संस्मरण : वाणी प्रकाशन र विराटनगर मैले किन छाडे ?

~परशु प्रधान~Parashu Pradhan

वदेशदेखि विदेशसम्मका साहित्यिक साथीहरू वाणी प्रकाशनका सेयरहोल्डर मित्रहरू र सबैले बरोबर सोध्ने प्रश्न यिनै हुन्, ‘तपाईंले वाणी प्रकाशन किन छाड्नुभयो ? तपाईं र वाणी पर्याववाची भइसक्नु भएको थियो । फेरि वाणी पूर्वाञ्चलको जन–एकेडेमी (प्रज्ञापरिषद् सदस्य भइसकेको, राष्ट्रभित्र र बाहिर राम्रो इमेज बनाइसकेको वाणी प्रकाशन तपाईंले किन छाड्नुभएको हो ?’

यस्ता धेरै प्रश्नहरूको सामना गर्दै आएको छु, यी आठ वर्षका बीच । तर यस विषयमा मैले केही कमेन्ट गरिनँ वा गर्ने इच्छा भएन । फेरि प्रत्येक व्यक्तिलाई सुनाएर साध्य हुने कुरा पनि भएन । तर आफ्नो यस संस्मरणात्मक इतिवृत्तान्तमा आपूmले जन्माएको, हुर्काएको, स्याहार–सम्भार गरेको, अत्यन्त माया गरेको वाणी मैले किन छाड्नुप¥यो भन्ने बारेमा लेख्न गइरहेको छु । यस विषयमा प्रकाश पार्नुअघि वाणीको जन्म के कसरी भएको हो भन्ने बारेमा सङ्क्षेपमा उल्लेख गर्न आवश्यक ठान्दछु ।

२०५१ सालको कुरा हो । विराटनगरका साहित्यकार, साहित्यप्रेमी अत्यन्त कर्मठ व्यक्तित्व गणेश भण्डारीको ‘नेपाली साहित्य समिति’ नामक संस्थाले काठमाडौँ, दार्जीलिङ, सिक्किम आदि विभिन्न साहित्यिक केन्द्रहरूमा साहित्यकारहरूलाई विराटनगर बोलाई तीन दिनको भव्य कार्यक्रमको आयोजना गरेको थियो । समितिका सक्रिय व्यक्तित्वहरू पण्डित मेघराज शर्मा, माधवप्रसाद खनाल भावुक, सुशीला भण्डारी आदि हुनुहुन्थ्यो । त्यसै सिलसिलामा हाम्रो एक दिन र एक रातको कार्यक्रम धरानमा थियो । बेलुकी मेरा भोजपुरे–साथी भक्तराज शाक्यले भव्य पार्टीको आयोजना गर्नुभएको थियो । त्यसै कार्यक्रममा असम र दार्जीलिङका साथीहरूले एउटा प्रस्ताव ल्याउनुभयो, ‘हामीलाई नेपाली भाषा र साहित्य जोगाउन साहै्र गाह्रो प¥यो । साझा प्रकाशनले आफ्नो शाखा दार्जीलिङ र पछि सिलिगुडीमा खोलेको छ तापनि त्यहाँ साझाका बाहेक अरूका पुस्तक–पत्रपत्रिका केही पाइन्न । फेरि ती शाखाहरूको कामकारवाही सन्तोषजनक पनि छैन ।’

एक साथीले तुरुन्त प्रस्ताव राख्नुभयो– ‘विशेषतः पूर्वी नेपाल र पूर्वी भारतलाई कभर गर्ने एक सहकारी संस्था विराटनगरमा खोलौँ । सबैले सेयर राखौँ; गणेश भण्डारी, परशु प्रधानले हेर्नुपर्छ । हामी काठमाडौँबाट पनि सहयोग गर्छौं ।’

गणेश भण्डारीले नाम जुराउनुभयो ‘वाणी प्रकाशन’ सबैले ताली पिटे । हात मिलाए, खुसी प्रकट गरे । भोलिपल्ट विराटनगर फर्कनासाथ गणेशजी र म योजनालाई मूर्तरूप दिन लाग्यौँ । पच्चीस जना सदस्य नभई संस्था दर्ता नहुने र सेयर रकम रु. ५,०००÷– र प्रवेश शुल्क रु ५००÷– चाहिने भयो । साथीभाइलाई हारगुहार गर्दा सबैले हार्दिक स्वागत र सहयोग गरे । विशेषतः कृष्णभूषण वल, विवश पोखरेल, नारायण तिवारी, लक्ष्मी उप्रेती, कृष्णराज कोइराला, माधव खनाल भावुक, सुशीला भण्डारी आदि–इत्यादिको सकारात्मक सहयोगले वाणी प्रकाशन दर्ता भयो । माइस्थानछेउमा अफिस पनि खोल्यौँ । यसअघि पनि विराटनगरमा साहित्यिक संस्थाहरू नभएका होइनन्, परन्तु सबै झोला वा पाकेटमा सीमित थिए । पहिलो अध्यक्षता मैले गरेँ, जि.एम.मा बस्नुभयो डा. गणेश भण्डारी । उहाँलाई अध्यक्षता लिनोस् भन्दा आफ्नै पनि संस्था भएको र क्याम्पस पनि भएकाले मान्नु भएन ।

संस्थाले देशभित्र र बाहिरबाट प्रशस्त सहयोग, सरसल्लाह पाउन लाग्यो । वाणी प्रकाशनसँग सम्बद्ध हुन राजधानीभित्र, प्रवास सबै ठाउँबाट साथीभाइको सोधखोज र सहयोगी हात अगि बढे । आजभन्दा भोलि, भोलिभन्दा पर्सि संस्थाको प्रगति चमत्कारी ढङ्गले बढ्न लाग्यो । वाणी प्रकाशनले वर्षमा कमसे कम दुई वृहत् कार्यक्रमहरू सम्पन्न गर्न लाग्यो भने पाक्षिक साहित्यिक भेला आयोजना गथ्र्यो । वृहत् कार्यक्रममा स्वदेश र विदेशका साहित्यकारहरूलाई निमन्त्रण गरेर विविध विषयहरूमा छलफल, अन्तरक्रिया, पुस्तक–विमोचन मात्र होइन, भव्य पिकनिकको पनि आयोजना हुन थाल्यो । वाणी प्रकाशनमा अक्षयकोषको रकम राखेर पुरस्कार, संस्थापन र बितरण गर्ने होड नै चल्यो । यसरी कोष राखिदिनेमा खेमराज नेपाल (कृष्णभूषण वल र परिवारसमेत), टीका लामिछाने, सुशीला भण्डारी, डा. विमला श्रेष्ठ, गीताकेशरी, मधु पोखरेल, विभूतिराज पाण्डे (नवक्षितिज), कृष्णराज कोइराला, म स्वयम्, श्रीमती कल्पना प्रधान र मेरा भाइबहिनी, वाणी स्वयम् आदि ।

पुरस्कार र सम्मानको लहर नै चलेको थियो । सेयर रकम, पुरस्कारको अक्षयकोष गरी लगभग बीस लाख जम्मा भएपछि अर्को सल्लाह भयो, अब बचत र ऋण परिचालन गर्ने र ब्याज उचित लिने–दिने । संस्थाको आर्थिक स्थिति बलियो बनाउने । अब बचत र चल्तीमा रुपैयाँ राख्ने मात्र होइन, ऋण लिनेहरूको भीड वाणीमा बढ्न थाल्यो । लगभग पचास–साठी लाख रकमलाई परिचालन गर्न लाग्यौँ । वाणी वचतकोषको प्रमुखको जिम्मा राष्ट्र बैङ्कबाट निवृत्त कृष्णभूषण वलले लिनुभयो भने मैनेजरको उत्तरदायित्व विवश पोखरेलबाट भयो ।

कार्यकाल (दस वर्ष)मा मेरो विवेक, वुद्धि, परिश्रम सबै वाणी प्रकाशनमा लगाएँ । डा. तुलसी भट्टराईका शब्दमा ‘मेरो निजी घर साहित्य मन्दिर नै भयो ।’ संस्थाको रकमबाट होइन, मेरो निजी खर्चमा घरमा पनि साहित्यिक भेटघाट चिया र पार्टी सधैँ जस्तो गरियो । मैले अतिथि सत्कार (कसैलाई एक रात कसैलाई दुई रात) कसलाई गरिनँ ? कसको पछि लागेर घुमाइनँ, डुलाइनँ ? केही स्वनामधन्य नाम लिन्छु । राष्ट्रकवि माधव घिमिरे, छिन्नलता, डा. तारानाथ शर्मा, रमेश खकुरेल, लीलबहादुर क्षेत्री (असम), नव सापकोटा, गोपालबहादुर नेपाली, गोमा (असम), विन्द्या सुब्बाको समूह (दार्जीलिङ), सेहाबूद्धिनको समूह (बङ्गलादेश), प्रेमविनोद नन्दन र गोर्खे साइँलाको समूह (चितवन), मातृभूमि सेवासमाजको समूह (भीम विरागको नेतृत्वमा देवराज खरेल, ह्यग्रीव आचार्य, आशिष श्रेष्ठ आदि) छन् । अन्य धेरै युवा साथीहरू–पत्रकारहरू छन्, सबै नाम के लेखूँ ! सकेसम्म, हुनेसम्म, पाएसम्म गरियो ।

नेपाली साहित्यका सबै विधाका लगभग एक सय सोह्र किसिमका पुस्तकहरू प्रकाशित मात्र गरिएन, देशभित्र–बाहिर वितरण व्यवस्था मिलाइयो । दार्जीलिङको सरकारी पुस्तक प्रदर्शनीमा वाणीका पुस्तकहरू राखिए, बिक्री गरिए । भाग लिन जाने साथीहरू नारायण तिवारी र विवश पोखरेल थिए । वाणी प्रकाशनको तर्पmबाट बङ्गलादेश, दार्जीलिङ, सिक्किम, सिलिगुडी धेरैपटक गइयो । सम्पर्क÷सम्बन्ध बढाइयो । २०५८ पुस १० मा राजधानी दैनिकमा प्रकाशित ‘वाणी प्रकाशन शीर्षक हुन सक्छ’ शीर्षकको लेखका केही अंश ः
वर्तमान नेपाली साहित्यका सन्दर्भमा ‘वाणी प्रकाशन’ शीर्षक हुन सक्छ– यस्तै केही मैले सोचेँ । २०५२ सालमा केही साहित्यकारहरूको सक्रियतामा एउटा वैकल्पिक साहित्यिक सहकारी संस्थाका रूपमा विराटनगरमा यसको स्थापना गरिएको थियो । प्रारम्भमा सत्ताईस जना वाणी पुत्र–पुत्रीहरू सदस्य भएको यो संस्थामा हाल नेपालभित्र मात्र होइन, दार्जीलिङ, खर्साङ, आसामसमेतका गरी एक सय सत्तरीभन्दा बढी सदस्य सेयरधनीका रूपमा सहभागी छन् । नेपाली साहित्यका विभिन्न विधाका पचासभन्दा बढी पुस्तकहरूको प्रकाशन यसले गरिसकेको छ ।

विराटनगरमा मात्र होइन पूर्वाञ्चलमा नै साहित्यिक जागरण दिने काम वाणी प्रकाशनबाट भइआएको छ । २००७ सालको ऐतिहासिक जनक्रान्तिको लगत्तै नरेन्द्र बाँस्तोला र महानन्द सापकोटाको विशेष सक्रियतामा स्थापित र सञ्चालित ‘नेपाली भाषा प्रचारक सङ्घ’को इतिहास हामीसँग छ । प्रेरणाको विन्दु रहेको यस संस्थालाई इतिहासको गोरेटोमा थुप्रै अन्य साहित्यिक संस्थाहरूले आफ्नो ऐतिहासिक प्रभावशाली छाप छाडिआएका छन् । त्यस गोरटोको एउटा मोडेल अर्थात् आवाज हो ‘वाणी प्रकाशन’ ।

साहित्यिक स्रष्टा र प्रतिभाहरूका निमित्त पूर्वाञ्चलले आफ्नो विशिष्ट स्थान राखिआएको छ । दिङ्ला (भोजपुर)का आवाल ब्रह्मचारी षडानन्ददेखि लिएर प्रभुनाथ अधिकारीसम्म, भाषाशास्त्री महानन्द सापकोटादेखि कथाकार विश्वेश्वरप्रसाद कोइराला मात्र होइनन्; शोभाकर खनाल (मोरङ), योगमाया (भोजपुर)ले पनि पूर्वाञ्चलको इतिहासलाई उज्यालो बनाइआएका छन् । कथाकार देवकुमारी थापा र कवि कृष्णभूषण वलले पनि पूर्वाञ्चलको परिचय दिइरहेको जस्तो लाग्छ । भोजपुरका धेरै विशिष्ट प्रतिभा र व्यक्तित्व राष्ट्रियताका रूपमा सुपरिचित र प्रतिष्ठापित छन् । सरसर्ती सूची बनाउनुपर्दा पूर्णप्रकाश नेपाल ‘यात्री’, ज्ञानमणि नेपालदेखि कृष्ण जोशी, शैलेन्द्र साकार, मेघराज ‘मञ्जुल’, ‘गणेश रसिक’, काशीनाथ तमोट र हिरण्य भोजपुरेमा आएर टुङ्गिन्छ । झापाका जयप्रसाद ढकाल, श्यामकृष्ण श्रेष्ठ, चुडामणि रेग्मी, शिवप्रसाद दाहालको साहसिक व्यक्तित्व र महत्ता पनि कम छैन । नयाँ पुस्ताका धेरै साहसिक प्रतिभाहरूको नाम लिन सकिन्छ ।

यी नामहरू मेरा मानसका ‘रैन्डम् सूची’ हुन् । यसलाई अन्यथा नलिन हुन अनुरोध छ । यसरी पूर्वाञ्चलका लगभग एक सय जना स्रष्टाहरू सक्रिय रहेका छन् । मेरो तर्कको आशय हो, पूर्वाञ्चल नेपाली भाषा र साहित्यसेवीहरूको तीर्थस्थल हो ।

पूर्वाञ्चलको यही ऐतिहासिक योगदानलाई चिरस्थानीय बनाउन र निरन्तरता दिन वाणी प्रकाशनको स्थापना भएको हो । सरकारको विकास योजनाहरूलाई विकेन्द्रित गर्न चाहेर विभिन्न प्रयास गरे भैmँ भाषा–साहित्यलाई विकेन्द्रीकरण गर्न, स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्न, ओझेलमा परेका भाषा–साहित्यसेवीहरूलाई प्रकाशमा ल्याउनु वाणी प्रकाशनको उद्देश्य हो । पूर्वाञ्चल क्षेत्रका साहित्यिक प्रतिभाहरूलाई प्रोत्साहित गर्नुको अर्थ राष्ट्रियस्तरका साहित्यिक व्यक्तिहरूलाई उपेक्षा गर्ने भन्ने वाणी प्रकाशनको आशय होइन । नेपाली भाषा, संस्कृति, साहित्य र कलाको विकास गर्न अधिराज्यभरि लगभग साना–ठूला गरी एक सयवटा संस्थाहरू सहभागी छन् भन्ने मेरो अनुमान छ । यी स्थानीय संस्थाहरूलाई सहयोग र प्रोत्साहन गर्ने कुनै निकाय वा संस्था छ जस्तो मलाई लाग्दैन । सहयोग र सद्भाव अभावमा यी उत्साही परिश्रमी संस्थाहरू बन्द हुने क्रममा छन् । यस्ता कमजोर र निरीह संस्था तथा युवा प्रतिभाहरूको सुसङ्गठन र विकासका निमित्त सकारात्मक प्रयास र प्रोत्साहनको ठूलो खाँचो छ भन्ने मलाई लाग्छ ।

मेरो दोस्रो कार्यकालदेखि नै केही साथीभाइ र मित्रहरूका बीचमा असन्तोष, टीकाटिप्पणी, कुरा काट्ने हुन लागेको मलाई थाहा थियो । प्रमुख कारण थियो, विराटनगरका राष्ट्रियस्तरका साहित्यकारहरूलाई परशु प्रधानले ओझेलमा पा¥यो, तिनको सम्मान र कदर गर्दैन । यहाँका अन्य संस्थाहरूलाई रत्तिभर गनेन । अर्थात् परशु प्रधानले ख्याति पायो, प्रतिष्ठित हुने भयो, लौ सिध्याउने भयोदेखि लिएर जग्गा जमिनको बिक्री–वितरणबाट प्रशस्त पैसा कमायो आदि–इत्यादि ।

नेपाली चरित्र देखापर्न लाग्यो । आपूm झिँगो नमार्ने, अरूले गरेको देखी नसहने । केही साथीहरूले विशेषतः कृष्णभूषण वललाई फुक्र्याउने र सुर्काउन लागेको थाहा पाइरहेको थिएँ । मेरो काँधमा काँध मिलाई दिनरात मसँग लागिहिँड्ने मेरा अत्यन्त निकटका सहयोगी र प्रिय कृष्णभूषणको कुरागराइ अलि बाङ्गो हुन थालेको आभास मलाई हुन लाग्यो । म पनि प्रजातान्त्रिक विचारको मान्छे, संस्थाको आजीवन ठेकेदार हुन किन चाहन्थेँ ? नभन्दै एक साँझ टन्न रक्सी लागेका बेला भूषणले आफ्नो अभिष्ट सुनाए, ‘२०६२ मा तपाईंको दुई वर्ष पुग्छ । अब मलाई अध्यक्षता दिनोस् ! म पनि दुई टर्न गर्छु ।’

‘हुन्छ, वाणी प्रकाशनमा सबैभन्दा बुझेको, जानेको, नेतृत्व लिन सक्षम तपाईं नै हुनुहुन्छ । २०६२ पछि म अर्को कार्यकाल लिन्न ।’ मैले आश्वस्त गराएँ ।

अझ उहाँको स्वर लर्बरायो, ‘म यसपालि अध्यक्ष पाइनँ भने स्यूसाइड (आत्महत्या) गर्छु दाइ !’

मैले ‘हुन्छ हुन्छ, तपाईंले आत्महत्या गर्न पर्दैन’ भनेँ । यसरी सुरु भयो मैले वाणी छाड्न पर्ने कथा ।

२०६२ साल फागुन १३ र १४ गते दसौँ साधारणसभा सम्पन्न भयो । त्यही सभामा मैले आफ्नो प्रतिवेदनमा एक सय सोह्र शीर्षकका पुस्तकहरू प्रकाशित भएको, पुरस्कार र सम्मानको सङ्ख्या पन्ध्र पुगेको विवरण दिएको थिएँ । यस्तै सेयर पूँजीको रकम रु. तेह्र लाख पुगेको, पुरस्कार कोषको रकम रु. सात लाख पुगेको कुरा उल्लेखित छ । यस्तै पाक्षिक गोष्ठीको सङ्ख्या एक सय चौँतीस भएको, केही नोक्सान भए पनि उल्लेखनीय थिएन । सो सभामा धेरै वाणीका हितचिन्तक साथी भाइ र सेयर होल्डरहरूले ‘तपाईंले छाड्नु हुन्न, एक टर्न अरू बस्नुपर्छ । संस्था डुब्न सक्छ’ भन्ने आवाज ननिकालेका होइनन् परन्तु मैले उहाँहरूलाई सम्झाएँ, आपूmले दिएको बचन पूरा गरेँ ।

जे भए पनि कृष्णभूषणबाट संस्था राम्ररी चल्न सक्छ भन्ने मेरो आत्मविश्वास थियो । उनी राम्रा शक्तिशाली कवि मात्र होइन; आत्मविश्वासी, नेतृत्वको क्षमता भएको, जनसम्पर्क राख्न सक्ने, पैसाको लोभ नगर्ने, लोकप्रियता कमाएका सज्जन व्यक्ति थिए । खालि एउटै दुर्गुण– दारुपानी बढी खाएपछि बहुलाउने ।

तथापि, कृष्णभूषणले मलाई सल्लाहकारमा मात्र राखेनन्, २०६३ मा ‘कृष्णकुमारी–मनोरथ नेपाल स्मृति वाणी सम्मान’ पनि दिए ।

तर यो आत्मीयता, सहृदयता, काँधमा काँध राखी हिँडेको वास्तविकता दाजुभाइको सदृश्य हेलमेल सबै कमजोर हुन थाल्यो । गफ र कुरा लाएर खान पल्केकाहरू मसँग भित्रभित्रै सल्किएका साहित्यकारहरूले मौका पाए, नाना थरीका पोल लाउन । हुँदा–हुँदा वाणी प्रकाशन र उहाँका सम्बन्धमा निस्केको माओवादी दैनिक पत्रलाई मैले पठाएको भन्ने फत्तुर आरोप लगाएछन् । वल र उहाँकी श्रीमती शोभाले एक रात अनाहकमा मलाई भद्दा गालीगलौज, अश्लील शब्द प्रहार गरे । त्यस्तो दुव्र्यवहार, दुष्ट बोली वचन र तीक्ष्ण प्रहार मैले जीवनमा कसैबाट पाएको थिइनँ । त्यहीरात मैले आत्मसात गरेँ, मेरो विराटनगरको बसाइ सायद अब सिद्धियो ।

विराटनगरमा मैले एउैटा महŒवाकाङ्क्षी योजना सुरु गरेको थिएँ, ‘लेखक ग्राम’ । त्यसबारेको मेरो कार्यक्रम वा सपनाबारेमा यस विषयमा राजधानीमा ०५८ माघ २ गते प्रकाशित मेरो टिपोट यस्तो थियो–
मेरो सपनाको लेखक–ग्राम भनिन्छ, स्रष्टाहरू सपना देख्छन् । सपना देख्नु कुनै अपराध होइन । नेपालमा एउटा सम्पन्न ‘लेखक गाउँ’, ‘लेखक–आवास’ वा ‘साहित्यकार–आश्रम’को सपना मैले देखेको लगभग बीस वर्ष भयो । कुनैबेला गौशाला देउपाटनको वासुदेव वैद्य ‘शशी’को घर धेरै कवि–लेखकहरूको तीर्थस्थल थियो । त्यो घर र पछि जयबागेश्वरीमा बनेको नयाँ घर पनि हामीहरूको कवितापाठ र खानपिनको रमाइलो सङ्गमस्थल नै थियो । आजका धेरै प्रतिष्ठित र चर्चित साहित्यकारहरूको माइतीघर नै थियो, वासु शशीको आत्मीय निवास । यसैले हामी कहिलेकाहीँ होश र बेहोशमा भन्ने गथ्र्यौं, ‘नबोल्ने देवता पशुपति, बोल्ने देवता वासु शशी ।’ हुन सक्छ, यो अतिशयोक्ति होस्, परन्तु आज काठमाडौँभरि एउटै वासु शशी देख्दिनँ, एउटा वासु शशीको घर देख्दिनँ ।…

वासु शशीकै घरमा कुनै दिन चर्चा भएको थियो, ‘लेखक–गाउँ’ अर्थात् ‘राइटर्स भिलेज’को । पूर्वी साँखुको छेउछाउ पन्ध्र–बीस रोपनी जग्गा लिने । बीस जना लेखकहरूका निमित्त बस्न र खानपिनका लागि हुने गरी तीन–चार कोठाको आधुनिक सुविधासहितको बीस कटेज बनाउने । गोष्ठी र सभाका निमित्त एक भवन, कार्यालयका लागि एक भवन बनाउने अनि लेखक–गाउँको हाताभित्र सुन्दर बगैँचाको निर्माण गर्ने, पौडीपोखरी बनाउने, माछा पाल्ने, हरिया रूख र फलपूmलले सजाउने आदि । त्यहाँ ढोकाअगाडि हाँसिरहेको कविवर सिद्धिचरण श्रेष्ठको मूर्ति राख्ने, छेउमा उहाँको जीवनीको डकुमेन्ट्री चित्र नियमित आइरहने । बाहिर ठूलो साइनबोर्ड राख्ने, ‘युगकवि सिद्धिचरण लेखक–गाउँ’ । त्यसका निमित्त निर्माण समिति बन्यो, चन्दा सङ्कलन समितिको गठन भयो । प्रारम्भिक रूपमा जग्गा–प्राप्तिको समाचार आयो र नक्सा बनाइयो । लागेको थियो, पाँच वर्षमा लेखक गाउँ बनिसक्छ । अहिले लाग्छ, युगकवि सिद्धिचरण लेखक–गाउँ ढकीचाको ठर्रा गिलासमा उदायो र त्यहीँ अस्तायो । सो सपना सपनै रह्यो ।

अनि फेरि गाइँगुइँ सुनियो, विराटनगरमा कवि धरणीधरको नाममा लेखक टोल वा गाउँ बन्ने । जग्गा किनिसके । लिनेहरूमा लब्धप्रतिष्ठित लेखकहरूको नाम जोडियो; कविवर केदारमान व्यथित, वरिष्ठ आख्यानकार दाजु–भाइ गोविन्दबहादुर मल्ल र विजयबहादुर मल्ल, कविवर भवानी घिमिरे, कवयित्री मञ्जु काँचुली, साहित्यकार डा. तुलसी भट्टराई आदि–इत्यादि । आपूmले पनि आँठ–पाँच गरियो । अहिले त्यही निर्धारित स्थानको छेउछाउ बसेको पनि पाँच–सात वर्ष भयो । त्यहाँ एउटा ठूलो बाँस झ्याङबाहेक केही छैन । आउने–जाने साथीहरू, सुन्ने र सुनाउने लेखक–साथीहरू सोध्दछन्, ‘कहाँ छ धरणीधर–गाउँ ?’ भनेर । म सबैलाई ‘त्यही बाँसको झ्याङ हो धरणीधर–गाउँ’ भनिदिन्छु । अर्थात् ‘धरणीधर लेखक–गाउँ’को सपना पनि चियाको गिलासमा देखियो र मोहीको गिलासमा हरायो ।

अनि भर्खरकै कुरा हो, पश्चिमाञ्चलमा लेखक–आश्रमको चर्चा आयो । बीस–तीस रोपनी जग्गा निःशुल्क पाइएको कुरा प्रकाशमा आयो । ‘डोनर एजेन्सीहरू’को खोजी भइरहेको सुनियो । नेपालका साथै विश्वकै साहित्यकारका निमित्त पोखरा पर्यटकको स्वर्ग मात्र नभई साहित्यकारको पनि स्वर्ग हुन सक्छ । कमसेकम जहाँ भए पनि, नेपालमा एउटा लेखक गाउँले लेखकहरूको अस्मितालाई जोगाइराख्न सक्छ भन्ने कुरामा म विश्वस्त छु । पोखराको लेखक–गाउँ पनि फेवातालमा उठेको लहर हुने हो कि ! मलाई शङ्का लाग्छ । परन्तु अनुरोध छ, मैले शङ्का गर्न नपरोस् ।

अनि आजभोलिको कुरा हो, काठमाडौँ महानगरपालिकाले ‘लेखक ग्राम’ बनाउने योजना बनाएको छ र त्यसका लागि आवश्यक जग्गा लिइसकेको छ । सञ्चारग्रामकै छेउछाउ कहीँ–कतै होला र यो हामी सबैका लागि अत्यन्त सुखद् समाचार हो । यसले पनि दुर्घटनामा पर्न नपरोस्, यही मेरो प्रार्थना ।

सुनेको थिएँ र सुन्दै छु, सबै राष्ट्रमा लेखक–गाउँ छ, बनाइएको छ । त्यहाँ बसेर निस्फिक्री रूपमा पढ्न–लेख्न पाइन्छ । साहै्र सुन्दर साहित्यिक र प्राकृतिक वातावरण हुन्छ आदि । अनि केही नेपाली साहित्यकारहरू संयुक्तराज्य अमेरिका वा जापानका त्यस्ता गाउँहरूमा बसी, साहित्य साधना गरिआएका छन् भन्ने पनि सुन्छु । त्यस्ता साहित्यिक साथीहरूले आफ्नो रचना अनुभव लेखिदिनु भए हामी सबैका लागि कत्ति रमाइलो हुन्थ्यो ।

नआत्तिनुहोला, मेरो लेखक–गाउँको सपना टुङ्गिएको छैन । म विराटनगर बस्न आएपछि त्यो लेखक–गाउँको सपनाले मलाई लखेटिरहेकाले; साहित्यिक कृतिहरूको प्रकाशनले चिमोटिरहेकाले ‘वाणी प्रकाशन’ स्थापित भयो र राम्ररी सञ्चालन भइरहेको छ । त्यस्तै लेखक–गाउँले छाडेन । पचास जनाभन्दा बढी नै नेपाली साहित्यकार र साहित्यप्रेमीहरूलाई मैले पनि विराटनगर उपमहानगरपालिकाको वडा नं. ७ र १५ को पाँच बिघाजति जग्गामा नराम्ररी फसाएँ । वासु शशीले देख्नुभएको सपनालाई मैले किनेँ र यहाँ बाँडेँ । केसलिया खोलाको छेउमा मोटरबाटो पुगेको राम्रै जग्गा भए पनि केही वर्ष घरहरू बनाउन सकिने अवस्था छैन । तर पनि कोही स्वदेशी–विदेशी डोनर पाए, कमसेकम सभाभवन मात्र बनाइदिए पनि स–साना घर लेखकहरू आपैmले बिस्तारै बनाउँथे । अस्ति व्यथित काव्य पुरस्कार समारोहमा अचानक कमल दीक्षितसँग भेट भयो । ‘एउटा लेखक–गाउँ बनाऊँ भनेको, नाम के राखूँ होला ?’ मैले गोप्य सोधेँ । उहाँले सल्लाह दिइहाल्नुभयो, ‘महानन्द सापकोटाको नाममा राख्न राम्रो होला, उहाँ पूर्णतयाः पूर्वाञ्चलको ।’
मैले फेरि दीक्षितलाई तान्ने धृष्टता गरेँ, हार्दिक क्षमा चाहन्छु । अस्ति ‘कोशराज रेग्मी–व्यक्ति एकः दृष्टि अनेक’मा दीक्षितको चर्चा गरेको थिएँ । यहाँले यत्ति छिटो र सुन्दर प्रतिक्रिया दिनुभयो, मलाई यहाँ पनि तान्ने लोभ लाग्यो । रेग्मीका जस्ता पुस्तक लगभग दुई सय होलान् भन्ने मेरो अनुमान थियो, मुद्राराक्षसले दुईहजार बनाइदियो । उहाँले नामाकरणको राम्रो सुझाव दिनुभएकोमा धन्य–धन्य भन्छु । परन्तु मेरो यो सपना पनि सप्तकोशीको लहर मात्र होला भन्ने मलाई लागिरहन्छ ।

अनि अन्त्यमा, पाँचै विकास क्षेत्रमा त्यस क्षेत्रका लब्धप्रतिष्ठित राष्ट्रिय व्यक्तित्व भएका साहित्यकारका नाममा ‘साहित्यकार–आश्रम’ वा लेखक–गाउँ सरकारले एनजिओ वा अरू कसैले बनाइदिए वा बनाउन केही न केही सहयोग गरे कसो हुन्थ्यो होला !
माओवादी जनयुद्ध, मधेसी आन्दोलनजस्ता क्रियाकलापको प्रत्यक्ष प्रभाव प¥यो र म स्वयम् ‘लेखक ग्राम’ जान सकिनँ, न अनुगमन नै हुन सक्यो । देशको द्वन्द्वको प्रत्यक्ष प्रभाव परेको कुरा थाहा हुँदाहुँदै पनि केही साथीभाइले ‘जग्गा किनाएपछि तपाईंले गार्ड बनेर सो रक्षा गर्नुपर्छ’ भनेको सुन्दा मेरो आत्मा रोएर आउँछ । केही साथीहरूले पच्चीस–तीस हजारमा किनेको जग्गा हाल आएर तीन लाख कठ्ठाले बेचेका छन्, तर कसैले ‘धन्यवाद’ भनेका छैनन् । यस्तै हो हाम्रो मानसिकता ।

बिस्तारै हामी बूढा–बूढी विभिन्न रोगले ग्रसित मात्र होइन, हामीलाई खान–बस्न गाह्रोे हुन थाल्यो । मेरो खास काम पनि भएन । अनि मधेसी आन्दोलनका समयमा एक–एक महिना घरबाट निस्कन नसकी जेल जीवन बिताएको, धरणीधर कोइरालाको प्रतिमाको तोडफोड भएको, मधेसी आन्दोलनका पहाडेहरूको प्रतिरक्षाका लागि कुनै पार्टी वा समूह नबोलेको, पहाडेका घरहरूमा ढुङ्गामुढा हानेको, घरको भागवण्डा गर्ने, अराजकता बढेको र असुरक्षित महसुस गरिरहेको बेला कान्छो छोरो प्रतिबोध हामीलाई लिन आइपुग्यो । हामीलाई ढुङ्गा खोज्दा देवता पाए जस्तो लाग्यो । २०६६ साल फागुनमा हामी बसाइँ स¥यौँ । अर्थात् विराटनगरलाई सधैँका लागि छाडेर आफ्नै नयाँ बानेश्वरमा आई आनन्दले बृद्धावस्था बिताइरहेका छौँ । साहित्यिक योगीका हैसियतले हामी बूढा–बूढी (म र कल्पना प्रधान (जानुकादेवी रेग्मी)ले बाँकी जीवन विराटनगरमा बिताउन गएका थियौँ, बसेका थियौँ, रमाएका थियौँ । परन्तु भगवान्लाई सायद सह्य भएन । हामी काठमाडौँ फर्कन बाध्य भयौँ । आफ्ना छोरा–बुहारी, छोरी–ज्वाइँ, नाति–नातिनीहरूसँग मायालु वातावरणमा पारिवारिक व्यवहार चलाउँछौँ । अझ बढी साहित्यिक सिर्जना, प्रकाशन र नेपाल स्रष्टा समाजमार्पmत् सङ्गठन क्षेत्रमा सकेको क्रियाशील भइरहेका छौँ ।

(स्रोत : शारदा मासिक २०७१ पौष)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.