~डा. गोविन्दराज भट्टराई~
अघिल्लो महिना एकजना अन्तर्वार्ताकारले मेरो सामू एउटा सन्देह उभ्याइन् “यसरी अखबारी लेखनपट्टि समर्पित भएर लाग्दा तपाईको सिर्जना ओझेल पर्ने हो कि -” त्यो दिनसम्म म जे लेख्छु सिर्जना त्यही होला भन्ने विश्वासमा थिएं । मैले लेखनका यी प्रकृतिबारे भेद गरेको पनि थिइन । तन्मयतासाथ लेख्थें, व्यग्रतापूर्वक त्यसको प्रकाशन मितिको प्रतीक्षा गर्दथें । टेलिफोनद्वारा धेरैलाई सुनाउंथे “फलाना बारको अखवारमा मेरो यस्तो आर्टिकल आउंदैछ, पढ्न नभूल्नू होला ।” अनि त्यो छापिएको बिहान मेरो लागि अर्कै घाम झुल्किन्थ्यो । मानिस व्यस्त छन्, प्रतिदिन दुइ मनजति कागजमा नेपाली अक्षर छापिन्छन् तर पनि मनमा एउटा भोक उत्पन्न हुन्थ्यो- मेरो यो लेख सबैले पढिदिऊन्, त्यसपछि अलिकति प्रशंसा मिसिएको प्रतिक्रिया सुन्न पाइयोस् । त्यसपछि म अधैर्य भएर अबेरसम्म त्यसैको प्रतीक्षा गर्दथें ।
यसरी अखवारको स्तम्भले दिने उर्जाले सात दिन, पन्ध्र दिन तानिइरहन्थें । त्यसपछि त्यो धूमिल हुन्थ्यो, फेरि अर्को रच्थें । कहिल्यै पनि निर्धक्क हुन पाइएन । सधैं एउटा कर्तव्यवोधले खेदिर≈यो । मेरो रचनाको शीर्षक अनाकर्ष हुने हो कि, रचनाभित्रको सामाग्री सारहीन हुने हो कि, अरुचिकर शैलीले गर्दा यो अपठनीय हुने हो कि, मैले अघिका स्तम्भमा कमाएको शाख एकैचोटि समाप्त हुने हो कि जस्ता चिन्ता र भयका मुıामा निरन्तर डुबिरहन्थें, रातोदिन म असुरक्षति हुन्थें- मैले भन्न खोजेको मुख्य कुरा सम्पादकले काटिदिने हुन् कि, शीर्षक बललिदिने हुन् कि, छपाई अशुद्ध हुने हो कि – पाठकहरूले तिखो आक्रमण गर्ने हुन् कि – पीरका पर्वत ठडिन्थे । मेरो भन्दा गोपिको स्तम्भ बढी रुचिकर भएर बिस्तारै म यस पत्रिकाबाटा हट्ने हुं कि –
वास्तवमा यस्ता चिन्ताले खेदेकोबेला राती अवेरसम्म बस्थें, झिस्मिसेमै उठ्थें, कम्प्युटरमा घण्टौंसम्म झुण्डिंदै, अक्षरहरू केलाउंदै, विचार काट्दै, फेरि टांस्दै, एकपल्ट लेखेपछि फेरि अक्षरको धुलो बढाथें, पुछ्थें, हम्किन्थें, निफन्थें, भथें, तौलिन्थें, नमिलेकालाई फुलेका रौंजस्तै चिम्टाले उखेलेर निकाल्थें, नयां अलि टल्किनेखालका राख्थें । अनि सस्वर पढ्दै तीबाट हुने ध्वनीलाई मनले माम्थें पनि- यहां गति उत्पन्न हुनुपर्छ । मेरो लेख शब्दहरूको बिस्कुनमात्र होइन, यसबाट एउटा र्सार्थकता उत्पन्न हुनुपर्छ, यो पठनीय र सकारात्मक पनि हुनुपर्छ । यो निर्भीक र प्रष्ट पनि हुनुपर्छ । यी कुरा सम्झेर स्तम्भ लेख्न बस्थें तर कहिलेकाहिं शब्दसंख्या नपुग्ला कि भन्ने डरले रोकिंदै गन्दै गर्थें, कहिलेकाहिं मनमा विचारहरू बग्दाबग्दै धेरैधेरै पर पुगिसकेको हुन्थें । तर केवल आठसय त्रिपन्न शब्दमा कतै नकाटिएको, नखुम्चिएको, नदोब्रिएको, नटालिएको सग्लो रचना तयार हुनु पथ्र्यो । अनि अधिक भएका शब्द काट्तै जान्थें, रचनालाई ताछ्तै जान्थें, त्यो अत्यन्तै पीडादायी कर्म हुन्थ्यो किनकि त्यसरी मैले यो रचना अपाङ्ग बनाएं कि जस्तो लाग्थ्यो । त्यस्तो बेलामा मात्रै यो अखवारले मेरो स्वतन्त्रता निलिदियो भनेर मनमनै दाह्रा किट्थें । कहिलेकहीं अपूग भएर तीनसय चपास शब्द थप्नु परेको रचना पढ्दा पनि मलाई घुंडा टालेको सुरुवाल भिरेर हिंडेजस्तो हुन्थ्यो ।
यसरी अनेक चिन्ता बोकेर समय, स्थान सम्पादक, पाठक, विषयवस्तु आदिका भारी मनमा घिस्याउंदै म कम्प्युरमा झोक्राउंथे, म त्यसैलाई सिर्जना ठानिरहन्थें । पत्रकारले प्रश्न गरेपछि मलाई थाहा भयो- वास्तवमा त्यो त्यति स्वतन्त्र सिर्जना थिएन जति एउटा उपन्यास वा आफूखुसीको निबन्ध, समालोचना लेख्न बस्ता मनमा हुन्छ । म यसमा आफूखुसी, शक्तिले भ्याएसम्मको लम्बाइमा तन्किन सक्तिनं, समय पर र्सार्न सक्तिनं, आजका पाठकलाई अरूको कुरा सारेर ढांट्न सक्तिनं, कुरा दोहोर्याएर पाठकलाई झर्को लगाउन सक्तिनं । म यो म्याराथुन दौडमा छुट्ने हुं कि, घोडेजात्रामा दौडिंदादौडिंदै टुंडिखेलमा पछारिएको सिपाहीजस्तो हुने हुं कि – यस्ता विघ्न भयहरू भिरेर कुध्नु एउटा ठूलो चुनौती हो, खतरा हो, एडभेन्चर पनि । हेर्नोस्, स्तम्भ लेख्न कति चिन्ता र पिरहरूको खेती गर्नु पर्छ ⁄
बीपीले जेल जर्नलमा तीन चार ठाउंमा भनेका छन्- आज अखबार आउंछन् तर मलाई तीनमा रुची छैन । वास्तवमा जेलभित्रको अन्धकारमा एउटा चिन्तक राजनेतालाई दैनिक वा साप्ताहिक प्रकाशनप्रति ठूलो आकर्षा हुनुपर्ने≤ तिनीहरूले ल्याउने एउटा उत्तेजक आनन्दको प्रतीक्षा हुनुपर्ने । तर उनलाई त्यस्तो हुदैन । उत्तेजनाको सानोसम्म लहर उत्पन्न गर्ने घटना नघटेको बेला’ पनि उनी क्षणभङ्गुर दैनन्दिनी र सूचनाका भारी बोकेर आउने अखबारप्रति त्यति आकृष्ट हुदैनथे किनभने त्यहां चिन्तनको ठाउंमा चिन्ता बढी हुन्छ, बिस्तारको ठाउंमा बेग हुन्छ, उपन्यासको आकारको घटना सुकेर बोनर्साई वृक्षजत्रो हुन्छ । त्यसैले उनले पाश्चात्य र पूर्वीय साहित्य दर्शन र विचारका सम्वाहक सी. एम. जोडको प्रतीक्षा गरे, नेहरूको गरे, भिक्टर ≈युगोको, बेकनको, फ्रायडको, जेपीको, डेकार्टरको, गीताको, उपनिषदको, कामुको, कालीदासको, टेनिशनको, टोयन्बिको, ज्वीगको, ताराशंकर बन्दोपाध्यायको, हेमिङ्वेको, गरुदत्तको, पाष्टरनाकको । यस्ता कृतिको प्रतीक्षामा अधीर रहने उनीले सामामयीक पत्र-पत्रिकाप्रति एउटा निस्पृह भाव प्रकट गरेका छन् ।
मैले थाहा पाएं- लामो तपस्याको धैर्य नभएकाले सिर्जना छोडेर म अखबारभित्र लागेंछु । लामो समय लगाएर म एउटा शक्तिशाली कृति निकाल्थें र ठूलो यश कर्ीर्ति कमाउने थिएं तर म अधैर्य भएर समयलाई ससाना टुक्रामा अहिले नै बेचिरहेछु, त्यस्तो लेखनबाट कमाउन पाउने पुरस्कार पैसापनि खुıामा अहिल्यै लिंदैछु किनभने मेरो निम्ति यो एउटा मनोरञ्जन भएको छ, आदत भएको छ, क्षणिक उत्तेजनाजस्तै हप्ताहप्ता मलाई पछयाइरहने सपना भएको छ । म सधैं घरमा, बाटामा, अफसिमा, रत्नपार्कमा स्तम्भको बारेमा सोचिरहेको हुन्छ- कसरी एउटा सिङ्गो विचारलाई केवल आठसय त्रिपन्न शब्दमा अटाउने होला – यो चिन्ताले र ठूलो काम गर्ने मेरो क्षमता यसरी चानचुनमा बिक्री गर्दाको क्षण सम्झेर यो मनमा उठेको उत्पात किसिमको क्षयवोधले मलाई गलाइरहेको हुन्छ । आफ्ना ठूल्ठूला सपनाहरू धुलो नपारी, दासत्वको सीमाभित्र मनलाई नखांदी तपाईं स्तम्भलेखक बन्नै सक्नुहुन्न≤ तर एकपल्ट स्तम्भलेखक बनिसकेपछि आजीवन यसबाट फुक्लिन सक्नुहुन्न, यो क्षणिक उत्तेजना उमार्ने खेलको ब्यसनमा फैलेपछि तपाईं त्यो भन्दा राम्रो र्सजक बन्न सक्नुहुन्न । मैले अन्तर्वार्ताकारलाई अन्त्यमा त्यही जवाफ दिएं ।
(स्रोत : Nepalikalasahitya)