~बिष्णु सुवेदी ‘दोलखे’~
पुरानो टालोमा
एक मुट्ठी सातु पोको पारेर
एकाबिहानै
लाग्छ ओरालो नदी किनार !
नाङ्लो जत्रो मन लिएर
र्झछ तल-तल
र्फकंदा चाल्नो हुन्छ उसको मन
छिया-छिया खुइय्य र्फकन्छ ऊ
निरस र्फकन्छ ऊ !
सेतै फुलेको कपाल
चाउरी परेको गाला
धमिलो देख्ने एक जोडा आँखा
ओहो !
आधा इतिहास
आधा वर्तमान
माछा मारिरहेको बूढो माझी !
घरी उर्लन्छ नदीको पानी
घरी उर्लन्छ
त्यसै गरी माझीको मन !
जालेै छेउबाट तर्केर लाग्छ
एउटा बडेमानको माछो
जसरी गयो बर्षौंदेखि
उसैलाई छलेर उसको भाग्य !
##
बिष्णु सुवेदी
लेउ परेको ढुङ्गामा
टुसुक्क बसेर
सोचिरहन्छ ऊ,
कसरी खेल्छन् माछाहरु पौडी !
कसरी बाँच्छन् पानीमुनिको घरमा –
सिनेमा जस्तो देखिन्छ
बूढो माझीको आँखामा
बूढो माझीको अनुहारमा
उदासीनता र गम्भीरता
के नै फरक छ र
पानीमुनि बसेको माछा
र पानीमाथि बसेको माझीमा –
नदी किनारामाथि
दौडिरहन्छन् रङ्गीचङ्गी गाडीहरु
जसरी दौडिरहन्छन्
उसका छली सपनाहरु !
चोपलिरहन्छ
माछाको कत्लाजस्तो
पट्पटी फुटेको छाला
चोपलिरहन्छ पानीको छालमा
र गुनगुनाउँछ कस्तो खस्रो जीवन
ठ्याक्कै खोलाको बगर !
भोकै/तिर्खै
माछा कुरिरहनु
जाल जाँचिरहनु
बालुवा दौडिरहनु
कति निरस बाँच्छ
माछा मारिरहेको बूढो माझी,
दिउँसै देख्छ सपना
##
बूढो माझी
पानीमाथि नै सुतेर
पानीमाथि नै कुदेर
पानी ओढ्छ ऊ
पानी नै ओछ्याउँछ ऊ !
जीवन धान्न साँच्चै गार्हो रैँछ बाइ ……. !
सम्भिmन्छ यतिबेला
कहिले आए खुसीहरु –
झयाप्प लाग्छ
एक्कासी आकाशभरि बादल
एकैछिनमा र्झछ आकाशबाटै खोला
माछा मारिरहेको बूढो माझी
अँध्यारोबीच थरर……… काम्छ ।
कठै ! त्रिशुली न हो, राप्ती न हो
माझी बूढाको मन जस्तै
एकै क्षणमा आउँछ भलबाढी
र लैजान्छ माछा, जाल र बूढो माझी
सबै – सबै, पर पर ….!
सुन्नु भो, ए धनी मान्छे !
थोरै खुसीका लागि
अलिकता भोकका लागि
अलिकता ओखतीका लागि
कसरी बग्यो हँ ! मान्छेको जीवन
तपाईंहरु अझै पनि गर्दै हुनुहुन्छ के –
मोलमोलाई एक पाउ माछामा
एक रुपैयाँका लागि …? !
(स्रोत : सम्पदा अन्वेषण तथा विकास मञ्च, नेपालले प्रकाशन गरेको कवि विष्णु सुवेदीको कविता संग्रह “बूढो माझी” बाट सभार)