~श्रीबाबु कार्की ‘उदास’~
कैयौँपटक,
एकै दिनमा
कैयौँ पटक
मेरो पकेट मारियो
म निरास एवम् हतास भएँ ।
कहिले झोलाबाट
कहिले खल्तीबाट
कहिले मनबाटै
पकेट मारियो
एकदिन
झोला, पकेट र मनमा
भरी–भरी
दुःख पीडा र अभाव हालेर हिँडे
त्यस दिन भने अहँ,
कसैले पकेट मारेनन् ।
यतिबेला–
म पकेट नमारेकोमा निरास छु ।
झुले– २ दोलखा
(स्रोत : Fitkauli)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.