचीन कालदेखि एक पुस्ताले अर्को पुस्तालाई सुम्पेको यस व्यवस्थाले मानिसहरूलाइृ एक अर्काबाट बेग्ल्याइदिएको र पराई बनाइदिएको छ। उनीहरू एक अर्काको दुःख बुझ्न सक्दैनन् र प्रत्येकले अरूलाई कमारो बनाउने र अर्कोलाई खाने कुरा चिताउन सक्ने भएकाले उसले के कुरा बिर्सिदिन्छ भने ऊ आफै पनि कमारो बनाइन सक्छ र खाइन सक्छ। यसरी सभ्यताकोउदयदेखि मान्छेको मासुको भतेरहरूको साना ठूला अनेको जोरजाम गरिएको छ र मानिसहरू ती भतेरहरूमा अरूलाई खान्छन् र आफू पनि खाइन्छन् तर स्वास्नीमान्छेहरू र केटाकेटीहरूको कुरा नगरौं, निर्धाहरूको पीडित चिच्चाहटहरू त ज्यानमाराहरूको अचेतन हल्लीखल्लीमा त्यसै बिलाएर जान्छन्।
आज पनि मानिसको मासुको भतेरको जोरजामा हुँदैन र निक्कै मानिसहरू भतेर लगाइरहन खोज्छन्। त्यसता मान्छे खानेहरूलाई बढार्ने, भतेरहरूलाई भताभुंग पार्ने र त्यो चुलोलाई भत्काउने काम आजका तन्नेरीहरूले सबभन्दा गर्नुपर्ने काम हो।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ८ – २०६७ पौष २१ गते, बुधबार )