देखें थिएँ जिउँदो सपना, बिर्सिगयो झस्किएर
आउँछ भेल उर्ली उर्ली, रिसले आज ठस्किएर
हाँस्छ योमन खुशीसँग, आँखाको त्यो इशारामा
मन हाँसे संसार हाँस्छ, मन मुटु मस्किएर
दुःखबाट आँसु बग्छन्, रिसाएपछि कर्महरु
झुल्नसके खुशीसँग, बित्छ जोबन लस्किएर
उठी हिड्छन् चिहानहरु, टुक्रिएका मन जोड्दै
सग्ला महल सपनाका, ढल्छन् त्यसै झस्किएर
उड्छन् पानी फोका छोड्दै, व्यर्थै किन आकाशतिर
सपना पो मर्दैगाछन्, आस्था अचेल खस्किएर ।
१२चैत, २०६८
पाछाबाङ–६, रोल्पा ।
(स्रोत : Nabin Lochan’s Blog )
