~विजय योजीत~
फैसला जो तिम्रो सदर बन्छ भोली ।
मात्र कोही हाँस्ने खबर बन्छ भोली ।
सल्किएका झिल्का निभाएर जाऊ
पाउ जल्ने अर्को सफर बन्छ भोली ।
हूँ म पासो टेक्ने छ आधार काँडा
हल्लिएमा थोरै असर बन्छ भोली ।
नाघ्न सक्छौ संघार कुलेसो छ सानो
भत्किएमा आँगन नहर बन्छ भोली ।
तैरिदै छौ आँखा भरी आज हाँस्दै
हाँस्न खोजे मैले बगर बन्छ भोली ।
बहरे : खफीफ
बिश्राम : ६ / ६
*रुक्न फाइलातुन् / मुस्तफ्इलुन् / फाइलातुन्
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)