~वरुण पोख्रेल~
हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला “त्यो त मलाइ के थाहा!”, थाहा नै नभएको कुरो किन उठाउनु !! किन लेख्नु किन जान्नि हुनु !! भन्ने फेरी अर्कै तर्क नि आउला | हो ~~~ यस्तै तर्क र बितर्क आउँदा चाहिँ दिक्क लाग्छ | म काँ ‘को हुँला ? को हुँला? के गर्दै हुँला? हुँदा हुँदा पृथिवीको जन्म देखि लिएर हरप्पा र मोहेन्जोदारो को संस्कृति ले फेल खाला | अब कुरो जन्म बाट गर्नु कि संस्कृति बाट गर्नु कि सभ्यता बाट गर्नु कि भाषा बाट गर्नु? कुन पहिले भन्ने कुरो आयो भने यो पनि “कुखुरो पहिला कि अण्डा पहिला” जस्तो होला |
मैले जन्मेर पहिले कसरि रोएँ हुँला? मलाइ कहिल्ले पनि कौतुहल लागेन | पहिलो स्पस्ट शब्द के बोलें हुँला भन्ने चाहिँ अहिले पनि अलिअलि खुल्दुली लाग्छ | मतलब मैले सायद सबै भन्दा पहिला बाँच्न सिकेँ हुँला | भोक लाग्दा रोएँ हुँला, बाँच्नको लागि | अलि ठुलो भएँ हुँला अनि आमा भन्न सिकेँ हुँला | जो मेरो सबैभन्दा नजिकको थियो | र मैले बोल्ने भाषा सायद आमा शब्द बाट सुरु गरेँ हुँला | तर म अझै पनि यती सानो बच्चा छु कि त्यति बेला बोलेको आमा भन्ने शब्द अझै परिबर्तन गर्न सकेको छैन | ठुलो भएर दार्ही जुँगा फुल्न लागि सक्यो तर बच्चाबेलाको शब्द ज्यूँ का त्यूँ छ | तर भाबमा चाहिँ केहि फरक छ | त्यो एक दम सत्य हो | तर म मान्न तयार छैन | त्यसबेला आमा शब्द संसार थियो | आमा बिना म बाँच्न सक्दिन थिएँ | अहिले आमा भनेको “अलंकारिक”शब्द भएको छ | म अहिले “बुझ्ने” भएको छु | ठुलो भएको छु | आफ्ना खुट्टामा उभिने अभ्यासमा लागेको छु | त्यसैले आमा शब्द को भाब फरक भएको छ |
मैले आमा शब्दलाइ घटाउन खोजेको हैन | उमेर सँगै आफै घटेको हो | तर मैले आमा शब्द लिनु भनेको मेरो आमा मात्र हैन कि संसार संसार भन्दा बाहिर जहाँ जहाँ होस् ‘बालै भएन’, हरेक कुराको उद्गम स्थल या उद्गम बिन्दु लाइ आमा मानेर त्यसै अन्तर्गत लागेको यौटा कौतुहल पोख्न लागेको मात्र हो |
म जब हुर्कें, भाषा बुझ्न सक्ने भएँ | अझ हुर्कें , आफै बोल्न नि सक्ने भएँ | अझ हुर्कें : तब यौटा कृतिम मोड आयो | म पढ्न थालें | पढ्नु भनेको कदापि प्राकृतिक हैन | अझ धेरै ठाउँमा त प्रकृति र प्राकृतिकतालाइ बलात्कार गर्नु हो | मैले धेरै कुरा सिकेँ | बोल्न सिकेँ | सभ्य बन्न सिकेँ | तर सभ्य भन्ने शब्द नै प्रकृति बिरुद्द छ | मैले भुत्रो सिकेँ ? सबै भन्दा घटिया “नैतिक शिक्षा” पढें | मैले आफु भन्दा पुराना मान्छेलाइ चाप्लुसी गर्नु पर्छ भन्ने सिकेँ | मैले सम्मान गर्नु पर्छ भन्ने सिकेँ | आफुले पनि मान पाउनु पर्छ भन्नी सिकेँ | म लोभी भएँ | अरुलाई सम्मान गरेपछी “मान ” पाउँछु भन्ने लोभी ज्ञान पाएँ | र मैले अरुलाई सम्मान गर्न थालें | अहिले म यस्तो नशाको चंगुलमा फसेको छु कि मैले सम्मान गर्छु र समान पाउन खोज्छु | कसैले तपाईं भन्दा कान गुन्जाएमान हुन्छ, र तँ भन्दा मन ठुस्स हुन्छ |
जब म बिद्यालयमा कृतिम रुपमा भाषा र सभ्यता सिक्न थालें, तब देखि नै मलाइ यो प्रति सधै खुल्दुली लाग्यो | सभ्यता भनेको के होला त? प्रकृतिको बलात्कार नै सभ्यता हो भन्ने मा म पक्का भएँ | अझ जन्जाल त समाज र संस्कृति रे !!! मलाइ समाज सभ्यता र संस्कृतिले अप्राकृतिक रुपमा बलात्कार गर्यो | हुन त मैले बलात्कारलाइ बलात्कार हुन नदिन हर कोशिस गरेँ | सके सम्म बलात्कारमा पनि मजा लिने कोशिस गरेँ | मजा लिएँ ठिक गरेँ | मजा लिन नसकेको भए म बलात्कारको पिडाले उहिल्ले मरिसक्ने थिएँ | तर म यहिँ संस्कृति?समाज?मा हुर्कें बढें अब म यो समाज र संस्कृतिको पहरेदार भएको छु | म सभ्यताको कृतिम खोल भित्र छु |
अहिले म धेरै कुरामा कन्फ्युज छु | भाषामा कन्फ्युज छु | म कुन भाषा बोलिरहेको छु र यसको शुद्दता के हो ? म कुन सभ्यतामा हुर्केको छु र यसको प्रमाणिकता के हो ? म कुन समाजमा हुर्केको छु र यसको मान्यता के हो ? भाषाको शुद्दता सम्बन्धि कुरा पढ्दा लाग्छ कि संसारमा यौटै भाषा छ | एक जनाले भनेको शुद्दता सबै ठाउँमा लाग्छ | संस्कृतिमा त्यस्तै सभ्यतामा त्यस्तै | त्यसो भए मैले कुन भाषालाइ अब्बल मान्ने ? कुन संस्कृतिलाई अब्बल मान्ने कुन सभ्यतालाइ अब्बल मान्ने ? र कसको पिछलग्गु हुने? मैले कृतिम रुपमा पढेको भाषा “नेपालि” र म प्राकृतिक रुपमा बोल्ने भाषा नेपालिमा आकाश जमिन फरक छ | सामान्यतया “ह्याँ, त्याँ, यत्न, तेत्न, हिँत्तिन, तीत्तीन, ह्याँ’ट, त्याँ’ट जस्ता शब्द प्रयोग गर्दा अशुद्द भनिन्छ |
मैले माथि लेखेको शब्द हरु पनि सबै पछी प्रकृतिको बलात्कार भएर जन्मिएकै सन्तान त होलान नि | मैले दुइ चार ओटा अरु बलात्कार गर्दा के ख्याँस्सिन्च त फेरी !!!
11/14/12
वरुण पोख्रेल
चौरपानी, प्युठान, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार )