चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर हिडथ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो गर्नसकेन । उसकी श्रीमतीले भनिन्, “जे भए पनि निम्तोको अपमान गर्न हुँदैन । जाँदैमा केही ब्रि्रन्न ।”
छोरी गैँडा अलि हच्किन् । के कामले बोलाएको हो नबुझी किन जाने – उनले नजाने विचार पोखिन् । तर कान्छा गैँडालाई दिदीको कुरा चित्त बुझेन । बाघको घरमा निम्तो खान जाने भनेपछि ऊ खुशीले फनक्क धुमेर नाच्यो ।
बाघको निम्तोमा के कारणले नजाने – पत्याउनसकिने बहाना पनि चाहियो । आउन्न भन्ने आंट पनि चाहियो । तर उनीहरुसँग ती दुबै कुरा थिएन । यस कारण गैँडा परिवार निम्तो मान्न जाने तयारीमा लाग्यो ।
गैँडाले आफू र कान्छाको लागि दौरा सुरुवाल, कोट, टोपी र जुत्ता किनेर ल्यायो । श्रीमती र छोरीले गुन्यूचोलोको व्यवस्था गरे । बाघको गुफामा जाँदा केकस्तो व्यवहार गर्नुपर्छ भनेर जहानभित्रै छलफल भयो । सबैले नङ काटे । खोलामा गएर नुहाए । खोलामा पौडी खेल्दा कान्छा गैँडाले एउटा सहर माछा समात्यो । उनीहरुले त्यो माछा जतन गरेर बाघलाई कोसेली लगिदिने निधो गरे ।
छिमेकी गैँडाको मदत लिएर श्रीमती र छोरी पनि सिंगारिए । साँझपख गुलाफ, चम्पा, चमेली आदि बासना आउने फूलहरु जिऊभरि दलेर गैँडा परिवार बाघको गुफामा निम्तो खान गयो । गुफाभित्रको सजावट देखेर गैँडापरिवार चकित पर्यो ।
चितुवा, स्याल, दुम्सी, ढेँडूहरु पाहुनाहरुको खातिरदारी गर्न तैनात थिए ।
गैँडाहरुले जीवनमा कहिल्यै नखाएका, जंगलमा नपाइने स्वदिष्ट परिकारहरु, पहिलो पटक खान पाए । उनीहरु प्रशन्न भए । बाघ र बघिनीको आदेशमा चितुवा, स्यालहरुले उनीहरुलाई थपीथपी ख्वाए ।
माछा कोसेली ल्याएकोमा गैँडालाई धन्यवाद दिँदै बाघले भन्यो, “हाम्रा खोलानालामा अझै पनि यस्ता माछा बाकी रहेछन् । यी माछाको स्वाद तिख्खर भए पनि कांढा धेरै हुन्छ होइन – कांढा भएको माछा खानु निक्कै जोखिम हुन्छ ।” बघिनीले त्यो माछा स्याललाई घरमा लगेर खाऊ भनेर दिइन् ।
बिदा हुने बेलामा बघिनीले सोधिन्, “छोरीको बिहे कहिले गर्ने हो – भोज ख्वाउने हैन- श्रीमती गैँडाले विनम्र हुँदै भनिन्,”भोज खान छोरीकै बिहे किन पर्खनु पर्छ र फर्ुसत भए पाउकष्ट गर्नुहोस् न हाम्रो घरतिर पनि ।
श्रीमती गैँडाको कुरा सकिन नपाउँदै बघिनीले भनिहालिन्, “हुन्छ नि त । गुफामा बस्दाबस्दा दिक्क लाग्यो । तिमीकहाँ आएर एक दिन रमाइलो गरौँला ।”
घर आइपुगेपछि गैँडा र गैँडिनीले एकै चोटी मुख खोले, “बाघ र बघिनीको स्वागत सत्कार कसरी गर्ने -” छोरी बुद्धिमती थिइन् । उनले भनिन्, “बाघको निम्तोमा केही रहस्य छ जस्तो मलाई पहिले नै लागेको थियो । अब त झन घरैमा आउने भए । जे भए पनि उनीहरुको सत्कार त गर्नै पर्यो ।” कान्छा गैँडा भने मिठोमिठो खान पाइने भयो भनेर दंग पर्यो ।
केही दिनपछि बघिनीले गैँडाको संचोबिसंचो बुझन स्याललाई पठाइन् । वास्तवमा संचोबिसंचो बुझने त बहानामात्रै थियो । खास उद्देश्य त गैँडाहरुले कहिले भोज खान डाक्छन् भनेर बुझनु र यदि बिर्सर्ेे भए सम्झाउनु थियो । यसैले गैँडा परिवारले स्यालमार्फ बाघलाई सपरिवार भोज खाने निम्तो पठायो ।
गैँडाको निम्तो पाएपछि बाघ र बघिनीले आफ्नो भित्रिया दूत चितुवालाई गैँडाकहाँ पठायो । बाघ गुफामा बस्थ्यो भने गैँडा झडीचौरमा बस्थ्यो । गुफाभित्र ठूलाठूला कोठाहरु, भान्छा कोठा, भण्डार कोठा, सुत्ने कोठाहरु, नुहाउने कोठा, चर्पी, पौडीखेल्ने पोखरी आदि विभिन्न सुविधाहरु थिए । त्यहाँ चर्पी सफा गर्नेदेखि खानेकुरा पकाउने भान्छे र बैठक सजाउने बैठकेजस्ता विभिन्न काम गर्ने नोकर चाकरहरु थिए । गैँडा बस्ने झाडीचौरमा न त कोठा थियो न त भान्छा नै । चर्पी र पोखरीको त कुरै भएन ।
गैँडा बस्ने ठाउँ हेरेपछि चितुवाले गैँडालाई भन्यो, “गैँडा दाइ, बाघ भनेको बनको राजा हो । राजाको सम्मान त्रि्रो यो झाडीमा गर्न गाह्रो छ । तैपनि बाघले निम्तो स्वीकारिसक्नु भएको छ । यो नै त्रि्रो लागि ठूलो सौभाग्यको कुरा हो । यदि तिमीले साँच्चै नै बाघको सत्कार गर्ने हो भने मैले भनेजस्तो गर्नुपर्छ । अनिमात्रै बाघ परिवार लिएर यहाँ पाल्नुहुन्छ ।”
गैँडा र उनीकी श्रीमतीले केके गर्नुपर्छ होला भनेर उत्सुक हुँदै सोधे । चितुवाले भन्यो, “पहिलो कुरा त बाघ सपरिवार आउनुहने हुनाले उहाँहारुको सुखसुविधा हर्ेनको लागि गुफाका सबैजसो नोकरचाकर पनि उहाँहरु सँगै आउँछन् । सबै जना यहाँ अटाउँदैन । यो ठाउँ त्यति सुरक्षित छैन । यसैले सबै जना बस्न र खानका लागि चौरमा पालले बेरेर बस्ने व्यवस्था गर्नु पर्छ । बाघको परिवार र नोकरचाकर गरेर जम्मा पचास साठी जना जति आउलान् ।”
चितुवाको कुरा सुनेर गैँडा दम्पती छक्कै पर्यो । उनीहरुले छोरीको बिहेमा पनि यति धेरैलाई ख्वाउनुपर्ला भनेर सोचेका थिएनन् । चितुवाको कुरा अझै सकिएको थिएन । उसले भन्यो, “जहाँसम्म खानेेकुराको परिकारको कुरा छ बाघले यो बनको कुनै पनि खानेकुरा खानुहुन्न । गुफामा दिनदिनै चाहिने खानेकुरा सबै सातडाँडा पारिको जंगलबाट आउँछ । बाघलाई बँदेल र मृगको मासु मनपर्छ, बघिनीलाई मजुर, कालिज र तित्राको मासु चाहिन्छ अनि डमरुलाई कलिलो खरायोको मासु चाहिन्छ । अरु नोकरचाकरलाई अर्नाको मासु भए पनि हुन्छ । बँदेल, मृग, खरायो र अर्ना गरेर सय वटा चौपाया र पचास वटाजति मजुर, कालिज र तित्रा भए मनग्गे पुग्छ ।”
चितुवाले ती चौपाया र चराहरुको साथै अरु चाहिने कुरा पठाउने काम सातडाँडा पारिको जंगलको कुन होटलले पठाउँछ भन्ने ठेगाना पनि बताइदियो । “खाने कुरा पकाउन पनि त्यही होटलले भान्छे पठाउँछ । चौरमा टाँग्ने पाल, सोफा र टेबुलहरु पनि होटलले नै पठाइदिन्छ । तिमीहरुले केही पनि गर्नुपर्दैन, केवल होटलको बिल तिरिदिए पुग्छ । उहिले त बाघ आफैले शिकार खेल्न जानु पथ्र्यो । अरुले मारेको कुरा बाघले खान पनि खानुहँुदैनथ्यो । तर अहिले त साह्रै सजिलो भएको छ ।”
“ओ हो निक्कै सजिलो पो रहेछ त बाघलाई भोज ख्वाउन । बिल तिरिदिए मात्रै पुग्ने रहेछ । आफूले केही पनि गर्नैपर्ने हरेनछ ।” चितुवाको कुरा सकिएपछि गैँडा दम्पतीले लामो सास फर्ेदै भने ।
गैँडाले बाघको सत्कारमा भोज ख्वाउन लागेको खबर बनमा डढेलोझैँ फैलियो । सबै पशुपंछीले अचम्म माने । धेरैले पत्याएनन् । घाँस खानेले शिकार खानेलाई कस्तो भोज ख्वाउने होला ! त्यसमाथि बाघ र गैँडा त पुस्तैनी बैरीहरु हुन् । उनीहरुको बीचको योे मेलको उद्देश्य र परिणाम के होला भनेर धेरै सशंकित भए ।
केही दिनपछि बनको माझको ठूलो चौरमा पाल टाँगेर भोजको आयोजना भयो । गैँडाले बाघ परिवार अनि सबै नोकर चाकरहरुलाई निम्त्यायो । सातडाँडा परिको बनको होटलले राम्रो इन्तिजाम गरेको थियो । दिनभरि चौरमा खानपिन गरेर तृप्त भएपछि साँझपख बाघ, बघिनी, डमरु र चितुवा, स्याल, ब्वाँसो आदि नोकरचाकरहरु ठूलोठूलो स्वरले डकार्डर्ैैाघको गुफातिर लागे । बिदा हुने बेलामा बाघले गैँडालाई सम्मान स्वरुप बनबाहु नामक पदवी दिए ।
भोज सकिएपछि होटलले गैँडासँग भोज र सबै सेवाको पैसा माग्यो । पैसाको रकम सुनेर गैँडा अत्तालिएर झण्डै मर्ुछा परेन । गैँडा परिवारले चर्ने गरेको सम्पर्ूण्ा चौर बेचेर पनि त्योे रकम तिर्न पुग्दैनथ्यो । गैँडाले होटलसँग एक साताको म्याद माग्यो ।
बाघको शरणमा नगई होटलको ऋण तिर्नु संभव थिएन । बाघले गैँडाप्रति सहानुभूति देखाउँदै भन्यो, “किन यति घेरै खर्च गरेर भोज ख्वाउनुपर्थ्याे ! जे हुनु भइहाल्यो । होटलको ऋण तिर्न मैले सकेको मदत गरुँला । होटलवालालाई म भनिदिउँला । थोरैथोरै गरेर किस्ताबन्दीमा तिर्न उसलाई मनाउँला । हुँदैन -“
गैँडासँग किस्ताबन्दीमा थोरैथोरै तिर्ने पैसा पनि थिएन । उसको आम्दानीको कुनै बाटै थिएन । उसले बाघलाई आफ्नो वाध्यता सुनायो ।
गैँडाको कुरा सुनेर बाघले मुुसुक्क हाँस्दै भन्यो, “त्यसो भए आम्दानी हुने एउटा काम गर्नसकिन्छ ।”
बाघले आम्दानीको के उपाय बताउला भनेर सुन्न गैँडा उत्सुक भयो । बाघले भन्यो, “अहिले हाम्रो बनबाट पनि केही पशुहरु विदेशमा काम गर्न गएका छन् । विदेशमा काम गरेर उनीहरुले निक्कै कमाएर यहाँ पठाइ पनि रहेका छन् । तिमी पनि सपरिवार विदेश जान्छौ कि त -” विदेशमा गएर काम गरेर कमाउने कुरा गैँडाले कहिल्यै सुनेको थिएन । बनको हरियो घाँस खाएर दिन गुजारिरहेको गैँडाले केही पनि काम जानेको थिएन । उसले बाघसँग सोध्यो, “हामीजस्तो अल्छीले गर्ने काम कस्तो होला – कति कमाइन्छ होला -“
“विदेशमा गएर केही गर्नुपदर्ैर्ैै। त्यहाँ पनि बसीबसी खाने नै हो । तिमीलाई एकदम सुहाउने काम छ । हाम्रो जंगलमा पाइने तिमीहरुको जातको एकसिंगे गैँडा अरु कुनै पनि जंगलमा पाइन्न । यसैले विदेशमा हाम्रो जगलको गैँडाको निक्कै ठूलो माग छ । तिमीहरु पूरै परिवार विदेशको प्राकृतिक संग्रहालयमा गएर काम गर्नथाल्यौ भने सातडाँडा परिको होटल नै किन्नसकिने पैसा कमाउने छौ ।”
बाघको कुरा सुनेर गैँडा रनभुल्लमा पर्यो । आफू जन्मेको, हर्ुर्केको, खेलेको प्यारो बन कसरी छाडेर जाने होला भन्ने विचारले ऊ रन्थनियो भने अर्कोतिर विदेशमा कमाउन जाँदा नयाँनयाँ ठाउँ हर्ेन पाइने, कमाउन पनि पाइने र ऋण पनि तिरिने विचारले ऊ मख्ख पनि पर्यो । बाघको कृपाले अहिले गैँडा परिवारको चारै जना बेलायतको चिडियाखानामा जीवन गुजारिरहेका छन् । चिडियाखानाले पठाएको रकमले बाघ परिवारले सातडाँडा परिको जंगलको होटलको सत्कार र मेजमानीको मोज गरिरहेको छ ।
(स्रोत : शब्द-संयोजन साहित्यिक मासिक, वर्ष१, अंक १ २०६१ बैशाखमा प्रकाशित)