बाल कथा : बाघको सत्कार

~विनय कसजु~Binay Kasaju

चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर हिडथ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्‍यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो गर्नसकेन । उसकी श्रीमतीले भनिन्, “जे भए पनि निम्तोको अपमान गर्न हुँदैन । जाँदैमा केही ब्रि्रन्न ।”

छोरी गैँडा अलि हच्किन् । के कामले बोलाएको हो नबुझी किन जाने – उनले नजाने विचार पोखिन् । तर कान्छा गैँडालाई दिदीको कुरा चित्त बुझेन । बाघको घरमा निम्तो खान जाने भनेपछि ऊ खुशीले फनक्क धुमेर नाच्यो ।

बाघको निम्तोमा के कारणले नजाने – पत्याउनसकिने बहाना पनि चाहियो । आउन्न भन्ने आंट पनि चाहियो । तर उनीहरुसँग ती दुबै कुरा थिएन । यस कारण गैँडा परिवार निम्तो मान्न जाने तयारीमा लाग्यो ।

गैँडाले आफू र कान्छाको लागि दौरा सुरुवाल, कोट, टोपी र जुत्ता किनेर ल्यायो । श्रीमती र छोरीले गुन्यूचोलोको व्यवस्था गरे । बाघको गुफामा जाँदा केकस्तो व्यवहार गर्नुपर्छ भनेर जहानभित्रै छलफल भयो । सबैले नङ काटे । खोलामा गएर नुहाए । खोलामा पौडी खेल्दा कान्छा गैँडाले एउटा सहर माछा समात्यो । उनीहरुले त्यो माछा जतन गरेर बाघलाई कोसेली लगिदिने निधो गरे ।

छिमेकी गैँडाको मदत लिएर श्रीमती र छोरी पनि सिंगारिए । साँझपख गुलाफ, चम्पा, चमेली आदि बासना आउने फूलहरु जिऊभरि दलेर गैँडा परिवार बाघको गुफामा निम्तो खान गयो । गुफाभित्रको सजावट देखेर गैँडापरिवार चकित पर्‍यो ।

चितुवा, स्याल, दुम्सी, ढेँडूहरु पाहुनाहरुको खातिरदारी गर्न तैनात थिए ।

गैँडाहरुले जीवनमा कहिल्यै नखाएका, जंगलमा नपाइने स्वदिष्ट परिकारहरु, पहिलो पटक खान पाए । उनीहरु प्रशन्न भए । बाघ र बघिनीको आदेशमा चितुवा, स्यालहरुले उनीहरुलाई थपीथपी ख्वाए ।

माछा कोसेली ल्याएकोमा गैँडालाई धन्यवाद दिँदै बाघले भन्यो, “हाम्रा खोलानालामा अझै पनि यस्ता माछा बाकी रहेछन् । यी माछाको स्वाद तिख्खर भए पनि कांढा धेरै हुन्छ होइन – कांढा भएको माछा खानु निक्कै जोखिम हुन्छ ।” बघिनीले त्यो माछा स्याललाई घरमा लगेर खाऊ भनेर दिइन् ।

बिदा हुने बेलामा बघिनीले सोधिन्, “छोरीको बिहे कहिले गर्ने हो – भोज ख्वाउने हैन- श्रीमती गैँडाले विनम्र हुँदै भनिन्,”भोज खान छोरीकै बिहे किन पर्खनु पर्छ र फर्ुसत भए पाउकष्ट गर्नुहोस् न हाम्रो घरतिर पनि ।

श्रीमती गैँडाको कुरा सकिन नपाउँदै बघिनीले भनिहालिन्, “हुन्छ नि त । गुफामा बस्दाबस्दा दिक्क लाग्यो । तिमीकहाँ आएर एक दिन रमाइलो गरौँला ।”

घर आइपुगेपछि गैँडा र गैँडिनीले एकै चोटी मुख खोले, “बाघ र बघिनीको स्वागत सत्कार कसरी गर्ने -” छोरी बुद्धिमती थिइन् । उनले भनिन्, “बाघको निम्तोमा केही रहस्य छ जस्तो मलाई पहिले नै लागेको थियो । अब त झन घरैमा आउने भए । जे भए पनि उनीहरुको सत्कार त गर्नै पर्‍यो ।” कान्छा गैँडा भने मिठोमिठो खान पाइने भयो भनेर दंग पर्‍यो ।

केही दिनपछि बघिनीले गैँडाको संचोबिसंचो बुझन स्याललाई पठाइन् । वास्तवमा संचोबिसंचो बुझने त बहानामात्रै थियो । खास उद्देश्य त गैँडाहरुले कहिले भोज खान डाक्छन् भनेर बुझनु र यदि बिर्सर्ेे भए सम्झाउनु थियो । यसैले गैँडा परिवारले स्यालमार्फ बाघलाई सपरिवार भोज खाने निम्तो पठायो ।

गैँडाको निम्तो पाएपछि बाघ र बघिनीले आफ्नो भित्रिया दूत चितुवालाई गैँडाकहाँ पठायो । बाघ गुफामा बस्थ्यो भने गैँडा झडीचौरमा बस्थ्यो । गुफाभित्र ठूलाठूला कोठाहरु, भान्छा कोठा, भण्डार कोठा, सुत्ने कोठाहरु, नुहाउने कोठा, चर्पी, पौडीखेल्ने पोखरी आदि विभिन्न सुविधाहरु थिए । त्यहाँ चर्पी सफा गर्नेदेखि खानेकुरा पकाउने भान्छे र बैठक सजाउने बैठकेजस्ता विभिन्न काम गर्ने नोकर चाकरहरु थिए । गैँडा बस्ने झाडीचौरमा न त कोठा थियो न त भान्छा नै । चर्पी र पोखरीको त कुरै भएन ।

गैँडा बस्ने ठाउँ हेरेपछि चितुवाले गैँडालाई भन्यो, “गैँडा दाइ, बाघ भनेको बनको राजा हो । राजाको सम्मान त्रि्रो यो झाडीमा गर्न गाह्रो छ । तैपनि बाघले निम्तो स्वीकारिसक्नु भएको छ । यो नै त्रि्रो लागि ठूलो सौभाग्यको कुरा हो । यदि तिमीले साँच्चै नै बाघको सत्कार गर्ने हो भने मैले भनेजस्तो गर्नुपर्छ । अनिमात्रै बाघ परिवार लिएर यहाँ पाल्नुहुन्छ ।”

गैँडा र उनीकी श्रीमतीले केके गर्नुपर्छ होला भनेर उत्सुक हुँदै सोधे । चितुवाले भन्यो, “पहिलो कुरा त बाघ सपरिवार आउनुहने हुनाले उहाँहारुको सुखसुविधा हर्ेनको लागि गुफाका सबैजसो नोकरचाकर पनि उहाँहरु सँगै आउँछन् । सबै जना यहाँ अटाउँदैन । यो ठाउँ त्यति सुरक्षित छैन । यसैले सबै जना बस्न र खानका लागि चौरमा पालले बेरेर बस्ने व्यवस्था गर्नु पर्छ । बाघको परिवार र नोकरचाकर गरेर जम्मा पचास साठी जना जति आउलान् ।”

चितुवाको कुरा सुनेर गैँडा दम्पती छक्कै पर्यो । उनीहरुले छोरीको बिहेमा पनि यति धेरैलाई ख्वाउनुपर्ला भनेर सोचेका थिएनन् । चितुवाको कुरा अझै सकिएको थिएन । उसले भन्यो, “जहाँसम्म खानेेकुराको परिकारको कुरा छ बाघले यो बनको कुनै पनि खानेकुरा खानुहुन्न । गुफामा दिनदिनै चाहिने खानेकुरा सबै सातडाँडा पारिको जंगलबाट आउँछ । बाघलाई बँदेल र मृगको मासु मनपर्छ, बघिनीलाई मजुर, कालिज र तित्राको मासु चाहिन्छ अनि डमरुलाई कलिलो खरायोको मासु चाहिन्छ । अरु नोकरचाकरलाई अर्नाको मासु भए पनि हुन्छ । बँदेल, मृग, खरायो र अर्ना गरेर सय वटा चौपाया र पचास वटाजति मजुर, कालिज र तित्रा भए मनग्गे पुग्छ ।”

चितुवाले ती चौपाया र चराहरुको साथै अरु चाहिने कुरा पठाउने काम सातडाँडा पारिको जंगलको कुन होटलले पठाउँछ भन्ने ठेगाना पनि बताइदियो । “खाने कुरा पकाउन पनि त्यही होटलले भान्छे पठाउँछ । चौरमा टाँग्ने पाल, सोफा र टेबुलहरु पनि होटलले नै पठाइदिन्छ । तिमीहरुले केही पनि गर्नुपर्दैन, केवल होटलको बिल तिरिदिए पुग्छ । उहिले त बाघ आफैले शिकार खेल्न जानु पथ्र्यो । अरुले मारेको कुरा बाघले खान पनि खानुहँुदैनथ्यो । तर अहिले त साह्रै सजिलो भएको छ ।”

“ओ हो निक्कै सजिलो पो रहेछ त बाघलाई भोज ख्वाउन । बिल तिरिदिए मात्रै पुग्ने रहेछ । आफूले केही पनि गर्नैपर्ने हरेनछ ।” चितुवाको कुरा सकिएपछि गैँडा दम्पतीले लामो सास फर्ेदै भने ।

गैँडाले बाघको सत्कारमा भोज ख्वाउन लागेको खबर बनमा डढेलोझैँ फैलियो । सबै पशुपंछीले अचम्म माने । धेरैले पत्याएनन् । घाँस खानेले शिकार खानेलाई कस्तो भोज ख्वाउने होला ! त्यसमाथि बाघ र गैँडा त पुस्तैनी बैरीहरु हुन् । उनीहरुको बीचको योे मेलको उद्देश्य र परिणाम के होला भनेर धेरै सशंकित भए ।

केही दिनपछि बनको माझको ठूलो चौरमा पाल टाँगेर भोजको आयोजना भयो । गैँडाले बाघ परिवार अनि सबै नोकर चाकरहरुलाई निम्त्यायो । सातडाँडा परिको बनको होटलले राम्रो इन्तिजाम गरेको थियो । दिनभरि चौरमा खानपिन गरेर तृप्त भएपछि साँझपख बाघ, बघिनी, डमरु र चितुवा, स्याल, ब्वाँसो आदि नोकरचाकरहरु ठूलोठूलो स्वरले डकार्डर्ैैाघको गुफातिर लागे । बिदा हुने बेलामा बाघले गैँडालाई सम्मान स्वरुप बनबाहु नामक पदवी दिए ।

भोज सकिएपछि होटलले गैँडासँग भोज र सबै सेवाको पैसा माग्यो । पैसाको रकम सुनेर गैँडा अत्तालिएर झण्डै मर्ुछा परेन । गैँडा परिवारले चर्ने गरेको सम्पर्ूण्ा चौर बेचेर पनि त्योे रकम तिर्न पुग्दैनथ्यो । गैँडाले होटलसँग एक साताको म्याद माग्यो ।

बाघको शरणमा नगई होटलको ऋण तिर्नु संभव थिएन । बाघले गैँडाप्रति सहानुभूति देखाउँदै भन्यो, “किन यति घेरै खर्च गरेर भोज ख्वाउनुपर्थ्याे ! जे हुनु भइहाल्यो । होटलको ऋण तिर्न मैले सकेको मदत गरुँला । होटलवालालाई म भनिदिउँला । थोरैथोरै गरेर किस्ताबन्दीमा तिर्न उसलाई मनाउँला । हुँदैन -“

गैँडासँग किस्ताबन्दीमा थोरैथोरै तिर्ने पैसा पनि थिएन । उसको आम्दानीको कुनै बाटै थिएन । उसले बाघलाई आफ्नो वाध्यता सुनायो ।

गैँडाको कुरा सुनेर बाघले मुुसुक्क हाँस्दै भन्यो, “त्यसो भए आम्दानी हुने एउटा काम गर्नसकिन्छ ।”

बाघले आम्दानीको के उपाय बताउला भनेर सुन्न गैँडा उत्सुक भयो । बाघले भन्यो, “अहिले हाम्रो बनबाट पनि केही पशुहरु विदेशमा काम गर्न गएका छन् । विदेशमा काम गरेर उनीहरुले निक्कै कमाएर यहाँ पठाइ पनि रहेका छन् । तिमी पनि सपरिवार विदेश जान्छौ कि त -” विदेशमा गएर काम गरेर कमाउने कुरा गैँडाले कहिल्यै सुनेको थिएन । बनको हरियो घाँस खाएर दिन गुजारिरहेको गैँडाले केही पनि काम जानेको थिएन । उसले बाघसँग सोध्यो, “हामीजस्तो अल्छीले गर्ने काम कस्तो होला – कति कमाइन्छ होला -“

“विदेशमा गएर केही गर्नुपदर्ैर्ैै। त्यहाँ पनि बसीबसी खाने नै हो । तिमीलाई एकदम सुहाउने काम छ । हाम्रो जंगलमा पाइने तिमीहरुको जातको एकसिंगे गैँडा अरु कुनै पनि जंगलमा पाइन्न । यसैले विदेशमा हाम्रो जगलको गैँडाको निक्कै ठूलो माग छ । तिमीहरु पूरै परिवार विदेशको प्राकृतिक संग्रहालयमा गएर काम गर्नथाल्यौ भने सातडाँडा परिको होटल नै किन्नसकिने पैसा कमाउने छौ ।”

बाघको कुरा सुनेर गैँडा रनभुल्लमा पर्‍यो । आफू जन्मेको, हर्ुर्केको, खेलेको प्यारो बन कसरी छाडेर जाने होला भन्ने विचारले ऊ रन्थनियो भने अर्कोतिर विदेशमा कमाउन जाँदा नयाँनयाँ ठाउँ हर्ेन पाइने, कमाउन पनि पाइने र ऋण पनि तिरिने विचारले ऊ मख्ख पनि पर्‍यो । बाघको कृपाले अहिले गैँडा परिवारको चारै जना बेलायतको चिडियाखानामा जीवन गुजारिरहेका छन् । चिडियाखानाले पठाएको रकमले बाघ परिवारले सातडाँडा परिको जंगलको होटलको सत्कार र मेजमानीको मोज गरिरहेको छ ।

(स्रोत : शब्द-संयोजन साहित्यिक मासिक, वर्ष१, अंक १ २०६१ बैशाखमा प्रकाशित)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.