कथा : मैले श्रीमती नबेचेको भए हुन्थ्यो

~डा. गोबिन्दसिंह रावत~Gobinda Singh Rawat

अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिए। काभ्रे पलाञ्चोकको मान्छे काठमाडौं हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर विभिन्न तालिम, गोष्ठी, बैठक र अनुगमनको नाममा भारत, थाइल्याण्ड, चीन, जापान, मलेसिया, दक्षिण कोरिया, ईजिप्ट, जर्मनसम्म पुगेको थिए । अमेरिका आउन नचाहने मानिस विरलै होलान । अमेरिकामा पनि म एउटा ट्रेनिङ्गको लागि कार्यालयबाटै खटिएर आएको थिए अनि अहिलेसम्म खटेको खटै छु । यहाँ आएपछि जबरजस्ती पत्रकार बनेर नेपालबाट कागजपत्र जोगडजागड गरेर असायलम लिएको थिए।

दुई वर्षपछि श्रीमती पनि यही नै भेटियो । उनी पनि कुनै सामाजिक कार्यकर्ताका रुपमा पाताल प्रवेश गरेकी रहिछन् र यहाँ स्थाई बस्ने उपाय खोज्दै रहिछन् । मैले उनलाई पनि म जस्तै असायलम दिलाउन उपायसहित सहयोग गरेर कागज हात पारी दिए । यसरी हामीबीच भेटघाट बढ्दै गएपछि मन वचन र कर्मले एकअर्काको साथ दिदैजाने किरियानै खाएपछि विरुतारै विरुतारै हामी एक भयौं । कानूनी रुपमा भने हाम्रो विहे भएको छैन । अमेरिकन स्टाइलमा लिभिङ्ग टुगेदर भएकोले नेपाली समुदायहरुले कुरा काट्ने गरेको बारे मैले पनि सुनेको छु । तर छु मतलब भन्दै हामी सँगै बस्दै आएका छौं र बसी रहने छौं । हामी आफ्नो परिचय श्रीमान–श्रीमती भनेर दिन्छौं ।

असायलम लिएकोले नेपाल जानबाट एक प्रकारले हामी बञ्चित जस्तै छौं । तर नजानुको कारण हामी स्थापित हुन नसकेर हो । स्थापित भएर भारतको बाटो नेपाल गएर भ्mयाईकुटी भ्mयाईकुटी भ्mयाई गरेर बिहे गर्ने अभिलाषामात्र नभएर हामी दुवैको योजना पनि छ । त्यसैका लागि हामी मिहिनत गर्दैछौं । त्यसैले सन्तान पनि नजन्माएको भन्दा अत्युक्ती नहोला । गेस स्टेशनमा काम गरेर होला आफ्नै एउटा गेस स्टेसनको चाहनामा बाँची रहेको थिए । मेरी श्रीमतीको पनि त्यहीनै चाहना थियो । अनि त सबै ठीक हुने विश्वास लिएर हामी अगाडि बढी रहेका थियौं ।

म आएको पनि चार वर्ष भईसकेको छ । यहाँ आएर अरुहरु जति रमाए पनि हामी भने रमाउनै सकिरहेका छैनौं । प्रवेशिका उत्र्तीण गर्नासाथ सरकारी जागिर खान थालेकोले निवृतिभरण पाक्ने पाक्ने बेलामा अमेरिका आउनु परेको थियो । हाकिमहरुलाई मिलाएर फकाएर बेतलबी विदा र अध्ययन बिदा थप्दै सेवा काल पु¥याएर कम से कम निवृतिभरण त खान पाइएला भनेको पनि नयाँ मन्त्री आएपछि संविधान बनाउन छोडेर विदेशमा डलर खानेहरुको फेहरिस्त बनाउनमा नै व्यस्त भएर मेरो योजनामा पनि तगारो लगाई दिए पछि नेपाल फर्केर जान पनि सकिएन । रातभरी गैस स्टेसनमा काम गरेर थाकेको मान्छेलाई दिनभरी कसैले बोलेको पनि झर्को लाग्ने ग¥थ्यो । श्रीमतीको फेरी आप्mनै रामकथा छ । छरछिमेकका बच्चाहरुलाई जम्मा गरेर बेबी सिटर बनेकी छिन् । यसरी चलीरहेको हाम्रो जिन्दगानीमा अचानक भाग्यले ढोका ढकढकाउन थाल्यो । ढोका खोल्दा गरगहनाले सजिएकी साक्षात लक्ष्मी दैलोमा देखेपछि अरु के चाहियो त ।

म र श्रीमतीको एउटै चाहना, ईच्छा, आकाक्षा भनु वा अभिलाषा थियो । ग्यास स्टेसन किन्ने । कम से कम दुई लाख डलर चाहिएको थियो । नेपालको घरखेत बेचेर केही पुञ्जी जम्मा गरे पनि चाहिएजति बनाउन सकेका थिएनौं । त्यसैले विदाको दिन पनि कतै काम गर्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा हामी दुवै रहेकोले चिनेजानेका मित्रहरुलाई जानकारी गराईरहेका थियौं । यस्तै परिथ्तििमा सुमन भाइले यो प्रस्ताव लिएर आउनु भएको थियो । प्रस्ताव भन्दा पनि केही नगरेर मात्र कागजमा सहि गरिदिएको भरमा बीस हजार डलर हातमा पर्ने प्रस्तावलाई यदि हामीले नमानेको भए अरु कसैले आँखा चिम्लेर मान्ने थियो । सुमन भाइले हामी भनेर हाम्रो राम्रोको लागि यो प्रस्ताव लिएर आएका थिए । त्यसैले प्रस्ताव सुन्नासाथ हामी दुवैले हुन्छ भनेका थियौं । सुमन भाइले अरु सबै कागजी काम गरी दिने भएकोले पनि हामीलाई प्रस्ताव मन भरेको थियो । प्रस्ताव लिएर आउदा सुमन भाइले जुन प्रकारले हामीलाई बुझाएका थिए हामीले नाई नभनी हुन्छमा सही छाप गरी दिएका थियो । प्रस्ताव सुनेर श्रीमतीले मुसुक्क हाँसेर गर्ने हो त बुढामात्र भनेको म सम्झन्छु । अनि त्यसपछि शुरुभयो कागजी खेलहरु ।

प्रस्तावको मञ्जुरी भएको एक हप्तापछि सुमन भाइले पाँच हजार डलर पेश्कीसहित कागजी सही छापका कामहरु शुरु गरे । मैले दुईवटा कागजमा सही गरेको थिए । एउटा कुनै दावी विरोध गर्ने छैनको व्यहोरासहितको नो अब्जेक्सन लेटर र अर्को मैले मेरो श्रीमतीलाई नचिनेको र त्यसपछि हामीबीच कुनै सम्बन्ध र सम्पर्क नरहेकोबारेमो पत्र । तर मेरी श्रीमतीले भने धेरैनै कागजपत्रमा सही छाप गर्नु परेको थियो । एक हप्तामा धेरैनै कागजहरुमा सहि छाप गराएपछि सुमन भाइले कबोलेको सबै रकम तिर्यो । अनि मेरो बैंक र श्रीमतीको बैंकमा जम्मा भएका रकमहरु मिलाएर एक लाख नाघेपछि म र श्रीमतीले लिजमा भए पनि गेस स्टेसन शुरु गर्ने ठानेर खोज तलासबाट गेस स्टेसनको दुई लाख र सामानको पैतिस हजार गरी बाँकी रहेको रकम नुझाउञ्जेल मासिक तीन हजार तिर्ने गरी लिजमा लिन मञ्जुरी भयो । आफ्नो अंग्रजी परिपक्क नभई सकेकोले सुमन भाइको निशुल्क सहयोग पनि लियौं र सुमन भाइकै सल्लाह अनुसार जुन कामको लागि मेरी श्रीमतीले सहिछाप गरेको थियो त्यो काम चाडै र पक्का हुने भनेकोले गेस स्टेसनका सबै कागजपत्रहरु मेरो श्रीमती कै नाममा बनाइयो ।

सुमन भाइकै सल्लाह अनुसार मैले मेरो ठेगाना परिवर्तन गरेर गेस स्टेसनको ठेगाना लेखी दिए । सुमन भाइले भने बमोजिम मैले आफ्नो लुगाहरु पनि गेस स्टेसनमा नै लगेर राखी दिए । सुमन भाइले भने अनुसार म मेरौ श्रीमतीको गेस स्टेसनमा काम गर्ने कामदार भए । सुमन भाइका अनुसार कुनै बेला पनि चेकिङ्ग आउन सक्ने भएकोले मेरी श्रीमती अविवाहित हुन र एक्लै बस्छिन् भन्ने देखाउन यी सब गर्नु परेको थियो । हामी विहे नगरेरै श्रीमान श्रीमती भएर बस्दै आएकोमा अब श्रीमान श्रीमती भएर बसे पनि एक्लो भएर बसेको देखाउन थाल्यौं । यो सब हामी दुवैले आफ्नो उज्वल भविष्यका लागि गरीरहेका थियौं ।

मेरो श्रीमतीले पच्चिस हजार डलर लिएर एकजना कागज नभएको नेपालीसँग बिहे गरेर कागज बनाई दिने भएकोले सुमन भाइले चाहे बमोजिम र भने बमोजिम हामीले काम गरीरहेका थियौ । शुरुमा कागजी बिहेमा केही गर्नु पर्दैन भन्ने सुमन भाइले विस्तारै विस्तारै मलाई मेरो श्रीमतीबाट टाढा पार्दै गयो भने त्यो अपरिचित बिहे गर्ने मानिसलाई नजिक पार्दै गयो । हुँदा हुँदा अब त्यो अपरिचित मानिसलाई मेरो श्रीमतीले घरमा नै राख्नु पर्ने रे । उसको ठेगाना पनि अब मेरो श्रीमती बसेको कोठाको ठेगाना भयो भने आफ्नो सेलफोनमा पनि मेरो श्रीमतीले त्यो अपरिचित मानिसको र उसले मेरो श्रीमतीको फोटो राख्नु पर्ने भयो । मेरो श्रीमतीबाट म टाढिदै गए भने त्यो अपरिचित मानिस नजिकिदै गयो । यी सबै गर्नै पर्ने रे । कुनै पनि बेला चेक आउन सक्छ रे । इमिग्रेसनको चेक फेरी खतरा हुन्छ रे । सुमन भाइले भनेको ।

न त हामीले लिएको पच्चिस हजार फर्काउन सक्थ्यौं न विहे गििर्दन नै भन्न सक्थ्यौं । सजिलो काम भनेर हुन्छ भनियो तर पछि पछि त परिबन्धमा नै पर्दै गयौं । म त झन लोग्ने भएर पनि आफ्नै स्वास्नीसँग भेट्न पनि साईत हेर्नु पर्ने भएको थियो । विस्तारै विस्तारै श्रीमान र श्रीमतीको सम्बन्ध फोनमा मात्र सिमित हुँदै गयो । म गेस स्टेशनमा उनी घरमा अनि उनी गेस स्टेशन आउदा पनि त्यो अपरिचित मानिसलाई लिएर आउन थालिन । सोध्दा सुमन भाइको नाम अगाडि आउथ्यो । हामीले गेस स्टेसन पैसा चुक्ता नभएसम्म लिजमा लिएकोले प्रत्येक महिना तीन हजार डलर तिर्न मालिकको अर्को गेस स्टेसनमा जानु प¥थ्यो । तर श्रीमतीले अब त्यहाँ जानु पर्दैन भनेर रोक लगाएपछि मलाई कता कता संका लाग्न थाल्यो । त्यो अपरिचित मानिसले गाडी पनि किनी सकेछ । त्यसपिछि त मभन्दा त्यो अपरिचित मानिस श्रीमतीको बढी नजिक हँुदै गयो । एउटै कोठामा बस्ने । संगै हिडडुल गर्ने । अनि म चाहिँ कोठाबाट दुईघण्टा टाढा रहेको गेस स्टेसनमा बस्नु पर्ने । मैले कारण बुभ्mन खोज्दा सुमन भाइको नाम अगाडि आईहाल्ने ।

एक दिन मेरो श्रीमतीसँग कागजी बिहे गरेको त्यो अपरिचित मानिस गेस स्टेसनमा आएर मेरो हिसाब किताब गर्न थाल्यो । स्टेशनमा मसँगै अर्को मेक्सिकन केटो काम ग¥थ्यो । उसलाई चाहि केही नभनेर त्यो अपरिचित मानिसले मलाई जुन सत्यताको कथा सुनायो त्यसमा बढी मेरो व्यथा थियो । त्यो अपरिचित मानिसले तपाईले आफ्नो श्रीमती बेच्नु भएको त मान्नु हुन्छ नी भन्दै कुरा शुरु ग¥यो । उसले भन्यो मेरो श्रीमती अब मसँग बस्न चाहन्नन् रे । यो गेस स्टेशनको तिरोतारो सबै उसले नै गरी दियो । उनीहरु अर्थात मेरो श्रीमती र त्यो अपरिचित मान्छे जुन अब कानूनी रुपमा मेरो श्रीमतीको श्रीमान भयो, अब सँगै बस्ने रे । यो बेचेर अर्को शहर गएर व्यापार गर्ने । त्यसैले अघिसम्म मेरो श्रीमती भन्ने महिला अब उसको कानूनले मान्यता दिएर श्रीमती भईन रे । त्यसैले मैले आफु खुशी उसलाई छाड्दामा नै मेरो कल्याण हुन्छ भनेर सल्लाहात्मक धम्की दिन थाल्यो ।

मैले बुझे अनुसार उ नेपालको प्रतिष्ठित व्यापारी भीमदास प्रधानको छोरो रहेछ । भारतमा आई.टी. गरेर नेपालमा केही वर्ष व्यापार गरेर अमेरिका पुगेको रहेछ । उसलाई चाडोभन्दा चाडो कानूनी रुपमा बस्न पाउने कागज चाहिएको थियो अनि सुमनले बसी बसी पाँच हजार डलर खाएर हामीलाई पच्चिस दिएर मलाई श्रीमती बेच्न लगायो । हामीलाई पनि चाडोभन्दा चाडो पैसा जम्मा गरेर गेस स्टेसन किनेर सुखमय दाम्पत्य जीवन बिताउन पाउने ईच्छा जागेको थियो । दुवैको कल्याण गर्ने र आफ्नो पनि कल्याण हुने देखेर सुमनले सौदा गरेका रहेछन् । अमेरिकाको ईमिग्रसनका कर्मचारी एकदमै कडा हुने भएकोले हामी श्रीमान श्रीमती छुट्टिएर बस्न बाध्य भयौं । म टाढिढदै गए कागजी लोग्ने नजिकिदै गयो । मेरी श्रीमती राम्री भएरनै होला त्यो कागजी लोग्नेले मन पराउन थाल्यो । उ पनि अविवाहित र मेरी श्रीमती पनि वास्तवमा नियामानुसार र कानून अनुसार अविवाहित । हुन त मेरी श्रीमती मेरो नजिक आउनु पर्ने कारण ऊसँग कानूनी रुपमा अमेरिका बस्न पाउने कागज थिएन र मैले विहे गरेर कागज गराइदिन्छु भनेको थिए र मैले नै असायलम हाल्न मदद समेत गरेको थिए । उनले पनि यसायलम पाए पछि मैले बिहे गर्नै परेर र हामी विहे बिनाको श्रीमान श्रीमती भएर बस्न थाल्यो । अब यो कागजी लोग्ने आएपछि उसले गेस स्टेशनमा बाँकी बकौंता रहेको पैसा पनि सबै तिरी दिएर मेरो श्रीमतीको नाममा नामसारी पनि गरी सकेछो रहेछ । मलाई त्यो कागजी लोग्नेले दस हजार डलर दिएर चुपचाप अन्त गएर बस्नु नत्र गेस स्टेसनमा चोरी चकारी ग¥यो भनेर उजुरी लाई दिने भनेर धम्की दिन थाल्यो । कानूनी रुपमा त म श्रीमतीको नाममा रहेको गेस स्टेसनमा काम गर्ने कारिन्दा मात्र हो । त्यसैले मैले जागिर छोड्न धम्की पाए । मेरो श्रीमतीको पनि त्यही भनाई रहेको र कानूनी रुपमा उ मेरो श्रीमतीको लोग्ने भएको प्रमाणसमेत देखाउन थाल्यो ।

म एकैछिन त बोल्नै सकिन । उनलाई अर्थात मेरी श्रीमतीलाई फोन गर्छु गलत नम्बर भन्छ । उनले त फोन समेत फेरी सकिछिन । विरोध गरु भने दावाविरोध गर्दिन भनेर सहीछाप गरेको छु । आटै गरेर मैले श्रीमती र पसल छोड्न पचास हजार माँगे । कम भने कि बढी थाहा छैन तर धेरै मोलमलाई पछि बल्ल बल्ल श्रीमती छोडेबापत बीस हजारमा कुरा टुङ्ग्याए । नलिऊ, त्यो पनि जाला भन्ने डर, लिउ भने श्रीमती बेचेको मोल लिए जस्तै हुने । हुन त पहिलोपटक त्यो सुमने (भाइ भनेर सम्मान गर्ने मान्छेनै होइन रहेछ दलाल) घरमा आएर यो प्रस्ताव राख्दा त्यो मेरी श्रीमती भाकीले व्यंग्य गर्दै ”हैन ए बुढा तिम्ले आफ्नी स्वास्नी बेच्नेनै भयौ त” भनेर ठट्टा समेत गरेकी थिइन् । पछि आफैले यस्तो मौका भगवानले हामीलाई दिएको भन्थी । नभन्दै त्यो मेरो श्रीमती किन्नेको नाम पनि भगवान नै परेछ, भगवान दास प्रधान।

अहिले सम्झेर पछुताउँदै छु । वास्तवमा मैले त्यसबेला श्रीमती नबेचेको भए हुन्थ्यो । त्यो सुमने दलाल नआएको भए हुन्थ्यो । अब के के नभएको भए हुन्थ्यो भनेर सराप्ने हो कुन्नी । शेषमा त अमेरिका नआएको भए नी हुन्थ्यो जस्तो लाग्न थाल्थो ।

(स्रोत : Samakalinsahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.