तिम्रो गाँउ जनकपुरको धामजस्तै लाग्छ
तिमी सीता मचाहिँ तिम्रै रामजस्तै लाग्छ
किताब खोल्छु, पढ्न बस्छु अनि टोलाउँछु
हरेक शब्द मलाई तिम्रो नामजस्तै लाग्छ
न त खान्छु, न त डुल्छु,न त केहि गर्छु
तिम्लाई सम्झी बस्ने मात्र कामजस्तै लाग्छ
हुल बाँधि आइदिन्छ नींद चोरी लान्छ
तिम्रो याद त लूटेराको लामजस्तै लाग्छ
जून तिम्लाई भन्दिनँ म,तारा भन्दिनँ म
‘बादल’ पछि लाग्ने तिमी घामजस्तै लाग्छ
(स्रोत : Suresh Badal’s Facebook )