धेरै वर्षघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको एक जोडी आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम जोन बुल र पत्नीको नाम मार्था बुल थियो । उनीहरू किसान परिवारबाट आएका थिए ।
उनीहरू नेपालमा आएर पनि खेतीपाती गर्न रुचाउँथे । गाउँगाउँमा घुम्थे र नयाँ जातको रुख बिरुवा देखे भने त्यसको बिऊ बटुल्थे । आफू बसेको डेराको सानो बारीमा पनि उनीहरूले तरकारी उमार्थे । उनीहरू मकैको धेरै प्रकारको परिकार बनाएर खान रुचाउँथे । उनीहरूले बेलाबेलामा मकैको केक बनाउँथे । मकैको केक खाएर अरु शिक्षकहरू छक्कै पर्थे ।
रिडीबजारदेखि एक किलो मिटरजति माथि उकालो चढेपछि मलिलो बारी भएको एउटा गाउँ आउँछ । त्यहाँको माटोको रंग रातो भएकोले त्यो गाउँलाई नै रातामाटा भनिन्छ । त्यो गाउँमा खुबै राम्रोसँग मकै फल्थ्यो । एक पल्ट त्यो गउँमा एउटा मकैको बोटमा अचम्मैसँग घोँगा लाग्यो । मकैको बोटको हरेक पात निस्केको ठाउँमा मकै फलेको देखेर मानिसहरू छक्कै परे । एउटा बोटमा दशबाह्र घोँगा मकै लागेको देखेर गाउँलेहरूले यो देवताकै चमत्कार हो भन्ने हल्ला गरे ।
देउताको मकै भनेर कसैले पनि त्यो मकै भाँचेर खाएन । बरु मकैको बोटलाई पूजा गरेर धुप बालेर बोटमा रातो र सेतो धजा बाँधिदिए । मकै पाकेपछि जग्गा धनी किसानले वरिपरिको मकै भाँचेर स्याहारे तर त्यो मकै भाँचेनन् ।
अचम्मको मकैको हल्ला सुनेर एक दिन जोन र मार्था घुम्दै रातामाटा पुगे । उनीहरूले मकैको बोट सामान्यभन्दा अलि बढी सप्रेको देखे । उनीहरूले अनुसन्धान गर्न भनेर एक घोँगा मकै किन्न मागे । तर किसानले भन्यो, “देउताको मकै हो । म त भाँच्दिन ।”
जोनले सय रूपैयाँको नोट देखाएपछि किसानले आफै भाँचेर लैजाने भए लैजाउन भन्यो । जोनले पनि एक सय रूपैया दिएर एक घोँगा मकै भाँचेर लिए । बाकी मकै बारीमा त्यसै सुकेर कौवाले खाएर सिध्याइदियो ।
केही महिनापछि जोन र मार्था दुबै जना अचानक बिरामी परे । रिडीबजारसम्म मोटर बाटो नबनेको हुनाले हेलिकप्टर आएर उनीहरूलाई लिएर गयो । त्यसपछि रिडीबजारमा धेरै जना पिसकोर स्वयंसेवकहरू आए, गए । रिडी बजारका बासिन्दाहरूले उनीहरूलाई बिस्तारै बिर्सर्ेे
झण्डै पच्चिस वर्षछि मार्था र बुल फेरि रिडीबजारमा आए । त्यस बेला रिडीमा मोटर बाटो बनिसकेको थियो । तैपनि उनीहरू हेलिकप्टरमा चढेर आए । उनीहरूले बीसबाइस वर्षो छोरा पनि सँगै ल्याएका थिए ।
पच्चिस वर्षछि जोन र बुला निक्कै फेरिइसकेका थिए । उनीहरु सरासर हाई स्कुल कहाँ छ भन्दै सोद्धै स्कुलको आफिसमा पुगे र आपmनो परिचय दिए पछि बल्ल पुराना शिक्षकहरु र बजारका बूढापाकाहरुले उनीहरुलाई चिने । त्यस बेला उनीहरुलाई चिन्ने मानिस रिडीमा कमै थिए ।
त्यति बेला रिडी हाई स्कुलको वाषिर्क उत्सवको तयारी हुँदै थियो । उनीहरू वाषिर्कोत्सवको अवसर पारेर आएका रहेछन् । वाषिर्क उत्सवको अवसरमा उनीहरूले स्कुललाई कहिल्यै बिर्सन नसकिने अपत्यारिलो उपहार दिए । उनीहरूले हाई स्कुलको नयाँ भवन बनाउन पचास लाख रूपैयाँ चन्दा दिए भने स्कुल चलाउन र राम्रा विद्यार्थीहरूलाई पढाउनको लागि अमेरिकामा बुल फाउण्डेसन नामक कोषको स्थापना गरेको कुरा सुनाए । साथै हरेक वर्षपाँच जना जेहन्दार विद्यार्थीहरूलाई अमेरिकामा लगेर पढाउने घोषणा गरे ।
बुल दम्पतीको उदारता देखेर रिडीबजारका बासिन्दाहरू छक्कै परे । तर अझै छक्क पार्ने कुरा त अकैै थियो । जोन बुलले भन्यो, “तपाइँहरूले देउताको मकै फलेको घटना बिर्सिसक्नु भयो होला । तर त्यही मकैले गर्दा हाम्रो भाग्य चम्क्यो । त्यो एक घोँगा मकै हामीले हाम्रो देशमा लगेर अनुसन्धान गर्यौँ । त्यहाँ लगेर पनि त्यस्तै भयो । हरेक पातसँग एक घोँगा मकै फल्यो । हामीले त्यो मकैको बिऊ उत्पादन गर्ने अधिकार हाम्रो नाममा दर्ता गरायौँ र त्यसको बिऊ उत्पादन गरेर बेच्न थाल्यौँ । किसानहरूले हाम्रो मकैको बिऊ निक्कै रुचाए । हाम्रौ मकै बिऊ कम्पनी खुबै चल्यो । फलस्वरूप हामी यत्रो सम्पत्ती कमाउन सफल भयौँ । यदि हामी यो ठाउँमा नआएको भए हामी अहिले सामान्य किसान नै हुने थियौँ । म यो ठाउँ र यहाँका बासिन्दा तपाइँहरू प्रति आभारी छु । यो ऋणको बोझ हलुँगो पार्न म यहाँ आएको हुँ ।”
जोनको कुरा सुनेर सबै जनाले ताली बजाए । मार्थाले थपिन्, “त्यो दैवी मकैको कारणले हाम्रो दाम्पत्य जीवन पनि अटुट रहृयो । मकैको बिऊको पेटेन्ट अधिकार हामी दुबैको नाममा संयुक्त रूपमा भएको हुनाले हामी कहिल्यै छुटि्टएनौँ । हाम्रो छोरा टनी बुललाई तपाइँहरूको देशमा ल्याउन पाउँदा मलाई कत्ति खुशी लागेको छ । टनी पनि निक्कै खुशी छ ।”
जोन र मार्थाले उनीहरूलाई मकै बेच्ने किसान परिवारलाई भेटेर उपहार दिन खोजे । तर किसानको परिवार ऋण लागेर घरखेत बेचेर मधेस झरिसकेको रहेछ । उसको बारेमा गाउँमा कसैलाई पनि थाहा रहेनछ । यो कुरा सुनेर उनीहरूलाई साह्रै दुःख लाग्यो ।
(स्रोत : Binaya Kasajoo’s Blog)