~राशि पाण्डे~
आकाश रातो हुन लगेको छ
आकाशमा आगो लागेको छ
यो सूर्योदय वा सूर्यास्तको लाली होइन
नवविवाहिताको सिउँदोमा
घोप्टाइएको सिँदुर पनि होइन
वसन्तपूर्णेको उल्लासपूर्ण
रङ्गको खेल पनि होइन
तर किन ब्रम्हमाण्ड रातो भै दिएको छ?
आकाशभरि रगत फैलिएको छ?
होइन, आगो लागेको आकाश होइन यो
आकाशमा आगो लागेको पनि छैन
आकाशमा रगत फैलिएको पनि छैन
यो त केवल आकाश ग्रहण हो
पृथ्वीको छायाँ आकाशमा परेको छ
रगतले रङ्गिएको पृथ्वी
आकाशमा देखिएको छ
रक्ताम्मे पृथ्वी आकाशमा
प्रतिबिम्बित भएको छ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)