कथा : ऊ, प्रेमिका अनि संविधान

~रोशन थापा ‘नीरव’~

उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति छ। यति बेला दिनको वा साँझहुँदो चार बज्दै छ।

उनीहरू कामबाट फर्केका हुन्। प्रेमिका कुनै बैंकमा कार्यरत छिन्। बिबिए गरेपछि तुरुन्तै पाइएको काम, तर अपसोच प्रेमीको अर्थात् उसको सम्बन्धमा भने यस्तो भएको छैन। नेपालीमा एमए गरेपछि सानोतिनो पढाउने ज्यालामुखी कार्यबाहेक अरू पाउन सकेको छैन। यस मानेमा प्रेमी अर्थात् ऊ कहिलेकाही” निरास हुने स्थितिमा पुगेेको देखिन्छ। यसमा प्रेमिकाको सान्त्वनाले मत्थर भने पारिदिएको छ। प्रेमिकाको उपस्थिति र चुम्बन उसका लागि यसैले अनिवार्य जस्तो भएको छ। व्यर्थ समयको कटनी र जीवन बा”च्नुको दैनिकी भनेजस्तो। अझ हास्यास्पद भनेर अखानो लगाउन के सकिन्छ भने यस्तो प्रखर गणतान्त्रिक युगमा पनि बेकारी? राज्य त राज्य, कथै पनि विरक्तलाग्दो पुनरावृत्ति भनेर पाठकलाई कुनै अतिशय वायवीय स्वैरकाल्पनिक विषयप्रदत्त आख्यान कोसेढुंगो कृति भनेर पठन गर्न भेडेता”ती बन्न बाध्य गरेजस्तो देखिन बेर छैन।

०००

प्रेमिका र उसको भेट त्यसो त कुनै साहित्यिक कार्यक्रममै भएको हो वा कुनै मित्रकी बहिनीका माध्यमले परिचय भएको हो। यो यति बेला आवश्यकीय कुरा भएको छैन। आवश्यक छ उसका लागि एउटा गतिलो काम, अनि सुखी परिवारको कल्पना। ऊ यस संसारमा एक्लो प्राणीका रूपमा रूपान्तरित भएको मान्छे हो। भनेको अर्थ उसको परिवार छैन। छत्तीस सालमा जन्मिएको ऊ कुनै निलो झाङमा पहे”लो कपडाले बेरेर फालिएको अवस्थामा कसैले पाएर कुनै बालाश्रम पुर्यामइदिएको रे। यो कुरा उसले त्यस अनाथालयमा हुर्केपछि जन्मदर्ता प्रमाणपत्र जस्तो शिशु प्राप्त अभिलेख ढड्डामा इतिहास पढेसरि हेर्दा थाहा पाएको हो। यसैले ऊ मातापिताहीन प्राणीमा रूपान्तरित भएको छ। कहिलेकाही” ती अधम प्राणीहरूलाई कल्पनाको कोर्राले कल्पनामै नांगेझार पारेर हानेको पनि देख्छ, तर यथार्थमा भने ऊ कति निरीह र एक्लो भएको छ भने कहिलेकाही” आफ्नै छायादेखि पनि डराउने गर्दछ। यति भएर पनि ऊ निराशामा होइन, संघर्षमै जीवन यापन गर्दै छ। यो उसको ठूलो कर्म हो। अब यति बेला ऊ लक्का जवान भइसकेको छ। के राम्रो, के नराम्रो, के गुण, के अवगुण, सबै छुट्याउन जान्ने भइसकेको छ। कारण अरू होइन, ऊ जस्तो अनाथको हातमा हतियार नभएर कमल परेको छ। कलमकै शक्तिलाई ऊ पूर्ण विश्वास गर्दछ। कविता लेख्छ, कथा लेख्छ, संवेदना छर्छ। कथामा मानवीय चेतनाको कुरा विम्बित गर्दछ। कति युवतीहरू उसको यस्तै कथा पढेर रु”दै पत्राचार गरेको घटना अहिले पनि उपलब्ध छ। सम्भवतः उसको यस्तै कुनै कथा पढेर अहिलेकी प्रेमिकाले प्रेम गरेकी हुन् कि! हुन सक्छ।

०००

उसका कथामा पाइने मार्मिकता सरल छ। प्रयोगात्मक छ। नेपाली कथासाहित्यमा अहिले दुई खाले प्रयोग देखिन्छ। एउटा वायवीय अर्थात् हावादारी, अर्को धरातलीय अर्थात् आफ्नो माटोअनुरूपको प्रयोग। ऊ दोस्रो खाले प्रयोग गर्दछ, अर्थात् माटो सुहाउ”दो। यही प्रयोगमा युवती पाठक उसका कथाप्रति आकर्षित देखिन्छन्। हुन त छापामा अचेल सम्बन्धका आधारमा हावादारी प्रयोग भएको कथा, जसमा विश्वसाहित्य पढेको धक्कु र पुस्तकहरूको भरमार नामोल्लेख गरेर गुदी भने चाराना बोक्रो भने तीन धार्नी भनेजस्तो विषय पृष्ठित गरेको हुन्छ, छापिने गर्दछ। हा”सोउठ्दो कुरो के भने यस्तो कथाका लेखकले हा”च्छिउ” गरेर कथा लेख्तै छ वा खोकेर कथा लेख्न नगरकोटमा अज्ञात बास गर्दै छ भन्ने समाचार पनि दिने गरेको देखिन्छ। ऊ भने यस्तो प्रपञ्चबाट धेरै टाढा छ। लेख्छ। बुझ्ने सम्पादकले छापि पनि दिइहाल्छ, नबुझ्ने वा त्यस्तै वायवीय कथा मन पराउने सम्पादकले छापेनछ भने पनि ऊ कुनै दुखेसो पोख्न कतै जाने गरेको छैन। उसमाथि साइलेनट कल्चर अर्थात् मौन संस्कृतिको प्रकोप परेको छ। एक्लो छ। एक्लो पाठक भने पनि, एक्लो सर्जक भने पनि हुने खालको।

०००

यो उसको लेखनीको सानो टिपोट मात्रै हो। ऊ हल्ला, भिड, गुटबाट सदैव टाढा रहने गर्दछ। यति बेला पनि टाढा नै बसेको छ। एउटा बगैंचामा। अगाडि उसको मुटुछु”दो पाठक छ अर्थात् प्रेमिका। उनीहरू यति बेला कथाको होइन। दैनिक जीवनको चर्या लिएर उपस्थित भएका छन्। संवाद कमै भए पनि केही हुने गर्दछ। कस्तो भने, यस्तो…।

—तिमी निरास छौ? (प्रेमिकाको प्रश्न।)

—होइन। (सानो उत्तर उसको अर्थात् प्रेमीको।)

—किन त मलिन देखिन्छौ? (प्रेमिका चिन्तित छिन्।)

—यसपालि पनि संविधान आएन। (उसको सन्दर्भ फरक भएको छ।)

—किन र? (प्रेमिकाले बुझेकी छैन।)

प्रेमी अर्थात् ऊ मौन बन्छ। आकाश हेर्छ। युगौंदेखिको निलो यथावतै छ। कुनै परिवर्तन छैन। के सोच्छ। कथा? होइन। के त, प्रेम? ऊ आफैं बडबडाउन खोज्छ।

—आउ”छु भन्थ्यो, किन आएन?

—तिमी संविधान नआएर चिन्तित भएको?

—के तिमी चिन्तित छैनौ?

—म यति बेला हाम्रो प्रेमबारे चिन्तित छु।

—किन?

उसको प्रश्नमा अनौठानुभूति उपस्थित भएको छ। प्रेमिका मौन हुन्छिन्। कुराको क्रम मिलाउन खोज्दै छिन्।

—हाम्रो प्रेम भएको समय कति भएछ, केही सम्झना छ तिमीलाई?

—किन र? यस्तै सात वर्ष भएछ।

—सात वर्षसम्म पनि प्रेमै मात्र हुनु भनेको के हो?

—के हो?

—आउ”छ, आउ”छ भन्ने संविधान नआएजस्तै हाम्रो बिहे नहुुनु हो।

उसलाई हा”सो उठ्छ। कहा” संविधान, कहा” प्रेमविवाह। प्रेमिकाको यस कुरामा कतै व्यंग्य पो छ कि। ऊ यसो प्रेमिकाको मुहार नियाल्न पुग्छ। अह” छैन। बरु केही चिन्ताको रेसा भने कोरेजस्तो देखिन्छ।

—आज तिमीलाई के भएको, एक्कासि बिहेको कुरा पो गर्दै छ्यौ?

—उमेर पनि कट्तै जान थालेको छ नि काजीसाब, यसलाई ध्यान दिनुपर्छ कि भनेर।

—मलाई यो कुरा भन…।

—के कुरा?

—मान्छे उमेरका लागि बिहे गर्छ कि बिहेका लागि उमेर बोक्छ?

प्रेमिका निधार खुम्च्याउ”छिन्। प्रेमी अर्थात् ऊ कहिलेकाही” यस्तै कुरा गरेर अर्थलाई अन्तै मोडिदिने गर्दछ। आज पनि त्यस्तै गर्दै छ, तर अब गम्भीर हुनु यति बेलाको समयको माग हो।

—यी दुवै कुरामा मान्छे नै सम्बन्धित रहने हुनाले समयमै बिहे गर्नु राम्रो हो।

—हो, म पनि यही नै मान्छु। समयमै संविधान आउनु, राम्रो कुरो हो। खालि आउने नाटक गरेर, मस्यौदासस्यौदा भनेर अलमल्याउनु त अत्याचार नै हो नि।

—तिमी आफ्नो प्रेममा राजनीति मिसाउ”दै छौ।

—होइन, सन्दर्भ मात्र मिलान गरेको हु”।

—अरू के मिलाउ”छौ?

प्रेमी मौन हुन्छ। एक्कासि जीवन निरर्थक लाग्न थाल्छ। मान्छेले सोचेजस्तो नहुने जीवनदेखि ऊ दिक्क मान्छ। संघर्षको अवधि कति हो? कुनै निर्क्योल छैन। केही छिन यसो आनन्द छ भने बा”की सबै क्षण क्रूर भएर किन देखा पर्छ? यसको पनि कुनै परिभाषा र सिद्धान्त छैन। के भन्ने? यही सोचेर प्रेमिकातिर ट्वाल्ल परेर हेर्छ। प्रेेमिकालाई लाग्छ, प्रेमी फेरि निराशाको गर्तमा भासिन लाग्दै छ। यसैले सन्दर्भ फेरेर सम्झाउन थाल्छिन्। प्रेमी बडबडाउन थाल्छ।

—तिमी यथार्थमा स्वतन्त्र छौ। (प्रेमीले यो भन्छ अर्थात् बडबडाउ”छ।)

—के भनेको? (प्रेमिकाले बुझेकी छैन।)

—मान्छे सबै स्वतन्त्र छ। (उसमा अर्थात् प्रेमीमा कुन दर्शनले हो प्रवेश गरिसकेछ।)

—केमा स्वतन्त्र? (प्रेमिका अझै बुझ्ने पंक्तिमा छैनन्।)

—बिहे गर्न, संविधान ल्याउन, काम गर्न, बेकारी रहन, अनाथ बा”च्न, यस्तैयस्तैमा स्वतन्त्र…। (प्रेमीको बडबडाइ विस्तारमा जान्छ।)

०००

सा”झ झमक्कै परिसकेको छ। प्रेमी उठ्छ। सम्मोहित मान्छे जस्तो अगाडि हि”ड्न थाल्छ। प्रेमिका पनि झटपट प्रेमीकै पछि लाग्छिन्। प्रेमीलाई समाउ”छिन्। केही समयदेखि प्रेमीलाई यस्तै रोगले अ”ठ्याउन थालेको छ। यो कस्तो खाले रोग हो, थाहा छैन। खालि संविधान–संविधान भनेर बरबराइरहन्छ। आनन्दले रोमान्टिक कुरामा वा अन्य कुरामा लीन भइरहेकै बेला यस्तो स्वभाव प्रेमीमा नजानि”दो पाराले उत्पत्ति हुन थाल्छ। यसमा प्रेमिका चिन्तित हुन्छिन्। कतै यो शिक्षित बेराजगारी रहनुको पीडा त होइन? कि यो निराशाले गर्दा हो? सोच्छिन् र राष्ट्रतिर उन्मुख हुन्छिन्। राष्ट्र प्रदेश–प्रदेशमा तानि”दै, दौडि”दै गरिरहेको छ।

०००

प्रेमी अर्थात् ऊ पर पुगेर रोकिन्छ। हतारले प्रेमिका पनि उसनिरै पुगेर अड्छिन्। प्रेमी प्रेमिकातिर फर्केर केही बोल्न खोज्छ।

—म सत्य बोल्दै छु, तिमी स्वतन्त्र छौ, तिमी मेरा लागि उमेर नकटाऊ, कुनै सम्पन्नस”ग बिहे गरेर सुखीपूर्वक बा”च।

—तिमी के गर्छौ नि?

—म? म संविधान कुर्छु, संविधान आउ”छ, यहा” शान्ति हुन्छ, हाम्रो प्रेमको अर्थ लाग्छ…।

यसैले म हाम्रो प्रेमको अर्थ खोज्न थाल्छु, तिमी बा”च्नका लागि सम्पन्नताको आर्थिक हुनाको अर्थ खोज्न थाल।

—तिमी निराशाले ग्रसित हुन थालेका छौ।

—होइन, म आशाले त्रसित हुन थालेको छु।

प्रेमीको यस्तो स्थितिमा अरू प्रश्न र तर्क गर्नु निरर्थक हुनेछ। सोच्छिन् प्रेमिका र प्रेमीप्रति अपनत्व दर्साउन थाल्छिन्।

—हेर, जीवन भनेको एकलबाट होइन, बहुलबाट चल्नु राम्रो हो।

—यसैले म तिमीलाई सम्पन्नको बहुलतामा प्रवेश गर्न स्वतन्त्र गर्दछु आफ्ना जम्मै प्रेमभाव फिर्ता लिएर।

—छोड यी सबै कुतर्कहरू। बरु भन अब हामी कहिले भेट्ने?

—संविधान आएपछि।

—संविधानचाहि” कहिले आउ”छ नि?

०००

दुवै जना प्रेमको गणतन्त्र पथबाट छुटिएर आफ्नोआफ्नो लक्ष्यतिर हराउ”छन्। लक्ष्य अझै अ”ध्यारो छ।

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.