व्यङ्ग्य कविता : मुखाँ हानु जस्तो

~प्रेम ओली~Prem Oli

अफिस गयो
काम गराउने घेर्ने
भ्याइ नभ्याइ गर्‍यो काम
हाकिमले ढिला सुस्ती भनि हेर्ने
साहायकलाई अह्रायो टेर्दै नटेर्ने
टेन्सनले एक प्याक तानु जस्तो
थुइक्क जागीर ! मुखाँ हानु जस्तो ।

जति राम्रो गरे पनि
पत्रकारको कलमले
सधै नराम्रो कुरो मात्र छेर्ने
मन्त्रीले कुरो कुन्थ्रो नबुझिकन
अफिमा बोलाएर केर्ने
हिजो अर्कै आदेश
आज अर्कै आदेश
मन्त्री पनि दिनहु निर्णय फेर्ने
टेन्सनले एक प्याक तानु जस्तो
थुक्क मन्त्रि बज्या ! मुखाँ हानु जस्तो ।

हाकिमकै आदेशमा
दुइ-चार दाम खेर्दा
धान खाने त्यो मुसो
चोट भ्यागुतोलाई पर्दा
टेन्सनले एक प्याक तानु जस्तो
थुइक्क जागीर ! मुखाँ हानु जस्तो ।

कुरेको तलव बोकी
बजार भाउ हेर्दा
महङ्गी र मागले
घाँटी सम्म बेर्दा
सरकारले हात बाँधेर
टुलुटुलु हेर्दा
टेन्सनले एक प्याक तानु जस्तो
थुइक्क महङ्गी ! मुखाँ हानु जस्तो ।

खाने खुवाउनेहरू सधैं
भन्सार, अध्यागमन पारिने
आफूलाई त खै किन किन
सधै बिना बिभाग मात्र सारिने
टेन्सनले एक प्याक तानु जस्तो
थुइकक सिस्टम ! मुखाँ हानु जस्तो ।

दाङ

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.