~अजम्बरध्वज खाती~
व्योम खासा नीर रंगको
प्राची सुन्दर किरण झुल्का
गम्भीर बहँदी सलल काली
भुलभुलेछन् जलका भुल्का।
गजूर छानो, सुनको मन्दिर,
घडी र घण्टा बजिरहेछन्
प्रातको प्रारम्भ हो यो
विहगगणका मधुर गुञ्जन।
।। १।।
टलक सुन्दर शीत थोपा
अल्भि्कएका द्रुमहरु छन्
प्राचि उघ्री शीत छुँदा
इन्द्रेणीका लहर बन्छन।
आज यस्तो दिल छुँदो
दृश्यमाथि दृष्टि राखी
एक कवि उ टिप्न खोज्छ
शीतलाई गीतमाथि।
।। २।।
विषयसित उ खेल्न खोज्छ
भावनामा उड्न खोज्छ
लेख्न बाँकी कापीमाथि
शब्द–फूलका हार खोप्छ।
।। ३।।
कुत्कुति छ हृदयमा अनि
मन छ केही गाउँ जस्तो
भुल भुले त्यो मूल जस्तो
फक्रिएको फूल जस्तो।
।। ४।।
कस्तो क्षण हो प्रकृति आफै
गीत जस्ता, नृत्य जस्तो
मुग्ध क्षण यो मोहक बेला
जगत नै हो प्रेम जस्तो
कल्पनामा रमण गर्ने –
लाई सुन्दर उपहार कस्तो
।। ५।।
यो बेलामा त्यो कविले
फेरि दृश्य देख्छ कस्तो
स्वर्गबाट ओर्ले जस्तो
एक नौलो दृश्य अर्को
हुन् यी पङ्ती काव्यका कि
परबाट हेर्दा लाग्छ
हुल मान्छेको अनौठो
।। ६।।
क्षितिजपारि सुदूरबाट
आइरहेछन् आइरहेछन्
स्वच्छ छन् परिधान उनीका
खाली खुट्टा हिंडिरहेछन्।
हातमा छन् सुमन माला
पूजाका थालीहरु
हृदयभित्र नरम भाषा
भाषाभित्र भजनहरु
।। ७।।
भजन कस्ता? रोए जस्ता
हृदय कस्ता? चुँडिए जस्ता
कदमहरु छन् लखेटे जस्ता
हिंड्दा हिंड्दै मध्यदिनमै
दोबाटोमै लुटिए जस्ता
कसरी? किन? के भएर
कर्ममा पनि हारे जस्ता
।। ८।।
भक्त कस्ता? भक्त यिनी छन्
भक्ति सारा व्यर्थ लाग्छन्।
भजन जसका निम्ति गर्छन्
तिनैबाट परित्यक्त यिनी छन्
मन्दिर ढुँड्दै जहाँ जान्छन्
मन्दिरहरुको द्वार लाग्छन
भेटका यी प्रथम क्षणमै
घडी र घण्टा मुक बन्छन्।
।। ९ ।।
वेदना यस्तो सहेर
फेरि पनि यी भक्ति गर्छन्
हृदयभित्र चोटहरु छन्
चोटभित्र पीप भर्छन्.
यिनै चोट यिनै पीप
वेदनाका गीत बन्छन्
यिनै मनका भजन गाई
याचनामा हृदय थप्छन्।
।। १०।।
सुन भएर पग्लेको जस्तो बिहानी बेला, प्रभातकालिन–भं्रमणमा प्राकृतिक शोभा–श्रृङ्खलालाई कवितामा हेर्दै एक कवि
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ५ – २०६६ मंसिर २४ गते बुधबार )