~केशर थुलुङ~
देश-
अतुल्य आधार हो
अमूल्य प्राण हो
श्रेष्ठम् पहिचान हो
र त-
तिमी छौ
म छु
हामी छौँ
अजय, अभय परिचय छ-
हामी सबैको
देश नै नरहे-
तिमी, म, हामी कहाँ ?
हाम्रो परिचय कहाँ ?
हो सबथोक हो देश-
देश नै हो सार्वभौम/सर्वेश्वर
देश बनाऊ- सर्वमान्य बन्छौ तिमी
देश भत्काऊ- टुटिन्छौ/नासिन्छौ तिमी
र सर्वोत्तम सत्य हो यो
महाशय…….
देशभन्दा माथि कोही छैन
देशभन्दा ठूलो कोही हुन्न
कोही हुनै सक्दैन
कदापि ! कदापि !! कदापि !!!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )