न्यूरोट गेट अगाडी अभ्यस्त यी मेरा आँखाहरु परिचित अनुहार खोजिरहेका छन् । आँखा गेटतिरवाट आइरहेको भिडमा अडेको छ । बेला बेलामा अगाडीको शनिश्चरे मन्दिरतिर पनि हेर्र्छु ।
मैले कुर्दा कुर्दै ४÷५ वटा संयुक्त यातायात छुटाइसकेको थिएँ । कहिले काँही बाहेक हरेक चोटी उनि त्यही न्युरोड गेटको भिडवाट निस्किन्थिन, अनि लाग्थ्यो लामो पर्खाइले विश्रान्ती पायो । शरीरमा आनन्दको रक्तसंचार हुन्थ्यो । कहिलेकाँही उनि नआउँंदा म साँझ ७ बजेसम्म यतिकै मान्छे गनेर बसिरहेको हुन्छु । अर्को दिन उनलाई हेर्ने इच्छा झन दोब्बर हुन्थ्यो ।
—–
असारको पहिलो हप्ता थियो सायद । अपीस अनामनगर भए पनि काम विशेषले सुन्धारा आएको थिएँ । अपिस छुट्ने समय भइसकेकाले सरलाई फोन गरेर म यतैबाट कोठा लागें भनेर कपनको गाडी चढ्न न्युरोड गेटअगाडी आएँ । दैनिकी सामान्य थियो । दिनहरु आप्mनै वेगमा सललल बगिरहेका थिए । साथीभाइले के छ नयाँ नौलो भनेर सोधे भने उत्तर उहि थियो, ‘उही सब पुरानो त हो ।’
संयुक्त यातायात आयो । गाडी चढेँ । भाग्यले सिट खाली रै’छ । भ्mयालतिर बसें । बस हाक्नै लागेको थियो, शनिश्चरे मन्दिरतिरबाट एउटा केटी कराउदै बाटो काटेर आई । ‘बस चढ्न कस्तो हतारो ट्याक्सीले झन्डै हानेको देखेर मन मनै सोचेँ, ‘‘एकछिनमा अर्को गाडी आइहाल्थ्यो नि यसरी दौडेर किन बाटो काट्नु ?’’ अलिकति रिस पनि उठ्यो । त्यो भन्दा बढी वास्ता गरिन । गाडी गुड्यो ।
जमलपछि गाडी अस्तव्यस्त भयो । म भ्mयालबाट बाहिरतिर हेर्दै भित्रको गज्याङगुजुङबाट टाढा हुन खोज्थें । काठमाण्डौको भिडभाड भागदौडसँग आप्mनो जीवनलाई मिलाएर हेर्थें । वाक्क लागेर आउँथ्यो । काठमाण्डौ आएपछिका दिनहरु सम्झिएँ । कलेजका दिनहरु सम्भेंm । विशेष स्मरणिय, मन हर्षले रमाएर यादगार भएको कुनै सम्झना ÷ घटना दिमागमा आएन । थियो होला, तर त्यो वेला आएन । म कसैको जिवनमा पसिन, कोही मेरो जिन्दगीमा पसेनन् । वा भनौं पस्न चाहे तर मैले त्यस्तो मौका दिइन । म साच्चै लाटो, सोझो थिँए सायद ।
कालोपुल आएपछि गाडीको भिड केही पातलियो । केही शान्तीको अनुभव गरेँ । केही निहाँले । म बसेको सिटको अर्को पट्टी छेउमा केटी मन्द मुस्कानमा थिइन । म फेरी भ्mयालवाट बाहिरतिर हेर्न थालेँ । केही कुराले ताने जस्तो लाग्यो । किन न हो किन फेरी टाउको घुमाएर उसैलाई हेर्न मन लाग्यो । लगत्तै फेरी हेरें । उही मुस्कान १ खुसीले प्रज्वलित आँखाहरु, लाग्छन् केही सुन्दर सपना अभैm देखिरहेका छन् ति आँखाले । आप्mनै शुरमा थिइन । अरुको वास्ता थिएन । मैले बारम्वार हेरीरहेँ । हल्का कालो वर्ण लाम्चो मोहोडालाई अद्भुत शितल मन्द मुस्कानले कति प्रकाशमय बनाएको थियो भने मेरो मनको कुनै कुनामा मैले बति बलेको अनुभव गरेँ । मेरो बारम्बारको हेराइले होला उनले पुलुक्क म तर्पm हेरिन । मैले झट्ट अर्को तिर हेरेँ । मुटुले २ चोटी बेस्सरी छातीमा हान्यो । एकछीनसम्म त त्यता हेर्दा पनि हेरीन । मुटुको गति सामान्य भएपछि पछि पनि छड्के पाराले हेरीरहेँ ।म कपन साततल्ले झर्दा उनि गाडी मै थिइन । सायद अलि मास्तिर होला ओर्लिने ।
त्यसपछिका प्राय दिनहरु म अपीस गेटैमा आउँने नेपाल यातायात छोडेर साँझमा न्युरोड गेट अगाडी ड्युटि बस्छु । उनिसँग प्राय भेट हुन्छ । म सँधै संयोगले भेट भएको जस्तो पार्छु । प्रत्येक चोटीको भेटपछी म मेरो सम्झनामा उनको तस्विर थप स्पष्ट भएको पाउँछु तर उसँग भेट्दा उनले म प्रति देखाउने प्रतिक्रियामा पहिले र अहिलेमा कुनै भिन्नता पाउँदीन । मैले उनको ध्यान आकृष्ट गर्ने कुनै काम अहिलेसम्म गरेको छैन, बोल्नु त परको कुरा १ उनि आउँछीन, एक निमेषको लागि आँखा ममा पर्छ, हेराइको भाव यस्तो हुन्छ कि ‘‘ए यो पनि रै’छ ।’’ हामी बिचको सम्बन्ध, परिचय त्यही एउटै बस प्रयोग गर्ने सहयात्रीको मात्र हो । म उनको व्यवहारमा पनि यही पाउँछु । चिन्न त चिन्छीन मलाई तर त्यही संधै गाडी चढ्दा सँगै परिने ‘केटा’ भनेर मात्र । मैले कति पटक उनको लागि खालि सिट छोडेको छु । सायद उनले कहिल्यै बुझिनन् । मैले उठेर यात्रा गरें, यसमा उनले आप्mनो भाग्य वा जितको प्रतिफल ठानिन् । म पनि उसैको जितको अनुभुतिमा सायद बढी खुसी थिएँ ।
उनि आइन । हल्का हरियो रंगको कुर्ता शुरुवाल र एक काँधमा झोला । श्रावणमा पहिलो चोटी लाएकी थिइन् त्यो रंगको कुर्ताशुरुवाल, मलाई अभैm याद छ । नजिकै आइन्, मतिर हेरेर मन्द मुस्कुराइन् । मलाई अनौठो अनुभुति भयो । पहिलो मुस्कान थियो त्यो मलाई देखेर ।
सुरुमा केही वुझिन वा धेरै वुभ्mन खोजें वा धेरै बुभ्mन चाहेर केही बुझिन । मैले बुभ्mन छोडिदिएँ । तर मनमा तनाव अनुभव गरेँ । केही उकुसमुकुस घाँटी सम्म आयो । तर ति मिठा थिए ।
उनि गाडी आउने बाटोतिर हेर्न थालिन । म अभैm उनले फालिदिएको एकचिम्टी हाँसोमा हराइरहेको थिएँ । रुमल्लीरहेको थिएँ । मैले त्यो छोटो मिठो हाँसोको अर्थ उनको अनुहारको भाव र व्यवहारबाट बुभ्mन खोजेँ । उही सनातन रुप, व्यवहार । मैले अर्थको अर्थ लाइन । मैले त्यसलाई वास्ता गरिन । मैले गुलियो चुस्न छोडिन ।
गाडी आयो । चढ्यौँ । आज बस निकै भिड थियो । दुवै उभियौँ । भिडले २ कुनामा परियो । बसभित्र पसिनाको अमिलो गन्ध व्याप्त थियो । तातो अमिलो पसिनाको गन्धले बस थप गुम्म थियो । म उही हाँसोको वरीपरी थिएँ । त्यसैले त्यो गन्धबाट टाढा थिँए । हाँसो सम्झीदा गन्ध हराउँथ्यो । आज यत्रो दिनपछि बल्ल आप्mनो लागि देखेको मुस्कानले पुरा दिन पुर्ण र सुन्दर भए जस्तो लाग्यो । मनको कुनै कुनामा त अनाम यो सम्वन्ध अनिश्चित कुनै गन्तव्यतिर एक पाइला सरेको जस्तो लाग्यो । अनुभुति जति अस्पष्ट भएपनि मिठा लागिरहेका थिए ।
वेला–वेलामा उनीसँग आँखा जुध्थे । उनको आँखा एकछिन मेरा आँखामा अडिउन जस्तो लाग्थ्यो, आँट गरेरै उनिसँग आँखा जुधाइराख्न चाहन्थँे । दुर्भाग्य त्यो एक निमेषको लागि मात्र हुन्थ्यो ।
सिटमा बसेका दाईले पुलुक्क मेरो अनुहार हेरे । चिने जस्तो त लागेन, खै किन हेरेका हुन् ? एकछिनमा फेरी मतिर हेर्दै भने, “भाइ फोन आइरा’छ ।”
बसको गज्याङगुजुङमा के थाहा पाउनु । मोवाइल भाइव्रेट मोडमा थिएन । गोजिमा हात छिराएर यसो हेरें सोनुको रै’छ । उठाउन मन लागेन । मोबाइल साइलेन्टमोडमा राखेँ । कोठा आउनै लागेको थियो । सोचें, “कोठामा पुगेपछी रिप्लाइ गर्छु ।”
सिफलको उकालोदेखि उनले सिट पाइन् । म उठिरहेँ सधैँ भैmँ । बस अभैm अस्तव्यस्त थियो । तर वातावरण आज सहज लागिरहेको छ । चाबेलमा एक हुल मान्छे ओर्लिए । म उनको नजिक गएर उभिन थालेँ । बस फेरी भिडले कोचमकोच भयो । एकछिनमा बस गुड्यो ।
अहिले म ठ्याक्कई उसको छेउमा थिए । उसलाई हेर्नुमा एउटा सितल अनुभव थियो । मिठास थियो । केही बलियो चिजले तानिएँजस्तो म एकोहोरो उसैलाई हेरिरहेको थिएँ । झन आजको उनको हाँसोले थप उसैमा हराईरहेँको थिएँ । उ व्याग खोतल्न थालि, फोन आएको रहेछ, ‘‘हेलो, म गाडीमा, रुम जान लागेको ……… यतिखेर१? ढिलो हुन्छ । ………….. ल ल म आएँ ।’’ हतार–हतार व्यागवाट कार्ड र पैसा निकाली र खलासीलाई गोपिकृष्ण वारी रोक्न भनि । खलासीले सिठ्ठी फुक्यो । गाडी रुक्यो ।
‘‘ल ल दिदी चाढै गर्नोस, जाम भइसक्यो ।’’
उनि हतार हतार बसवाट ओर्लिन । लगत्तै ठुलो आवाज आयो । मान्छे चिच्याउन थाले । मेरा मनमा अमिलो पस्यो । मुटु भारी भएजस्तो लाग्यो । बसका मान्छे ओर्लिए । म पनि ओर्लिएँ । बाहिर मान्छे चिच्याइरहेका थिए । भिड जम्मा भइसकेको थियो । “मान्छे हान्यो बसले”े, भिडवाट आवाज आयो । मेरो मुटुमा ढ्याङ्ग्रो बज्यो । खुट्टा काँपेजस्तो भो । भिड चिरेर हेरेँ । हरियो कुर्तासुरुवाल १ रगतमा लतपतिएका । मेरो होस उड्ला जस्तो भो । आँखा तिरमिराए । रिङ्गटा लाग्ला जस्तो भो । छातिमा केही उम्लिए जस्तो भयो । आँखाले केही ओकाल्न खोजेजस्तो भो । तर आशु बगाउन सकिन । आवाज निकालेर रुन सकिन । बिसाक्त अनुहार लिएर उही मुर्तिवत उभिरहेँ । एकछिन त त्यही भिडमा हराउन खोजेँ ।
पुलिसहरु आए । बस तोडफोड हुँदैथ्यो । ड्राइवरको अत्तोपत्तो थिएन । शवलाई ओम हस्पिटलतिर लगियो । म पनि यन्त्रवत भिडको पछि–पछि लागेँ ।
“कसलाई हानेको ? को रै’छिन ?” मान्छे सोध्दै थिए । मैले आपैmलाई सोधेँ, “को हुन उनि ? के नाम हो ? म सँग के सम्वन्ध छ उनको ?”
उत्तर कतैबाट पाउन सकिन । तर यसको मतलब के साच्चै म उनलाई चिन्दीन र ? हामिविचमा केही सम्वन्ध छैन ? म आपैm स्पष्ट थिइन । तर मनमा केही थियो, जसलाई म व्याख्या गर्न सक्दैनथें ।
फेरी त्यही रगतमा लतपतिएको शरीर हेर्ने आँट आएन । गेटमा त्यतिकै हल्लीरहेँ । अध्यारो भइसकेको थियो । कोठा जान मन लागेन । यहि अन्धकारमा आफुलाई लुकाउन मन लाग्यो । यही भिडमा हराउन मन लाग्यो । म सवै मान्न तयार थिइन । म वास्तविकतादेखि भाग्न चाहन्थे ।
भिड पातलिदै गयो । रात छिप्पिदै गयो । अस्पताल परिसरमा रुवाबासी चल्यो । सायद आफन्त आए होलान । मेरा आँखा भरिए ।म यी सबबाट भाग्न चाहन्थें । मेरा गोडाले यन्त्रवत मलाई कोठातिर हिँडाए । म घस्रिदै हिडें । कोतरिदै हिडें । पछाडी केही छुटे जस्तै लागीरहेको थियो । लाग्यो, मेरा जिन्दगीको एउटा पाटो हरायो ।म भित्रको एउटा ‘म’ को मलामी गएर फर्किरहेकोे थिएँ, लागिरहेको थियो भर्खर आर्यघाटमा कसैलाई खरानी बनाएर आएँ । अँधेरी एकान्तमा आँखाले भेल रोकीराख्न सकेनन् ।रोएँ । हृदयको कुनै कुनाबाट केही उद्घोष भएजस्तो लाग्यो । यो एकान्त अन्धकारमा चिच्चाएर भन्न मन लाग्यो, “हो, म उनलाई प्रेम गर्थें ।”
Wednesday, October 17, 2012
(स्रोत : रचनाकारको ब्लगबाट सभार )