माग्दैछु म दुई थोपा जहर तिमीसँग
तरिन्न भो प्रेमको यो नहर तिमीसँग
मलाई हेर्ने आँखाले अरूलाई हेर्दा लाग्यो
बिनसित्ति जुधाएछु नजर तिमीसँग
तिम्रै चोक आजभोली बिरानो भो मलाई
घुम्नेछैन एकलास यो शहर तिमीसँग
पिरतीको साक्षी खोज्न मन्दिर चहारेर
पुज्नेछैन देउता भनि पत्थर तिमीसँग
एउटै थियौ मसँग त तिमी मात्र तिमी
लामै होला मायालुको लहर तिमीसँग
(स्रोत : Suresh Badal’s Facebook )

