~सुकुम शर्मा~
‘उहाँ समद्रष्टा हुनुहुन्छ । उहाँको स्पष्ट लेखनले युवा पुस्तामा चर्चा पाएको छ ।’ उनीसित परिचय गराउँदै टीकाप्रसादले भनेका थिए । त्यसपछि मैले उनको लेखनविधामा जिज्ञासा राखेको थिएँ ।
उनले मेरो जिज्ञासाको उत्तर दिंदै भनेका थिए– ‘गीत, गजल, कविता रचिन्छ, निबन्धमा रुचि छ, तर म समालोचनामा रमाउँछु ।’
समालोचनालाई केन्द्रमा राखेर होला≤ टीकाप्रसादले उनलाई ‘समद्रष्टा’ भनेको, म मनमनमा निष्कर्षमा पुगेको थिए“ । चिनारी स्मरणीय र सौहाद्र्रको थियो ।
****
समयसँगै उनीसँग पनि कुराकानी हुँदै गयो । उनले आफूलाई र आना बाहेकलाई तीखो आलोचना गर्दा रहेछन् भन्ने पनि ज्ञान भयो । उनको यस किसिमको तीखो आलोचनाको प्रतिक्रियामा मैले भनेको थिए“– व्यक्तिलाई यस्तो उस्तो भनेर भन्दा पनि प्रवृत्तिलाई समातेर विश्लेषण र आलोचना गर्दा राम्रो हुन्न र ?
उनले अलिकति मुख बिगारेर भने– ‘तपाईंको कुरो ठीकै हो ।’ यसै प्रसड्डमा उनले सोधिहाले– ‘तपाईंलाई कुन खेमामा रहेर रचना गर्न मन पर्दछ ?’ उनले मेरो ‘प्रवृत्ति’माथिको जोडलाई व्यङ्ग्य गर्न खोजेका हुन् कि भन्ने लागे पनि आफूलाई स्पष्ट पार्दै भनें– मलाई खेमा, गुट, झुण्डभन्दा पनि प्रगतिवादी चिन्तन मनपर्छ ।
मेरो भनाइसँगै उनको आलोचक व्यक्तित्व जुर्मुराएर उठ्यो । उनको ‘समद्रष्टा’ चेत नाड्डियो । उनको बोलीमा पारा चढ्यो । यो सबैबाट स्पष्ट हुन्थ्यो कि प्रगतिवादी लेखन कोरा, नाड्डो, नारामय र घाँसेहरूको अभिव्यक्ति हो । अनि, यस क्षेत्रका लेखकहरू फोस्रा वा साहित्यभँडुवा हुन् ।
त्यस दिन विवादलाई बिसाउँदै बिदा हुने सन्दर्भमा भनेको थिए“– यहा“लाई यो विचार मन नपरे पनि म यसमा आस्थावान् छु । माफ गर्नुहोला ⁄ यो जति तल्लो लेखन भए पनि मलाई यसै विचारमा केन्द्रित भएर लेख्न मनपर्छ ।
****
समय बग्नु थियो, बगिरह्यो । सयम बित्नु थियो, बितिरह्यो । साटिने प्रकृति साटिए, फेरिने कुरा फेरिए । यसै समय पारेर उनी पनि फेरिएका रहेछन् । उनको फेरिएको रूप प्रगतिशील संस्थाको कार्यक्रममा स्पष्टस“ग देखिएको थियो । त्यस कार्यक्रममा उनले प्रगतिशील साहित्यको महिमा गाउँदै थिए । उनको ‘समद्रष्टा’ वस्तुवादी चिन्तन बोकेको संस्थामा अचम्मैको आश्चर्य भएको थियो ।
उनको त्यस पनसँगै मभित्रको रगत सुलुत्त स¥यो र मलाई भित्रैदेखि वाकवाकी लाग्यो । पार्टीमा मात्र होइन साहित्यमा पनि यस्तै मुखियाको हालिमुहाली छ । यस्तै मुखिया अगुवा हुन्छन् । मनको पीडा उनको भाषणतीरले झन् घाइते भयो । रनाहा मनलाई थुम्थुमाउ“दै मैले त्यस बेला पिच्च थुकें । उनले ख्वाक्क खोके र थुक निल्दै भाषणलाई अघि बढाइरहे … ⁄
कीर्तिपुर
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )