बाल कथा : बोकाको आत्मकथा

~विनय कसजु~Binay Kasaju

मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पाहोरै हो । तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ ।

रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर हर्ुर्केको हुँ । मेरी आमाको पेटबाट एकै बेतमा हामी चार वटा पाठापाठी जन्मेका थियौँ । दुइटा निख्खुर काला थिए एउटा सेतो थियो । म भनेँ मिर्गजस्तो सुनौलो र बीचबीचमा सेतो टाटेपाटे थिएँ । मेरो निधारमा त्रिशुलजस्तै सेता तीन वटा धर्का थिए ।

रामुले मलाई निक्कै माया गथ्र्यो । मलाई बोकीबोकी मेरी आमाको छेउमा लैजान्थ्यो र दूध चुस्न लगाउँथ्यो । दूध ख्वाउन झिँजो लागेर आमा भाग्न खोजिन् भने रामुले समातेर मलाई दूध खान सघाउँथ्यो ।

हामी ठूला भएपछि एकएक वटा गरी बजै अर्थात् रामुकी हजुरआमाले अरु तीन वटालाई बचिदिइन् । तर मलाई रामुले बेच्न दिएन । मलाई बेच्न खोज्यो की रामु मेरो घाँटीमा झुण्डिन्थ्यो र मलाई लैजान दिन्नथ्यो । धेरै पटक बजैले मलाई किन्न आउनेसँग लिएको बैना फर्काएकी थिइन् । त्यसपछि बजैले कहिल्यै मलाई बेच्ने कुरा गरिनन् ।

मलाई त्यस्तो माया गर्ने रामु काठमाडौँ गएको दर्ुइ वर्षभइसकेको थियो । रामु गएदेखि मेरो खेल्ने साथी नै छैन । बनमा भैँसी चराउन जाँदा रामुले मलाई पनि सँगै लैजान्थ्यो । हामी दिनभरि सँगै हुन्थ्यौैँ । ऊ भैँसीको आङमाथि बसेर मैले घाँस खाइरहेको हेथ्र्यो । धेरै पटक उसले मलाई चितुवा र स्यालबाट जोगाएको छ । मसँग भुल्दा भैँसी खेतमा पसेर रामुले पिटाइ खानु परेको छ ।

एक पल्ट रामुले मलाई पनि भैँसीमाथि चढाउन खोज्दा भैँसी बिच्केर हामी दुबैको झण्डैले खुट्टा भाँचिएको थियो । चरिरहेको भैँसीमाथि रामु आरामसाथ सुतेको, भैँसीमाथि बसेर खोलामा नुहाइदिएको हर्ेदा मलाई निक्कै मजा आउँथ्यो । त्यस्तो बेलामा म पनि खुशीले उप|mन्थेँ । तर भैँसीको नजिक जान र पानीमा बुड्न मलाई डर लाग्थ्यो ।

गाउँका अरु केटाकेटीहरु स्कुल जान्थे, तर रामु स्कुल जान्नथ्यो । उसलाई स्कुल पठाउन कर गर्ने कोही थिएन । बजैलाई उसले टर्ेर्दैनथ्यो । ऊ स्कुल गयो भने गोठका बस्तुभाउ हर्ेर्ने कोही पनि हुँदैनथ्यो ।

दर्ुइ वर्षघि रामुको मामा गाउँमा आएका थिए । भांजा पढाइमा नलागी गोठालो बनेको मामालाई कत्ति पनि चित्त बुझेन छ । उनले रामुलाई फकाईफकाई आफूसँगै काठमाडौँ लगे ।

रामु गएपछि म धेरै दिन रोएर बसेँ । तर पछि बानी पर्दै गयो । बजैले छिमेकीहरुसँग रामुको कुरा गरेको सुन्थेँ । रामुको मामाको काठमाडौँमा ठूलो घर छ रे । रामु स्कुलमा पढ्न थालेको छ रे । उसले अंग्रेजी बोल्न सिकिसक्यो रे । यस्ता कुरा सुन्दा मलाई खुशी लाग्थ्यो र कहिले ऊसलाई भेट्न पाउँछु होला भनेर कल्पन्थेँ ।

पोहोरको दशैँमा पनि ऊ घर आएन । बजै आफै मलाई लिएर काठमाडौँ जान्छु भनेको पनि जानसकिनन् । यस पाली पनि रामु दशैँमा घर नआउने खबर आएपछि बजैले मलाई लिएर जाने निधो गरिन् । मलाई काठमाडौँ जान पाएकोमा खुशी भएको देखेर मसँगै चर्ने मेरा दौँतरीहरु भन्थे, “काठमाडौँ गएपछि कोही पनि र्फकन्न रे” । म जान पाएकोमा इख गरेर यसो भनेका होलान् । डराएर नजाओस् भन्ने चाहेका होलान् । भन्नेले भनुन् ।

फूलपातीभन्दा केही दिनअघि बजैले काठमाडौँ जाने तयारी सकिन् । रामुको लागि सेल रोटी, कुराउनी र फलफूल तरकारीको भारी कसिन्, अनि एकदिन भरियालाई अघि लगाउँदै मलाई डोर्‍याँदै बजारतिर लागिन् ।

एक घण्टाजति हिँडेपछि बजार आइपुग्यो । बस स्टेसनमा पुगेपछि बजैले काठमाडौँ जाने बस कुन हो भनेर सोधिन् । टिकट किनिन् । भारी बसको छानामा राख्न लगाइन् । म बसभित्र जान निक्कै हतारिएको थिएँ । तर एक जना मानिस आएर मेरो बाटे छेक्दै भन्यो, “यो नाइट बसमा पनि कहाँ खसी बोकालाई बसभित्र राख्ने – यसलाई त डिक्कीमा राख्ने हो ।”

त्यो मान्छेको कुरा सुनेर बजैले मेरो दाम्लो त्यो मानिसलाई दिइन् । उसले मलाई जबर्जस्ती डोर्‍याउँदै बसको पछाडि लग्यो र जुरुक्क बोकेर सामान राख्ने ठाउँमा राखिदियो । त्यहाँ मैले कहिल्यै नदेखेका, नचिनेका चारपाँच वटा खसीबोका थिए । तीमध्ये कसैका निक्कै लामा सिङ थिए भने कसैको दाह्री निक्कै लामो थियो । उनीहरु पनि दशैँ मनाउन काठमाडौँ जान लागेका रहेछन् ।

एक छिनपछि डिक्कीको ढोका बन्द गरियो र बाहिरबाट ताल्चा मारेको सुनियो । भित्र घोर अन्धकार भयो । बस हल्लियो र गुड्न थाल्यो । पहिलो पटक बसमा बसेकोले होला मलाई निक्कै डर लाग्यो । तर रामुलाई भेटन पाउने कुराले मेरो डर हरायो ।

पूरै रात बितेपछि हामी बसेको डिक्कीको ढोका खुल्दा विहानको उज्यालो देखियो । हामी काठमाडौँ आइपुगिसकेछौँ । बाहिर निस्कँदा जाडो भयो । मलाई लिन पक्कै पनि रामु आएको होला भन्ने मलाई लागेको थियो । बजैलाई लिन आएका रामुको मामालाई मैले चिनेँ । मामासँगै आएको ओँठमा जुँगाको रेखी बसेको एउटा केटोले बजैलाई हातमा ढोग्यो । ऊ रामु नै हुनर्ुपर्छ भन्ने मलाई लागेको थियो । तर उसले मलाई अंगालो मार्न नआएकोले मलाई शंका लाग्यो । खेतका कान्लामा नांगै खुट्टा दगर्ुर्ने रामु त्यो पक्कै पनि होइन किनकि त्यो केटाका खुट्टामा टल्कने जुत्ता थिए । भैँसीका आँगमा चढेर खोलामा नांगै नुहाउने रामुको जिउ कस्तो छ भन्ने मलाई राम्ररी थाहा थियो । तर त्यो केटाको जिउमा सुकिलो लुगा थियो । मतिर कर्के आँखाले हर्ेदा पनि त्यो केटो मेरो प्यारो साथी रामु नै हो भनेर मैले अडकल नै गर्न सकिन ।

उसले मतिर औँल्याउँदै बजैलाई भन्यो, “किन ल्याउनु भएको यो तीन धर्केलाई – कहाँ राख्ने यसलाई – शहरमा घाँस पाइन्न, के ख्वाउने -” उसको कुरा सुनेर म छाँगाबाट खसेझैँ भएँ । बजैले के जवाफ दिइन् मैलै सुन्न पाइन, सुन्ने मन पनि भएन । रामुले रिसले खुट्टा बजार्दै गरेको देखेँ । मलाई त्यहीँबाट गाउँमा फर्कुँजस्तो लाग्यो । तर र्फकने कसरी – भागूँ भने मोटरले किच्ला भन्ने डर । कहाँ जाने – मलाई काठमाडौँ आएकोमा पछुतो लाग्नथाल्यो । बाध्य भएर म रामुको पछिपछि लागेर उसको मामाको घरमा पुगेँ ।

मलाई हर्ेन मामाको घरका केटाकेटीहरु आए । साना केटाकेटीहरु “खसी आयो, दशैँ आयो । रामु दाइको खसी आयो” मनेर कराए । मेरो ढाड छामेर मोटै रहेछ भन्दै रामुका मामा मुसुक्क हाँसे ।

“खसी त आयो तर यसलाई राख्ने कहाँ हो – कसैलाई पाल्न दिनर्ुपर्छ कि -” रामुकी माइजुले मामातिर हर्ेर्दै भनिन् । बजैसँग छुट्टनिु पर्ला भनेर मलाई डर लाग्यो ।

“खै, यो दशैँको बेलामा कसले पाल्छ र ! अफिसको पाले पनि छुट्टी लिएर घर गइसक्यो । अब जसोतसो यहीँ कतै राख्नुपर्ला ।” मामाले भनेको सुनेपछि म अलि ढुक्क भएँ ।

उनीहरुको कुरा सुन्दा मामाको घरभित्र म पस्नै नहुने हो कि जस्तो लाग्यो मलाई । भित्र के रहेछ भनेर हर्ेन मन लाग्यो । ढोका नजिक गएर चियाएँ । भित्र भुइँमा कतै पनि ढुंगा, माटो वा इँट बिछयाएको रहेनछ । ढोकैदेखि बाक्लो लचकलचक लच्कने गलैँचा ओछयाएको रहेछ ।

केही बेर छलफल गरेपछि ढोकाभित्र भरेङको छेऊमा गलैँचामाथि ठूलो प्लास्टिक ओछयाए मलाइ भरेङको बारमा बाँधेर राखे । मलाई भोक लाग्न थाल्यो । तर त्यहाँ हरियो घाँस थिएन । गमलामा फूलहरुमात्र थिए । आगनमा सानो टुक्रा जमिनमा हरियो दुबोजस्तो घाँस देखेँ । काठमाडौँका मानिसहरु गुन्द्रीजत्रो जमिनमा भए पनि हजारौँ रुपैयाँ पर्ने अस्टे्रलियन दुबो रोप्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् भनेको सुनेको थिएँ । सायद त्यो त्यही दुबो होला । मलाई त्यस्तो दामी दुबो खान दिने कुरा पनि भएन । अब कसरी भोक मेट्ने –

राती सबैले खाना खाइसकेपछि मलाई पनि खाने कुरा ल्याइदिए ( दाल भात र उब्रेको तरकारी । मान्छेले खाने कुरा बोकाले कसरी खाने – तैपनि भोकको सुरमा दर्ुइचार गाँस खाएँ । रात छिप्पिँदै गएपछि मलाई भोकले चाप्न थाल्यो । गाउँको हरियो घाँस सम्झेर अनि भोकले आत्तिएर रुन कराउन थालेँ ।

म कराएकोले घरका मानिसहरु सुत्न पाएनछन् । रामुको मामाले तल ओर्लेर बत्ती बाले । भुइँभरि मेरो बक्र्यौला छरिएको, पिसापले गन्हाएको र गलैँचा भिजेको देखेर उनी चिच्याउन थाले, “हेर रामु, त्रि्रो बोकाले त बर्बादै गरेछ । लौ यसलाई झट्टै बाहिर राख्नुपर्‍यो ।”

रामु पनि आँखा मिच्दै आइपुग्यो । उसले भरेङको बारमा बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो । बाहिर रामु र म एक्लै भएपछि उसले मलाई माया देखाउला, मेरो कुरा सुन्ला भन्ने आशले म कराउन थालेँ । तर रामुले रिसाउँदै मलाई लात्तीले भकर्ुन थाल्यो । म झन ठूलो स्वरले कराउन र रुन थालेँ । रामुले मोटो लौरो खोजेर ल्यायो र मलाई बेस्सरी पिट्न थाल्यो । मलाई पनि रिस उठयो । म पनि रामुमाथि जाइलागेँ । ऊ भुइँमा पल्टयो । उसको हातबाट मेरो दाम्लो छुटयो । यही मौका छोपी म त्यहाँबाट भागेँ ।

मलाई मेरो गाउँ जाने बाटो थाहा छैन । तर म भाग्दैछु । जसको गाउँमा भए पनि पस्दैछु । सहरदेखि सकेसम्म टाढा जाँदैछु र दशैँमा काठमाडौँ जान हुन्न भन्ने खबर जताततै पुर्‍याउन पाए अरु बोका खसीको भलो हुन्थ्यो भनेर आफ्नो कथा सुनाउँदैछु ।

(स्रोत : कोपिला, कान्तिपुर बालकोसेली २०५९ असोज ११)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.